prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • यस्तो छ नेपालगञ्जको ०७९/८० को नीति तथा कार्यक्रम (पूर्ण विवरणसहित)
यस्तो छ नेपालगञ्जको ०७९/८० को नीति तथा कार्यक्रम (पूर्ण विवरणसहित)
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ९, २०७९ बागेश्वरी पोस्ट
यस्तो छ नेपालगञ्जको ०७९/८० को नीति तथा कार्यक्रम (पूर्ण विवरणसहित)

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले भौतिक पूर्वाधार विकास, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष २०७९/८० को बार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।

paribartan 1

आज नेपालगञ्ज उपमहानगरपालिकाको ११औं नगरसभामा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख प्रशान्त विष्टले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ नगरको स्तरोन्नति हुने तथ्यलाई आत्मसाथ गर्दै बार्षिक नीति बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको बताए । 

आफूहरु निर्वाचित भएपछिको पहिलो नगरसभा भएका कारण निर्वाचनमा गरिएका बाचा बार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश गरिएको उनले बताए ।

No description available.

यस्तो छ नगर प्रमुख प्रशान्त विष्टद्वारा प्रस्तुत नेपालगञ्जको बार्षिक नीति तथा कार्यक्रम

नेपालगञ्ज उप–महानगरपालिकाको आ.ब. २०७९/८० को 

नीति तथा कार्यक्रम

यस नेपालगन्ज उपमहानगरपालिकाको एघारौं नगरसभामा उपस्थित नगर उप–प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु, संचारकर्मी, राष्ट्रसेवक कर्मचारीहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरुमा जयनेपालको न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु ।

नेपालको लामो इतिहासको कालखण्ड पार गर्दै लोकतान्त्रिक प्रणाली अवलम्वनको लागि १०४ वर्षे राणा शासन, निरंकुश पञ्चायती शासनका विरुद्ध शहादत प्राप्त गर्ने त्यसैगरी २०४६ सालको जनआन्दोलन र २०६२/६३ को आन्दोलनमा शहिद हुने नेपाली आमाका सच्चा सपुतहरुलाई वलिदानलाई हृदयदेखि सदास्मरण र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

लुम्विनी प्रदेशमा अवस्थित पूर्वपश्चिम राजमार्गले जोडिएको बाँके जिल्लामा नेपालगञ्ज शहर अवस्थित छ । कर्णाली प्रदेश र सुदुर पश्चिमसहित पश्चिम नेपालकै प्रवेशद्वार तथा प्रतिष्ठित व्यापारिक शहरको रुपमा नेपालगञ्ज परिचित छ । विक्रम संवत् २०१७ सालमा नेपाल नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नेपालगञ्ज नगरपालिकाको रुपमा स्थापित शहर हो । वि.स.२०७१ सालमा साविकको नगर क्षेत्रसँग जोडिएका ११ ओटा गाविसहरुलाई समेटेर नेपालगञ्ज उपमहानगरपालिकाको घोषणा भएको हो ।

हिन्दु, मुस्लिम, शिख, इसाई, वौद्ध लगायत बहुधार्मिक सम्प्रदायहरु वसोवास रहेको साथै नेपालकै नामबाट स्थापना भएको यो शहर वहुसांस्कृतिक, बहुभाषिक, सम्प्रदाय र सहिष्णुतायुक्त प्राचीन शहरको रुपमा परिचित छ । लुम्विनी प्रदेशको दुई नाका मध्ये जमुनाहा नाका प्रदेशको नवलपरासीदेखि वर्दियासम्मको उर्वरभुमिमा अवस्थित, पाटेबाघ संरक्षण गर्न विस्तार गरिएको बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षण क्षेत्र नेपालगञ्ज औद्योगिक क्षेत्र, व्यस्त राँझा विमानस्थल, निर्माणाधीन सुख्खा वन्दरगाह, प्रसिद्ध तिर्थस्थल मानसरोवर प्रवेश गर्ने प्रवेशद्वारले गर्दा देश विदेशमा नेपालगञ्जको नाम सुपरिचित शहरको रुपमा उभ्याउन सफल भएको छ ।

६२ वर्षको लामो इतिहास बोकेको नेपालगञ्ज उपमहानगरपालिकाले धेरै आरोहहरु पार गरी विकासका पथमा पथप्रर्दशकका रुपमा अगाडि बढिरहेको छ । स्थानीय तहको निर्वाचनमा आगामी नगरवासीहरुको घरदैलोमा पुगी हामीहरुले बाचा गरेका जनअभिमतलाई पूरा गर्ने गहन दायित्व र जिम्मेवारी इतिहासले हाम्रो काँधमा आइपरेको छ । जनताको विश्वास र हामीले गरेको बाचालाई  हामी निर्वाचित भएपछिको पहिलो नगरसभामा नीति, बजेट र कार्यक्रमको माध्यमबाट प्रस्तुत गर्न पाउँदा गौरवान्वित महशुस गरको छु । यस नीति, बजेट तथा कार्यक्रमले तत्काल गर्न सकिने, केही समय पश्चात् गर्न सकिने र दीर्घकालीन सोचको साथ नगरको स्तरोन्नति हुने तथ्यलाई आत्मसाथ गर्दै यो गरिमामय सभामार्फत् पेश गरेको छु –

१.धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्वन्धि नीति

श्री बागेश्वरी मन्दिरको एेतिहासिक धरोहरको संरक्षण, सम्बद्धैन, सौन्दर्यकर्रणसहित बागेश्वरी क्षेत्र विकास कोषको स्थापना गर्न गुरु योजना बनाइनेछ ।

श्री बागेश्वरी मन्दिरमा सन्ध्याकालीन आरती कार्यक्रम संचालन गरिनेछ ।

नेपालगंज शहरको  फरक पहिचान हुने गरी १०८ फिटे हनुमान मूर्ती निर्माण कार्य अगाडि बढाइनेछ ।

विपी चोकस्थित इदगाहमा प्रवेशद्वार निर्माण गरिनेछ ।

लोप हुन लागेका प्राचीन  टाँगाहरुको संरक्षण र सम्बर्द्धन गरिनेछ  । 

डुडुवा गाउँपालिकाको सिधनियाघाटमा मलामीहरुको लागि विश्रामस्थलको व्यवस्था गरिनेछ ।

धार्मिक तथा सांस्कृतिक धरोहरहरुको दीर्घकालीन संरक्षण र विभिन्न समुदाय बीचको सदभाव कायम गर्न उपयुक्त कार्यक्रमको तर्जुमा गरी धार्मिक सहिष्णु र मानवमैत्री शहरमा रुपान्तरण गरिनेछ ।

पर्यटन प्रवद्र्धनका लागि नगरभित्रका विभिन्न मन्दिर, मस्जिद, चर्च तथा गुम्वाहको संरक्षण तथा संवद्धन गरिनेछ ।

नगरभित्र रहेका सम्पूर्ण ताल, तलैया तथा पार्कहरुको पहिचान, स्तरोन्नति तथा निर्माण कार्य गरी संरक्षण र संवद्र्धन गरिनेछ ।

नगरका धार्मिक, ऐतिहासिक महत्वका स्थानहरुमा स्वदेशी/विदेशी पर्यटकहरुलाई सहयोग पुर्याउन पर्यटन गाइडकोे व्यवस्था गरिनेछ ।

मृत्यूपछि शवलाई केही समय सुरक्षित राख्ने प्रयोजनको लागि शव राख्ने फ्रिजर, अन्तिम संस्कारका लागि शववाहन र विद्युतीय शवदहन गृहको व्यवस्थापन गरिनेछ ।

नेपालगञ्जको ऐतिहासिक कला, संस्कृति झल्किने गरी नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २० स्थित सुर्खेतरोडमा प्रवेशद्वार स्थापना गरिनेछ ।

२. भौतिक पूर्वाधार सम्वन्धि नीति

वडा कार्यालयका आफ्नै भवन नभएका वडाहरु (३, ५, ६, ७, ८, ९, ११) मा भवन निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।

नगरभित्र निर्माण भएका र निर्माण हुने सार्वजनिक भौतिक संरचनाहरुलाई आवश्यकता अनुसार अपाङ्गमैत्री हुने गरी निर्माण गरिनेछ ।

अब्यवस्थित बसोबासलाई ब्यवस्थित गर्न रिङ्गरोडको बिकाससँगै वरपरका जग्गाको Land Pooling मार्फत् जग्गा विकास गरी सामुहिक वस्ती विकासका लागि आवश्यक पहल गरिनेछ ।

नगरका ब्यस्त चोक तथा बस स्टेशनहरुमा यात्रुहरुको लागि प्रतिक्षालय निर्माणको कार्यलाई आगामी आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याइनेछ ।

यस उपमहानगरपालिकालाई स्तरोन्नति गरी महानगरपालिका बन्ने सम्भावनालाई दृष्टिगत गरी सो को लागि उपयुक्त स्थानमा आवश्यक पर्ने जग्गाको ब्यवस्थापन गर्ने र संरचना निर्माणको लागि बिस्तृत परियोजना प्रतिबेदन तयार गर्ने कार्यलाई अगाडि बढाइनेछ । प्रतिवेदन तयार भएका आयोजनाको निर्माण कार्य सुरु गर्न पहल गरिनेछ ।

रात्रीकालीन बजार व्यवस्थापन गर्न आवश्यक पूर्वाधारको निर्माणका लागि पहल गरिनेछ।

वडाको सिफारिसमा प्रत्येक वडामा एक एक वटा Mega Project छनौट गरी कार्यान्वयनको लागी पहल गरिनेछ ।

बागेश्वरी मन्दिरको पुर्बपट्टी निर्माणाधीन चिल्ड्रेन पार्कमा Basement Parking सहित चिल्ड्रेन पार्क निर्माण गरिनेछ ।

नेपालगंज उपमहानगरपालिकाको वडा नं २० स्थित राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गरिनेछ । साथै, नेपालगञ्जबाट आन्तरिक तथा वाह्य गन्तव्य मार्गको पहिचान गरी संचालनमा ल्याइनेछ ।

सार्वजनिक भौतिक संरचनाको मर्मत सम्भारलाई ब्यवस्थित गर्न मर्मत सम्भार कोषको कार्यविधि तयार गरी कार्यान्वयन गरिनेछ ।

मुख्य सडकहरुमा सिसिटिभी क्यामेरा जडान कार्यलाई निरन्तरता दिइनेछ ।

नेपालगंज सहरलाई Clean, Green & Healthy City को रुपमा विकास गरिनेछ ।

सहरको मुख्य चोकहरु सौन्दर्यकरण गरिनेछ ।

उपमेयरसंग ट्राफिक व्यवस्थापन कार्यक्रम संचालन गरिनेछ । साथै मुख्य सडकहरुमा ट्राफिक लाइटको व्यवस्थापन गरिनेछ ।

३. ब्यवस्थित शहरी विकास सम्बन्धि नीति

सम्बन्धित निकायहरुको समन्वयमा नगरवासीमा स्वच्छ खानेपानीको पहुँच पुर्याउन आवश्यक पहल गरिनेछ । साथै बजारका मुख्य चोकहरुमा स्वच्छ पिउने पानीको व्यवस्था गरिनेछ ।

सुन्दर, स्वच्छ, हरियाली सहर निर्माणका लागि नेपालगंजमा  ऐतिहासिक पार्क निर्माण, ताल तलैयाहरुको संरक्षण तथा सम्बद्र्धन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

नेपालगन्ज उपमहानगरपालिकाभित्र ब्यवस्थित पार्किङ्ग ब्यवस्थापनको लागि आवश्यक पहल गरिनेछ ।

घर नक्सा शाखालाई चुस्त, दुरुस्त तथा प्रविधिमैत्री बनाउन र नागरिकलाई छिटो, छरितो तथा गुणस्तरीय सेवा प्रदान गर्नका लागि नक्सा पास प्रक्रियालाई सफ्टवेयर मार्फत् अगाडि वढाउनको लागि गृहकार्य गरिनेछ । साथै पुराना नक्साहरुलाई डिजिटल डकुमेन्टेशन गर्ने कार्यलाई अगाडि बढाइनेछ ।

४. भूमी ब्यबस्थापन सम्बन्धि नीति

सार्बजनिक र सरकारी जग्गाको संरक्षण गर्न उपमहानगरपालिका प्रतिबद्ध छ । गैरकानुनी रुपमा कब्जा गरिएका सार्बजनिक, सरकारी र गुठी जग्गाको खोज तथा पहिचान गरी फिर्ता ल्याउने कार्यलाई तिब्रता दिइनेछ । सडक र सो को अधिकार क्षेत्र लगायत नेपाल सरकारले अधिग्रहण गरेको वा खरिद गरेको भूमीको कित्ताकाट गरी आगामी आर्थिक बर्षभित्रमा नेपाल सरकारको नाममा कायम गर्न सम्बन्धित निकायसंग समन्वय एवं सहकार्य गरिनेछ ।

संघीय सरकार र प्रदेश सरकार संगको समन्वयमा भूमीहीन दलित, भूमीहीन सुकुम्बासी तथा अब्यबस्थित बसोबासीको पहिचान गरी लगत संकलन, नाप नक्साङ्कन र अभिलेखन कार्य गरी आगामी आर्थिक बर्षभित्र जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिनेछ ।

सरकारी तथा सार्बजनिक जग्गाको संरक्षणका लागि अभिलेखीकरण गरिनेछ ।

भू-उपयोग नीति र कानुन अनुरुप भूभीको बर्गिकरण गरी विशिष्टीकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्थालाई अन्य निकायसंगको समन्वय र सहकार्यलाई जोड दिइनेछ ।

५. सूचना तथा संचार प्रविधि सम्बन्धि नीति

नेपालगंज उपमहानगरपालिकाको बजार क्षेत्रलाई Free Wifi Zone को रुपमा विकास गरिनेछ । साथै यसलाई क्रमशः विस्तार गर्दै लगिनेछ ।

नगरको सार्वजनिक जवाफदेहिता प्रवर्द्धन तथा सुशासनका लागि अपरिहार्य रहेको विद्युतीय सेवालाई थप प्रभावकारी बनाई नविनतम् सुचना प्रविधिको प्रयोगमा जोड दिइनेछ ।

इन्टरनेट सेवाको पहुँच नपुगेको २३ नम्बर वडा कार्यालयमा इन्टरनेट सेवा विस्तार गरिनेछ  । 

यस उपमहानगरपालिकाको संचार नीति अनुरुप समग्र संचार क्षेत्रको विकास गरिनेछ  ।

सूचनाको हक सुनिश्चितताका लागि आवश्यक कार्यक्रम संचालन गरिनेछ ।

६. सामाजिक विकास नीति

६.१ शिक्षा, युवा तथा खेलकुद नीतिहरु

महेन्द्र बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन आवश्यक समन्वय र पहल गरिनेछ ।

खेलकुदको माध्यमवाट विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्ने, प्रोत्साहन गर्ने, क्षमता विकास गरी खेलकुद क्षेत्रको विकास र प्रवद्धन गरिनेछ ।

लोपोन्मुख तथा पिछडिएका वर्गका सन्ततिहरुलाई छात्रवृत्ति कार्यक्रम लागू गरिनेछ ।

मातृभाषामा पठनपाठनका लागि आवश्यक पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरिनेछ ।

यस नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्न नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम बनाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।

आधारभूत तहको शिक्षालाई अनिवार्य तथा निःशुल्क  गर्ने  र मावि तहको शिक्षालाई निःशुल्क गर्दै लगिनेछ ।

सवैका लागि शिक्षा भन्ने मूल नारालाई आत्मसाथ गरी शिक्षामा सवैको पहुँच सुनिश्चित गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालयको पूर्वाधार विकास गर्दै शिक्षण सिकाई क्रियाकलापमा सवै वालवालिकाको सक्रिय सहभागिता सुनिश्चितता गर्दै अतिरिक्त क्रियाकलापका माध्यमबाट समेत वालवालिकाको क्षमता विकास गरी ज्ञानलाई सिर्जनामा परिणत गर्न पहल गरिनेछ ।

बालविकास तथा धार्मिक विद्यालयहरुको सुदृढीकरण तथा ब्यवस्थापनमा विशेष जोड दिइनेछ ।

बालबालिकाहरुको स्वास्थ्यलाई ध्यान दिई एक मा.वि. एक नर्स कार्यक्रम लागू गरिनेछ ।

सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका शिक्षकहरुको क्षमता विकासमा जोड दिइनेछ ।

संस्थागत तथा सामुदायिक विद्यालयको सुदृढीकरण तथा नियमनका लागि विद्यालयहरुको अनुगमन तथा सुपरिवेक्षणमा जोड दिइनेछ ।

नगर युवा परिचालन नीति तय गरी युवाहरुको क्षमता विकास तथा परिचालन गरिनेछ  ।

युवा तथा विद्यार्थी खेलकुद कार्यक्रमहरु सन्चालन गरी प्रतिभा पहिचान र विकास गरिनेछ ।

बालवालिकाका लागि स्मार्ट एजुकेशन कार्यक्रम शुरुवात गरिनेछ ।

शिक्षा विकास कोष स्थापना गरी उक्त कोषमा नगर र वडाबाट समेत बजेट विनियोजन गरी सञ्चालनमा ल्याइनेछ ।

छात्रा भर्ना प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।

विद्यालयमा शिक्षक–अभिभावक भेला गरी विद्यालयको पठनपाठनलाई थप व्यवस्थित वनाइनेछ ।

पन्ध्र वर्ष भन्दा माथिका निरक्षर जनसंख्याको लागि निरन्तर शिक्षाको कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

६.२ सामाजिक, गैसस तथा साझेदारी विकास सम्बन्धि नीतिहरु 

साझेदारी विकास कार्यक्रम बमोजिम विपन्न वर्गको आर्थिक स्तर बढाउन व्यवसाय सञ्चालनका लागि उपलब्ध गरिएको ऋणको साँवा र व्याज असुलीलाई निरन्तरता दिँदै व्यवसाय सञ्चालन गर्न चाहने व्यवसायीहरुलाई नयाँ व्यवसाय प्रवद्र्धन कार्यक्रम मार्फत् उत्प्रेरित गरी व्यवसायमा नविनताको थालनी गरिनेछ ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, साझेदारी विकास कार्यक्रम, सुरक्षित आप्रवासन परियोजना र नव प्रवद्र्धन कार्यक्रमका माध्यमबाट सीपमा आधारित साना, मझौला उद्यमीहरुलाई नयाँ अवसरहरु सृजना गर्दै आर्थिक सवलीकरण गरिनेछ ।

स्थानीयस्तरमा सामुहिक भावनाको विकासका लागि वडा भित्रका निश्चित भौगोलिक क्षेत्रभित्र रहेका सवै घरधुरी सदस्य रहने गरी स्थानीय स्तरमा वडा कार्यालयको सहयोगीका रुपमा टोल स्तरीय संस्थाहरु गठन, परिचालन तथा व्यवस्थापन गरी वडा र नगरस्तरीय सञ्जाल मार्फत् सामाजिक सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

भविष्यमा सहकारी संस्थाको रुपमा रुपान्तरण गरी पूँजी र जनशक्तिको सम्मिश्रणबाट नेपालगञ्जलाई आगामी ५ वर्षभित्र “समृद्ध नेपालगञ्ज, सुखी नगरवासी” मा रुपान्तरण गरिनेछ ।

सुरक्षित आप्रवासन कार्यक्रमलाई सवैको पहूँच हुने गरी सञ्चालन गरिनेछ । यसका अलावा वित्तीय साक्षरता कक्षा विस्तार गरी विदेशबाट प्राप्त हुने विप्रेषणलाई उत्पादन योग्य लगानी पूँजीमा लगानी गर्न आवश्यक प्रोत्साहनको नीति अवलम्बन गरिनेछ ।

नेपालगञ्जको २० वर्षे आर्थिक विकासको रणनीति तर्जुमाको प्रारम्भिक चरणमा रहेको छ । सरोकारवालाहरुको व्यापक सहभागितामा आर्थिक विकास रणनीति आगामी आ.व. २०७९/८० मा स्वीकृत गरी कार्यान्वयनमा ल्याइनेछ । उक्त रणनीतिले नेपालगञ्जको आर्थिक विकासका प्रमुख संवाहक शक्तिको पहिचान गर्ने र नगरमा वाह्य लगानी बढाउन भविष्यमा लगानी सम्मेलनको आयोजना गरी दिगो आर्थिक विकास तर्फको यात्रालाई सुनिश्चितता प्रदान गर्ने विश्वास लिइएको छ ।

सुशासनको स्तम्भका रुपमा सुशासन ऐन, २०७८ स्वीकृत भई लागू गरिएको छ । साथै सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण र सामाजिक परिक्षण सम्बन्धि कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याउनेछ ।

६.३ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्वन्धि नीति

जेष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चितताका लागि क्लव तथा सञ्जालको विकास, परिचालन तथा समन्वय र सहकार्यलाई निरन्तर सशक्त बनाउँदै लगिनेछ । मेयरसँग वृद्ध आमावुवा कार्यक्रम सञ्चालन गरिनेछ ।

महिलाहरुलाई प्रोत्साहन गर्नका लागि महिला सम्मान कार्यक्रम लागू गरिनेछ ।

विपन्न तथा ग्रामीण महिलाको आर्थिक, सामाजिक रुपान्तरणका लागि महिला विकास कार्यक्रम विस्तार गरिँदै लगिनेछ ।

सरोकारवाला सबै कार्यालय, शाखा, संघ, संस्था र वडाका लैगिंक सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि गरी लैंगिक उत्तरदायी बजेट बिनियोजनमा प्राथमिकता दिइनेछ ।

हिंसा पीडितको तत्काल उद्धार, पुनः स्थापना र परिवारमा पुनः एकीकरण तथा आर्थिक सशक्तिकरणलाई थप प्रभावकारी बनाउन सामुदायिक संरक्षण प्रणालीको आत्मसाथ गरी प्रभावकारी अभिलेखीकरण गरिनेछ ।

उद्यमशिलताको माध्यमबाट पिछडिएका तथा विपन्न महिलाको आर्थिक सशक्तिकरणका लागि महिला उद्यमी सहजीकरण केन्द्र कार्यक्रम संघीय सरकारको सहकार्यमा महिला उद्यमशीलता प्रवद्र्धन मार्फत् थप सशक्त गरी संचालन गरिनेछ । 

लैंगिक हिंसा, बालविवाहको जोखिम एवं विशेष संरक्षणको आवश्यकता रहेका गरिव तथा वहुविपन्न परिवारका बालिकालाई शिक्षामा निरन्तरता र सुरक्षित भविष्य निमार्णका लागि बालिका शिक्षा तथा बाल विवाह न्यूनीकरण मुद्दती खाता योजना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

बाल अधिकार सम्वन्धि सवाललाई पालिकाको शासन प्रक्रियामा मूलप्रवाहिकरण गर्दै बालमैत्री स्थानीय शासनको संस्थागत विकास गरिनेछ ।

अपांगता भएका व्यक्तिको दैनिक जीवनयापन सहज बनाउन आवश्यक्ता अनुसार सहायक सामग्री वितरण, अपांग परिचयपत्रको डिजिटलाइजेशन कार्य, सीपमूलक तालिम, कोष स्थापना गरी परिचालन तथा व्यवस्थापन गरीनेछ ।

अपांगता  भएका व्यक्तिहरुको अधिकार प्रवद्र्धनका लागि अपांगता भएका ग र घ वर्गका व्यक्तिलाई क्रमशः आवश्यकता र औचित्यताका आधारमा सामाजिक सुरक्षा भत्तासँग आवद्ध गर्न आवश्यक पहल गरिनेछ ।

मानव अधिकार संरक्षण र संर्वद्धनका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।

६.४ स्वास्थ्य सम्बन्धि निति

जमुनाहा नाका, बसपार्क र राँझा विमानस्थलमा हेल्थ डेस्क सञ्चालन गरिनेछ ।

व्यवहार परिर्वतन, खानपान, योगा, ब्यायाम, स्वास्थ्य, शिक्षा तथा प्रचारप्रसार कार्यक्रमका माध्यमबाट जीवनशैलीमा परिवर्तन गरी नेपालगञ्ज उपमहानगरपालिकालाई योगमैत्री नगरको रुपमा रुपान्तरण गरिनेछ ।

कोभिड—१९ को विश्वव्यापी महामारी लगायत अन्य महामारी रोगहरुको प्रकोपहलाई प्राथाकितामा राखी सो को रोकथाम, नियन्त्रण, निदान तथा व्यबस्थापन गरिनेछ ।

नेपाल सरकारद्वारा सूचिकृत गरिएका अत्यावश्यक औषधीहरु स्वास्थ्य संस्थाहबाट निःशुल्क रुपमा उपलब्ध हुने व्यवस्थाको सुनिश्चित गरिनेछ ।

अत्यावश्कीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रको अल्पकालीन र दीर्घकालीनकार्य योजना बनाई कार्यान्वयन गरिनेछ ।

यस उपमहानगरपालिका अन्तर्गत् रहेका स्वास्थ्य संस्थाहरुको विद्यमान स्वास्थ्य नीति अनुसार आगामी २ बर्षभित्र १५ शैयाको आधारभूत अस्पताल संचालनमा ल्याइनेछ ।

बालबालिका तथा गर्भवतीहरुलाई खोपको पहँुचमा बृद्धि गरी पूर्ण खोप तथा दिगोपन कार्यलाई सुनिश्चितता गर्न आवश्यकता अनुसार खोप केन्द्र विस्तार तथा निर्माण गरिनेछ ।

निजी स्वस्थ्य संस्था तथा गैरसरकारी संस्थाहरुको दर्ता, संचालन, नविकरण र नियमन कार्य गरिनेछ ।

आगामी दुई वर्षभित्र क्षयरोग मुक्त उपमहानगरपालिका घोषणा गरिनेछ ।

प्राथमिकताका आधारमा गर्भवती जाँचमा बृद्धि गरी पोषणयुक्त खाना तथा २४ घण्टे प्रसुती सेवालाई विस्तार तथा सुदृढीकरण गरिनेछ ।

सेवाको पहुँच भन्दा टाढा रहेका समुदायमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

समुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई समयानुसार विस्तार गर्दै लैजाने र हालसम्म गरेको सेवाको योगदानलाई कदर गदै ६० बर्ष उमेर पुगेका स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन एवं सम्मानसहित बिदाई गरिनेछ ।

नेपालगंज उपमहानगरपालिका अन्तरगत् कार्यरत सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीहरु र निजको आश्रित परिवार तथा महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकहरुलाई समेत राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराइनेछ ।

लागू औषधको बिद्यमान अवस्थालाई मध्यनजर गरी सो को रोकथाम, नियन्त्रण र ब्यवस्थापन गर्न नेपाल प्रहरी/समुदायिक प्रहरी र गैरसरकारी संस्थाहरुसंग समन्वय र सहकार्य गरी प्रभावकारी बनाइनेछ ।

दीगो बिकास लक्ष्यका आधारमा स्थानीयकरण भए वमोजिम स्वास्थ्यका सूचकहरु पूरा गर्ने कार्यक्रमहरु संचालन गरिनेछ ।

नेपालगंज शहरलाई मेडिकल हवको रुपमा विकसित गर्न नगरमा सञ्चालन रहेका अस्पताल तथा अन्य स्वास्थ्यसंस्थाहरुलाई व्यवस्थित गर्दै लगिनेछ ।

बिशेषज्ञ चिकित्सक/जनस्वास्थ्यकर्मीसहित प्रत्येक वडाहरुमा घुम्ती स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

स्वास्थ्य संस्थाको संगठनात्मक सुधार र जनशक्ति एवं भौतिक साधनको आवश्यकताबारे अध्ययन प्रतिवेदन लिने र सो को आधारमा जनशक्तिको वृद्धि अवलम्बन गर्ने ।

नेपालगञ्ज उपमहानगरपालिका वडा न.४ स्थित शहरी स्वास्थ्य प्रवद्धन केन्द्रलाई केन्द्रिय मापदण्ड अनुसार सञ्चालन गरिनेछ ।

७. सुशासन तथा संस्थागत विकास सम्वन्धि नीति

इन्धन खर्चमा मितव्ययिता कायम गर्ने उद्देश्यले हरेक महिनाको १ गते नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले इन्धन प्रयोग हुने सवारीसाधनहरु प्रयोग गरिनेछैन ।

नेपालगञ्ज उपमहानगरपालिकाको आवधिक योजना निर्माण गरी सोही बमोजिम वार्षिक योजना तथा कार्यक्रम तर्जुमा गरिने नीति लिइनेछ ।

जनता र जनप्रतिनिधि बीचको अन्तरसम्वन्धलाई अभिवृद्धि गर्न जनतासँग मेयर कार्यक्रम सञ्चालन गरिनेछ ।

सुशासन कायम गर्नको लागि Help Desk, Digital Notice Board, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, अनुगमन तथा मूल्यांकन कार्यलाई प्रभावकारी रुपले सञ्चालन तथा कार्यान्वयन गरिनेछ ।

संगठन संरचनाको बिस्तृत अध्ययन गराई दरबन्दी पुनरावलोकन गरी कर्मचारीको वृत्ति बिकासलाई अगाडि बढाइनेछ ।

अतिक्रमण भएका सडकपेटीहरु सर्वसाधारण जनताहरु हिँड्डुल गर्नको लागि सरोकारवाला संस्थासंग समन्वय राखी ठेला, फुटपाथ व्यवस्थापन र अनुगमन गरिनेछ ।   

बजारभित्र रहेका छाडा चौपायालाई नयाँ निर्माण भएको कान्जी हाउसमा व्यवस्थापन गरिनेछ ।

इ—रिक्सा सम्बन्धि कार्यविधि २०७८ लाई अवलम्बन गर्दै सरोकारवालासंग सहकार्य र दर्ता, नविकरण, अभिलेखीकरण गरी आवश्यक व्यवस्थापन गरिनेछ ।

नेपालगञ्ज उपमहानगरपालिकाबाट भएका निर्णय÷फैसलाहरु अभिलेखीकरण गरी व्यवस्थापन गरिनेछ ।

दिगो विकास लक्ष्यका सूचकहरुलाई स्थानीयकरण गरी रणनीतिक योजनाको माध्यमबाट लक्ष्य प्राप्त गर्न अग्रसरता लिइनेछ ।

लैंगिक उत्तरदायी शासन प्रणालीलाई संस्थागत गरिनेछ ।

८. राजश्व सम्बन्धि नीति

नेपालगन्ज उपमहानगरपालिकाको आन्तरिक राजस्व प्रचलित कानूनको परिधिभित्र रही के कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा आन्तरिक स्रोत संचालन सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी सो अनुसार राजश्व संकलनलाई बढावा दिइनेछ ।

करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाइनेछ । सबै वडा कार्यालयहरुमा सफ्टवयेर प्रणालीको विस्तार गरी अनलाइनमार्फत् वडा कार्यालयबाटै सम्पूर्ण कर, दस्तुर संकलन गर्ने वातावरणको सिर्जना गरिनेछ ।

ब्यवसाय कर बृद्धिका लागि सबै सरोकारवाला संघसंस्था, कार्यालयहरुसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।

करदाताहरु कार्यालयमा नै आएर कर, शुल्कहरु बुझाउनु पर्ने झन्झटिलो अवस्थालाई हटाई करदाताहरुको सुविधाको लागि  E-payment system लागू गरी राजश्व प्रशासनलाई प्रविधिमैत्री बनाइनेछ ।

उद्योग वाणिज्य संघ लगायत अन्य व्यवसायिक संघसंस्थाहरुसँग आवश्यक समन्वय र सहकार्यमा राजश्व सम्वन्धि कार्यक्रम सञ्चालन गरिनेछ ।

९. आर्थिक विकास, कृषि तथा पशुसेवा सम्वन्धि नीति

कृषकहरुबाट उत्पादित सवै उत्पादनजन्य वस्तुको सहज विनिमयका लागि आवश्यकता अनुसार कृषि हाटवजार, पशु हाटवजार सम्वन्धि भौतिक पूर्वाधार विकास, विस्तार र सञ्चालन गरिनेछ ।

दिगो आर्थिक विकासको अवधारणा अनुरुप उत्पादन र उत्पादकत्व बृद्घि गरी आर्थिक सम्बृद्घि हासिल गरिनेछ ।

पुराना डिप बोरिंगहरुलाई मर्मतको लागि कार्यविधि तर्जुमा गरी लागू गरिनेछ ।

कृषक पहिचानको लागि किसान परिचयपत्र कार्यक्रम, कृषि र पशुसेवासँग सम्वन्धित विभिन्न पकेट विकास कार्यक्रम लागू गरिनेछ ।

पशु एम्वुलेन्सको व्यवस्थापन गरी पशु उपचारको लागि सहज बनाइनेछ ।

दुग्ध पदार्थ एवम् मासुको गुणस्तर र स्वच्छतालाई कायम राख्न बधशालादेखि भान्छासम्म स्वच्छ र स्वस्थ मासु र गोठदेखि ओठसम्म स्वच्छ र स्वस्थ दुध कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिनेछ ।

नेपालगञ्ज उपमहानगरपालिकालाई दुध, तरकारी, फलफुल र मासुमा आत्मनिर्भर बनाउनका लागि विमा कार्यक्रम सञ्चालन गरिनेछ ।

जैसपुरमा सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

नगरको आफ्नै डिस्पेन्सरी (पशु उपचार कक्ष) सञ्चालन गरिनेछ ।

१०. सहकारी सम्बन्धि नीति

उत्पादनमा सहकारी अभियानमार्फत् प्रत्येक सहकारीलाई उत्पादनसँग जोड्दै लैजाने नीति अनुरुप तत्काल एक कृषि सहकारी एक स्थानीय कृषि उपज उत्पादन कार्यक्रम सन्चालनमा ल्याइनेछ ।

वित्तिय पँहुचलाइ विस्तार गर्न हाल २० प्रतिशतको हारहारीमा रहेको सहकारी सेवामा पहुँच प्रतिशत सन् २०३० सम्ममा ८० पुर्याउने दिगो विकासको राष्ट्रिय लक्ष्य अनुरुप सहकारी संस्थाको विस्तार गर्दै लगिनेछ ।

वर्तमान शैक्षिक, आर्थिक, सामाजिक स्तरलाई जनस्तरमा व्यापक मात्रामा व्यावसायिकता विकास गराउनुका साथै लैङ्गिक विभेद तथा सामाजिक सीमान्तीकरण अन्त्य गर्ने माध्यमका रुपमा सहकारी क्षेत्रलाई परिचालन गरिनेछ ।


प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP