Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय निर्वाचन:मौनअवधिमा एमालेका उम्मेदवारसँग सांसद र निजामती कर्मचारीका नेता घरदैलोमा पैसा बाँड्दै
स्थानीय निर्वाचन:मौनअवधिमा एमालेका उम्मेदवारसँग सांसद र निजामती कर्मचारीका नेता घरदैलोमा पैसा बाँड्दै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २८, २०७९ बागेश्वरी पोस्ट
स्थानीय निर्वाचन:मौनअवधिमा एमालेका उम्मेदवारसँग सांसद र निजामती कर्मचारीका नेता घरदैलोमा पैसा बाँड्दै

नेपालगन्ज । स्थानीय तहको निर्वाचनको मौन अवधि चलिरहँदा नेकपा एमालेका उम्मेद्वारसहित प्रदेश सभा सदस्य र निजामती कर्मचारीहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । 

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ का लागि नेकपा एमालेका तर्फबाट वडाध्यक्षका प्रत्यासी भुपेन्द्रबहादुर दर्लामीलाई मत दिलाउन वडाको आफर, खावापखेरा लगायतका ठाउँमा कर्णाली प्रदेश सभाका सदस्य पद्मा खड्का सहितको टोली मौन अवधिमा नगदसहित मतदाताको घरघरमा पुगेको हो । 

खड्कासहित उम्मेद्वार दर्लामी, एमाले निकट निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष हेमन्त चुनारा लगायतको टिम घरघर पुगेर पैसा बाँड्दै मत दिन दबाब दिन थालेको त्यहाँका मतदाताहरुले बताएका छन् । अघिल्लो पटकको कार्यकालमा सन्तोषजनक कार्यक्षमता प्रदर्शन गर्न नसकेको र चारित्रिक दुर्वलताको आरोप समेत लागेको अवस्थामा लोकप्रियता घटेपछि चुनाव हार्ने डरले दर्लामीको समूहले मतदातालाई पैसा बाँडिरहेको एमालेकै एक स्थानीय कार्यकर्ताले बताए ।

वीरेन्द्रनगर १३ मा एमालेबाट निवर्तमान वडाध्यक्ष दर्लामी, नेपाली कांग्रेसका तर्फबाट दिपेन्द्रराज कोइराला, नेकपा नेकपा माओवादीका तर्फबाट डिल्लीप्रसाद सुवेदी र नेकपा एकिकृत समाजवादीका तर्फबाट साविकको जर्बुटा गाविस अध्यक्ष डम्मरबहादुर विक मुख्य प्रतिस्पर्धी छन् । अघिल्लो पटकको कार्यकालमा सन्तोषजनक कार्यक्षमता प्रदर्शन गर्न नसकेको र चारित्रिक दुर्वलताको आरोप समेत लागेको अवस्थामा लोकप्रियता घटेपछि चुनाव हार्ने डरले दर्लामीको समूहले मतदातालाई पैसा बाँडिरहेको एमालेकै एक स्थानीय कार्यकर्ताले बताए । तीन हजार सात सय हाराहारी मत रहेको वडा नम्बर १३ मा साविकको जर्बुटा गाविसको ठूलो हिस्सा पर्दछ ।

स्थानीय तहको निर्वाचनका लागि शुक्रबार मतदान हुँदैछ । मंगलबार मध्यरातदेखि मौन अवधि जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।​ आयोगले मौन अवधि चलिरहँदा मोटरसाइकलमा सामूहिक रुपमा घरदैलो गरिरहने, पैसा बाँड्ने र मतदाता प्रभावित पार्नेलाई तकाल कारबाही गर्ने बताएको छ ।

आयोगले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा तत्काल कारबाही गर्न सक्ने अधिकार दिएर १९ वटा टोली अनुगमनमा खटाएको बताएको छ । तुलनात्मकरुपमा संवेदनशील ठानिएका स्थानमा १९ टोली परिचालन गरिएको आयोगको भनाई छ । यो टोलीलाई मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाँड्ने काम भएको वा नभएको अनुगमन गर्ने र त्यस्तो देखिए तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको छ ।

त्यस्तो पाइए उम्मेदवारी खारेजदेखि एक लाख रुपैयाँ जरिवानासमेत गर्न सक्ने अधिकार उक्त अनुगमन टोलीलाई छ । हाम्राकुराडटकम बाट साभार


प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP