नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा सञ्चालनमा आयो ६५ करोड लागतको किसान फिड मिल
नेपालगञ्जमा सञ्चालनमा आयो ६५ करोड लागतको किसान फिड मिल
RSG-2
प्रविण गिरी
सोमबार, पुस २६, २०७८ प्रविण गिरी
नेपालगञ्जमा सञ्चालनमा आयो ६५ करोड लागतको किसान फिड मिल

नेपालगञ्ज । नेपालगञ्जमा किसान फिड मिल सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा ६५ करोडको लगानीमा फिड मिल सञ्चालनमा आएको हो । किसान फिड मिल प्रालिको आज एक कार्यक्रमका बीच संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यावदले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण नगरेसम्म आर्थिक विकास नहुने बताए । कृषिमा आधारित यस्ता उद्योगहरु बढी भन्दा बढी सञ्चालन हुन सके मात्रै रोजगारी बढ्नुका साथै कृषकको उत्पादनले सही मूल्य र बजार पाउने मन्त्री यादवले बताए ।

फिड मिल सञ्चालक तथा पूर्व सहरी विकास मन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इश्तियाक राईले भारतबाट कुखुरा, चल्ला र अण्डा लगायत विभिन्न बस्तुको अवधै आयात नरोकिएकोले स्थानीय उद्योगीहरु मारमा परेको बताए । अवैध आयातका कारण नै करोडौं करोड लगानीमा खोलिएका उद्योगहरु धरासायी बन्ने अवस्था रहेकोले प्रहरी प्रशासनले पनि विशेष ध्यान दिनुपर्ने राईले बताए ।

उद्योग सञ्चालनमा आएपछि लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा कुखुरा, माछा र पशुको दाना अभाव नहुने उद्योगले जनाएको छ । उद्योगले एक घण्टामा सय क्वीन्टल दाना उत्पादन गर्ने बताइएको छ ।

पूर्व मन्त्री राईसहित उनको परिवार मिलेर संचालन गरेको कृषि व्यवसायका कामहरु मध्ये ५० करोडको लागतमा रजा ग्रुप प्रालि पनि सञ्चालनमा छ । एकैपटक ७५ हजार बोइलर कुखुरा पालन गर्न सकिने गरी रजा ग्रुप सोही ठाउँमा नै सञ्चालन भइरहेको छ  । यस्तै सोही स्थानमा २० करोडको लागतमा केही महिनापछि अत्याधुनिक ह्याचरी उद्योग सञ्चालनमा ल्याउने तयारीका साथ काम तीब्ररुपमा भइरहेको पनि बताइएको छ ।  


प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा गरिबीको दर २४.३५ प्रतिशत, बाँकेमा नरैनापुरमा सबैभन्दा बढी गरिबी
लुम्बिनीमा गरिबीको दर २४.३५ प्रतिशत, बाँकेमा नरैनापुरमा सबैभन्दा बढी गरिबी
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP