नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • न्यूजिल्याण्ड टी–२० विश्वकप क्रिकेटको फाइनलमा
न्यूजिल्याण्ड टी–२० विश्वकप क्रिकेटको फाइनलमा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २५, २०७८ बागेश्वरी पोस्ट
न्यूजिल्याण्ड  टी–२० विश्वकप क्रिकेटको फाइनलमा

नेपालगन्ज । न्यूजिल्याण्ड पहिलोपटक आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति यूएईको अबुधाबीमा भएको पहिलो सेमिफाइनलमा इङ्गल्याण्डलाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो ।

योसँगै न्यूजिल्याण्ड आईसीसी प्रतियोगितामा लगातार तेस्रो पटक फाइनलमा पुग्न सफल भएको छ । यसअघि सन् २०१९ मा एक दिवसीय विश्वकपको फाइनल र यसै वर्ष भएको आईसीसी टेष्ट च्याम्पियनशिपको फाइनलमा पुगेको हो । भारतलाई हराएर टेष्टको उपाधि जित्दा एक दिवसीय विश्वकपको फाइनलमा भने इङ्गल्याण्डसँग पराजित भएको थियो । त्यसको समेत अहिले बदला लिएको छ । 

१६७ रनको लक्ष्य न्यूजिल्याण्डले ६ बल अगाडि नै १९ ओभरमा ५ विकेटको नोक्सानीमा पूरा गरेको हो । न्यूजिल्याण्डका लागि डेरिल मिसेलले नटआउट रहँदै ४७ बलमा ७२ रन बनाए । त्यस्तै डेभोन कोन्वेले ३८ बलमा ४६ तथा जेम्स निशामले ११ बलमा २७ रन बनाए । 

इङ्गल्याण्डका क्रिस वोक्स र लियाम लिभिङस्टोनले समान २ विकेट लिए । यसअघि न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्ग गरेको इङ्गल्याण्डले ४ विकेटको नोक्सानीमा १६६ रन बनायो । 

मोइन अलीले ३७ बलमा नटआउट रहँदै ५१ रन जोडे । डेविड मालानले ३० बलमा ४१ रन बनाए । जोस बटलरले २४ बलमा २९ तथा लियाम लिभिङस्टोनले १० बलमा १७ रन जोडे । 

न्युजिल्याण्डका टिम साउथी, एडम मिल्नी, इश सोढी र जेम्स नासमले समान १–१ विकेट लिए ।

आज हुने दोस्रो सेमिफाइनलमा  बेलुकी पाकिस्तान र अष्ट्रेलिया खेल्दैछन् । खेल दुबईमा ७ः४५ बजे शुरु हुनेछ । यो खेलको विजेताले आगामी आइतबार उपाधिका लागि फाइनलमा न्यूजिल्याण्डसँग खेल्नेछ । उपाधिका लागि न्युजिल्याण्डले अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्नेछ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ०९:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP