Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर कलेज पुरुष भलिबलको उपाधि ज्ञानज्योतिलाई
अन्तर कलेज पुरुष भलिबलको उपाधि ज्ञानज्योतिलाई
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन १४, २०७९ बागेश्वरी पोस्ट
अन्तर कलेज पुरुष भलिबलको उपाधि ज्ञानज्योतिलाई

दाङ ।  दाङको तुलसीपुरमा सम्पन्न अन्तर कलेज पुरुष भलिबल प्रतियोगिता २०७९ को उपाधि ज्ञानज्योति कलेज तुलसीपुरले जितेको छ ।

राप्ती किङ्ग भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा सञ्चालित प्रतियोगिताको आज आज उल्लेख्य दर्शकको उपस्थितिमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा न्यु होराइजन बोर्डिङ स्कुल बुटवल रुपन्देहीलाई १८-२५,२९-२७,१६-२५,२७-२५ र १५-१० अर्थात् ३-२ को सेटमा पराजित गर्दै ज्ञानज्योति कलेजले उपाधि जितेको हो । 

उपाधिसंगै उसले नगद एक लाख एक हजार एक सय एघार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र हात पार्‍यो । फाइनलमा सम्मानजक हार ब्यहोरेको न्यु होराईजन उपविजेतामा सीमित रहँदै नगद पचास हजार एक सय एघार रुपैयाँ, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगितामा मुसीकोट बहुमुखी क्याम्पस खलंगा रुकुम पश्चिम तृतीय भयो । उसले नगद पच्चीस हजार एक सय एघार रुपैयाँ हात पार्‍यो ।

प्रतियोगितामा ब्यक्तिगत बिधातर्फ सर्बोत्कृष्ट खेलाडी न्यु होराइजन बोर्डिङ स्कुल बुटवल रुपन्देहीका बबिन थापा भए । उनले नगद पाँच हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । त्यस्तै वेस्ट सेटर ज्ञानज्योतिका सुदिप राना, वेस्ट लिबेरो ज्ञानज्योतिकै बिनोद बुढाथोकी, वेस्ट स्पाइकर होराइजनका राहुल चौधरी र वेस्ट कोच न्यु होराइजनकै उदय बम मल्ल घोषित भए । उत्कृष्ट सबैले जनही दुई हजार, मेडल तथा प्रमाणपत्र हात पारे । पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका दाङ, बाँके, रुपन्देही, सल्यान र पश्चिम रुकुम जिल्ला कलेज गरी २० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन समारोह आयोजक राप्ती किङ्ग भलिबल प्रशिक्षण केन्द्र तुलसीपुरका अध्यक्ष कमल खत्रीको अध्यक्षता तथा नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष यम बहादुर केसी र लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र सिंह बैरागीको विशिष्ट आतिथ्यतामा भएको थियो ।

सो अबसरमा प्रतियोगितालाई भब्य एवं सभ्य बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउने संघसंस्था, ब्यक्ति तथा रास्ट्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा एथलेटिक्सतर्फ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल निशा चौधिरी, सहभागी बब्लु वली, भलिबलतर्फ खेलाडी मोनिका बिष्ट, सीता वली र रुपा थापा, त्यस्तै बिजेता, उपबिजेता टिम तथा खेलाडी, कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथिले पुरस्कार तथा कप, मेडल प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।


प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP