Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • दाङमा अन्तर कलेज पुरुष भलिबल सुरु, पूर्व मन्त्री गिरीद्वारा उद्घाटन
दाङमा अन्तर कलेज पुरुष भलिबल सुरु, पूर्व मन्त्री गिरीद्वारा उद्घाटन
RSG-2
खेलकुदको विकास स्थानीय स्तरबाटै हुनुपर्छः गिरी
बागेश्वरी पोस्ट
मंगलबार, साउन १०, २०७९ बागेश्वरी पोस्ट
दाङमा अन्तर कलेज पुरुष भलिबल सुरु, पूर्व मन्त्री गिरीद्वारा उद्घाटन

दाङ । दाङको तुलसीपुरमा आजदेखि अन्तर कलेज स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । राप्ती किङ्ग भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा  संचालित प्रतियोगिता तथा प्रशिक्षण केन्द्रको पूर्व सिंचाई मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले उद्घाटन गरे ।

No description available.

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गिरीले खेलकुदको विकास स्थानीय स्तरबाटै हुनुपर्ने बताए । "मानव समाज र अनुशासनको मुख्य मेरुद्दण्ड खेलकुद हो, यसको विकास स्थानीय स्तरमै हुनुपर्छ, अव स्थानीय तह पनि सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ," गिरीले भने । एउटा पूर्व खेलाडीको अनुभव सेयर गरेका गिरीले खेल विकासमा आफू लागिपर्ने बताए ।

No description available.

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुदको विकासमा स्थानीय सरकार गम्भीर नभएको बताए । निजी क्षेत्र खेलकुद क्षेत्रमा लगानी गर्न इच्छुक भइरहँदा स्थानीय निकायले खेल क्षेत्रलाई हेर्ने दृष्टिकोण फराकिलो बनाउन नसकेको उनले बताए ।

प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी, दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष ध्रुब आचार्य, लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । राप्ती किङ्ग प्रशिक्षण केन्द्रका सल्लाहकार केदारराज श्रेष्ठको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

यसैबीच प्रशिक्षण केन्द्रको आफ्नै खेल मैदानमा संचालित प्रतियोगिताको आज पहिलो दिन अरनिको मावि रोल्पा, शिद्देश्वरी मावि रुपन्देही र मुसिकोट बहुमुखी क्याम्पस कलङ्गाले बिजयी सुरुवात गरेका छ्न् । यस्तै प्रतियोगिता अन्तरगत् भोली बुधबार बिहान ७ बजे न्यु होराइजन रुपन्देही र जनश्रम मावि खाद्रे भिड्नेछन् भने दोश्रो खेल भिमसेन मावि र गोरखा मावि ब्लुबीच हुनेछ ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ, बाँके, रुपन्देही, रुकुम पश्चिम, सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार, १ सय ११ रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मूल आयोजक समितिका सदस्य सन्तोष रानाले जानकारी दिए । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ खेलाडीलाई पुरस्कृत गरिनेछ । जस अनुसार सर्बोत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर, सर्बर, स्पाइकर र लिब्रोलाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।


प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  २०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP