नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बाँकेलाई
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बाँकेलाई
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार २६, २०७९ बागेश्वरी पोस्ट
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बाँकेलाई

लक्ष्मण बस्नेत/ दाङ । दाङको बेल्झुन्डीमा संचालित १२ औं  संघीय तथा  प्रथम लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधि बाँकेले हात पारेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा संचालित प्रतियोगितामा १९ स्वर्ण, ७  रजत र १० कास्य पदक हात पार्दै बाँकेले उपाधि जितेको हो । उपाधिसंगै बाँकेले लुम्बिनी प्रदेश स्तरीय रनिङ शिल्डमाथि कब्जा जमाएको हो ।

त्यस्तै बर्दिया ९ स्वर्ण, ९  रजत र १२ कास्य पदकका साथ द्वितीय हुँदै गर्दा दाङ ६ स्वर्ण, ११ रजत र १३ कास्य पदकका साथ तृतीय भयो भने कपिलवस्तुले ६ स्वर्ण, ४ रजत र २ कास्य पदकका साथ सान्त्वनामै चित्त बुझायो । 

प्रतियोगिता अन्तर्गत् कराते छात्रतर्फ गुल्मीका हिमाल क्षेत्री र छात्रातर्फ दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै एथ्लेटिक्समा छात्रतर्फ बाँकेका युबराज बिक र छात्रातर्फ  दाङकी निशा चौधरी उत्कृष्ट खेलाडी भएका छन्  ।

त्यस्तै उसु छात्रतर्फ बाँकेका सुदिप रोका मगर र छात्रातर्फ  बर्दियाकी लिन्दा दहित उत्कृष्ट भएका छन्  । त्यस्तै भलिबलतर्फको  छात्रमा रुपन्देहीका बादल राना र छात्रातर्फ रुपन्देहीकै सपना डाँगी उत्कृष्ट खेलाडी भए ।

प्रतियोगितामा ब्यक्तिगत बिधातर्फ एथलेटिक्स, उसु, करातेमा प्रथम स्थान हात पारेका खेलाडी  र टिम गेम तर्फको  कबडी, भलिबलमा छनोटका आधारमा टिम तयार गरिनेछ । छनोटमा परेका खेलाडीले  असार २८ देखि ३० गते सम्म हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ्न् । 

यसैबीच प्रतियोगिताको समापन समारोह लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराईको अध्यक्षता तथा उर्जा जलश्रोत तथा सिंचाई राज्य मन्त्री अर्जुन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।

सो अबसरमा बिजेता टिम तथा खेलाडीलाई  लुम्बिनी प्रदेश खेलकुद परिषद्का कोषाध्यक्ष कोशिस खड्का, दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमाल, लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, तुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे लगायतले शिल्ड, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।


प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP