Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शील्ड जारी,कराते र उसुमा बाँके च्याम्पियन
लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शील्ड जारी,कराते र उसुमा बाँके च्याम्पियन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार २५, २०७९ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शील्ड जारी,कराते र उसुमा बाँके च्याम्पियन

लक्ष्मण बस्नेत/ दाङ। दाङको बेल्झुन्डीमा जारी प्रथम लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता २०७९ अन्तर्गतको  आज  सम्पन्न कराते खेलतर्फ बाँके  जिल्ला च्याम्पियन भएको छ । 

युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा संचालित प्रतियोगितामा ३ स्वर्ण , १ रजत र २ कास्य पदक हात पार्दै बाँके  च्याम्पियन भएको हो । बाँकेले जिल्ला च्याम्पियनको ट्रफी हात पार्‍यो । 

त्यस्तै कपिलवस्तु २ स्वर्ण ,१ कास्य पदकका साथ द्वितिय हुँदा  दाङ १ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित तृतिय भयो । प्रतियोगिता अबधिभर छात्रतर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने गुल्मी जिल्लाका हिमाल क्षेत्री र छात्रामा दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित भए ।

यसैबिच आज  तुलसीपुरमा सम्पन्न भएको उसु खेलमा बाँके  च्याम्पियन भएको छ । ४ स्वर्ण,१ रजत पदक जित्दै बाँके  उसु खेलको च्याम्पियन भएको हो । त्यस्तै बर्दिया २ स्वर्ण ,२ रजत र १ कास्य पदकका साथ द्वितिय हुँदा  कपिलवस्तु १ स्वर्ण, २ रजत र १ कास्य पदक हात पार्दै तृतीय भयो । 

छात्रतर्फ बाँकेका सुदिप रोका मगर र छात्रामा बर्दियाकी लिन्दा दहित उत्कृष्ट खेलाडी घोषित भए । यसैबिच प्रतियोगिताको  दोस्रो दिनसम्म एथलेटिक्सतर्फ बाँके  ९ स्वर्ण,३ रजत र २ रजत पदकका शिर्ष स्थानमा रहदा बर्दिया ५ स्वर्ण,५ रजत र ६ कास्य पदक जित्दै दोस्रो र दाङ ३ स्वर्ण,४ रजत र ५ कास्य पदकका साथ तृतीय स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत  एथलेटिक्स तर्फ ३ हजार मिटर,हाईजम्प र ४ गुणे ४०० रिले,भलिबल,कबडी,तेक्वान्दो,छात्र/ छात्राको फाईनल खेल आईतबार बिहान हुने खेल संयोजक तथा लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य हरिश वलिले जानकारी दिएका छन् । सदस्य वलीका अनुसार प्रतियोगिताको समापन समारोह आइतवार दिउँसो हुनेछ ।


प्रकाशित मिति: शनिबार, असार २५, २०७९  २०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP