prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • २८ बर्षपछि नेपाल र भारत फुटबल फाइनलमा भिड्दै
२८ बर्षपछि नेपाल र भारत फुटबल फाइनलमा भिड्दै
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, असोज २८, २०७८ बागेश्वरी पोस्ट
२८ बर्षपछि नेपाल र भारत फुटबल फाइनलमा भिड्दै

नेपालगन्ज । नेपाल पहिलो पटक साफ च्याम्पियनशिप फुटबलको फाइनलमा प्रवेश गर्दै  अब उपाधिका लागि चिरपरिचित प्रतिद्धन्द्धी भारतसँग खेल्नेछ । भारतले माल्दिभ्सलाई लिग चरणको अन्तिम खेलमा ३-१ गोलले पराजित गर्दै  फाइनल यात्रा तय गरेको हो। 

nepalgunj 081-082

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल भिडन्त शनिबार हुनेछ । लिग चरणको खेलमा भने नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो। तर यसपटक सशक्त देखिएको नेपालले उपाधि जित्ने आशा प्रशिक्षक मोहम्मद अलमुताइरीको छ । 

अलमुताइरीले राजीनामाको समेत घोषणा गरेका छन् । नेपाल फाइनलमा पुगेर इतिहास रचेसँगै उनले राजीनामा दिने घोषणा गरेका हुन्। यसअघि अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीसँग असन्तुष्टि व्यक्त गर्ने क्रममा उनले फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका थिए । उनले राजीनामा भने बुझाएका थिएनन् । 

बंगलादेशविरुद्धको खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै अलमुताइरीले पद त्यागको घोषणा गरेका हुन् । उनले नेपाललाई साफको फाइनलमा पुर्याएर इतिहास रचेको र फाइनल आफ्नो अन्तिम खेल भएको बताए ।

उनले भने, ‘मैले साफमा इतिहास बनाएँ । मैले एसिया कपको तेस्रो चरणमा छनोट गराएँ । आज नेपालले मात्र हैन दक्षिण एसियाली क्षेत्रले नेपाली टिमसँग गर्व गर्छ । फाइनल खेल नेपाली राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ । म त्यसपछि नेपाल फर्किन्न ।’

नेपालले लिगको अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै फाइनलमा स्थान बनाएको हो ।

यसअघि नेपालले माल्दिभ्सलाई २२ वर्षपछि हराउने क्रममा १–० को जित निकालेको थियो। 

त्यस्तै नेपालले पाँच टोली सहभागी प्रतियोगितामा श्रीलंकालाई ३–२ ले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल भारतसँग १–० ले पराजित भएको थियो । 

चौथो खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेसँगै ७ अंकका साथ दोस्रो स्थानमा रहदै पहिलो पटक साफको फाइनलमा स्थान बनाएको हो । 

यता सात पटकको च्याम्पियन भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । भारतले अन्तिम खेलमा आयोजक एवं डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई ३–१ ले हरायो र ८ अंकसहित शीर्ष स्थानमा रहेर फाइनलमा पुग्यो। 

बुधबार राति भएको लिगको अन्तिम खेलमा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानवीर सिंहले एक गोल गरे । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए।

लिग चरणमा भारतको ८ र नेपालको ७ अंक हुँदा बाहिरिएको माल्दिभ्सको ६, बंगलादेशको ५ तथा श्रीलंकाको १ अंक रह्यो । नेपाल र भारत २८ बर्षपछि फाइनलमा आमनेसामने हुँदैछन् ।दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) को छैटौं संस्करणमा नेपाल र भारतले फाइनल खेलेका थिए । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा २–२ को बराबरीपछि नेपाल  टाइब्रेकरमा ४–३ ले विजयी भएको थियो ।


प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  ०८:३२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP