prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • कांग्रेसका ‘वरिष्ठ नेता'लाई आफ्नै क्षेत्रमा टिकट पाउन सकस
कांग्रेसका ‘वरिष्ठ नेता'लाई आफ्नै क्षेत्रमा टिकट पाउन सकस
banijya office
बागेश्वरी पोस्ट
बुधबार, भदौ १, २०७९ बागेश्वरी पोस्ट
कांग्रेसका ‘वरिष्ठ नेता'लाई आफ्नै क्षेत्रमा टिकट पाउन सकस

नेपालगन्ज । सत्तारुढ दलभित्र आसन्न चुनावमा उम्मेदवार हुन आकांक्षा राख्नेहरुमा सम्भवतः सबैभन्दा लामो सूची नेपाली कांग्रेसको होला । तर, तालमेलले गर्दा उम्मेदवार हुन पाउनेकोे संख्या स्वतः घट्ने निश्चित छ ।

nepalgunj 081-082

नेपाली कांग्रेसका नेताहरुका अनुसार कांग्रेसको बटमलाइन ९० सिट हो । प्रत्यक्ष तर्फको १६५ सिटमा कांग्रेसले ९० स्थानमा उम्मेदवार बनाउने अवस्था रह्यो भने ७५ जना आकांक्षी पछि हट्नुपर्दछ । परिणामतः टिकट हात पार्न केन्द्रीय तहका नेताहरु बीचमै हानथाप हुने भएको छ ।           

एउटै क्षेत्रमा उम्मेदवारको दाबी गर्नेहरुको संख्या एक भन्दा बढी छ । कतिपय क्षेत्रमा एक भन्दा बढी केन्द्रीय तहका नेताले एउटै क्षेत्रमा दाबी गरेका छन् । एउटा क्षेत्रबाट अर्कोमा स्थानान्तरण गरेर प्रतिस्पर्धा गराउन सहज समेत यसपटक छैन । किनभने एउटा क्षेत्रबाट अर्कोमा सार्न खोज्दा त्यहाँ गठबन्धनलाई छुट्याइसकिएको क्षेत्र हुनसक्छ ।       

केन्द्रीय पदाधिकारीमा उपसभापति धनराज गुरुङलाई टिकटका लागि हम्मे पर्ने कांग्रेसका नेताहरु बताउँछन् । स्याङ्जा–१ मा उम्मेदवार बन्न उनले जिल्ला नेतृत्वलाई सहमतिमा ल्याउनैपर्ने चुनौती छ । जिल्ला सभापति राजु थापाको सहमति विना गुरुङलाई स्याङ्जा–१ मा सहज छैन । ‘जिल्लाको पार्टी संगठनको आधारमा राजु थापा स्याङ्जा १ मा निर्विकल्प जस्तै हो । राजुले छोडे मात्रै धनराज जीको सम्भावना रहन्छ,’ स्याङ्जाका कांग्रेस नेता भन्छन् ।           

उपसभापति गुरुङकै गृह क्षेत्र अर्का नेता गोपालमान श्रेष्ठको पनि हो । चुनाव जित्नका लागि श्रेष्ठको रोजाइ स्याङ्जा २ मा हुँदै आएको छ । स्याङ्जा २ बाट उनी गत निर्वाचनमा पराजित भएका थिए । जिल्ला तहका एक नेताका अनुसार गृह क्षेत्रमा गुरुङ वा श्रेष्ठ यसपटक उम्मेदवार बन्न पाउने सम्भावना कम छ। पदाधिकारी पनि भएको हुँदा श्रेष्ठको भन्दा गुरुङ उम्मेदवार हुन पाउने सम्भावना बढी स्वभाविक रहन्छ ।

विकल्पका रुपमा उपसभापति गुरुङलाई स्याङ्जा २ रोज्ने अवस्था छ । तर, उनलाई उम्मेदवार बन्न सहज भने छैन । प्रतिनिधि सभा सदस्य मोहन पाण्डे र प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ललाई पछि हटाउन सकेमात्रै गुरुङ उम्मेदवार हुने बाटो खुल्छ । स्याङ्जामा गठबन्धनका अन्य दल कमजोर रहेकाले दुबै क्षेत्रमा कांग्रेसका उम्मेदवार हुने सम्भावना बढी छ ।        पदाधिकारीमा रहेर टिकटका लागि कठिनाइ पर्ने अर्का व्यक्ति हुन् सहमहामन्त्री बद्री पाण्डे । बाजुरामा पाण्डेले टिकटका लागि मनाउनुपर्ने व्यक्ति कविराज पण्डित हुन् ।  पण्डित संस्थापन पक्षका जिल्ला नेता हुन् । पाण्डे र पण्डित पार्टी भित्र फरक–फरक समूहमा छन् । १३ औं अधिवेशनबाट जिल्ला सभापति चुनिएका पण्डित गत निर्वाचनमा एमालेका उम्मेदवार लालबहादुर थापासँग पराजित भएका थिए ।

बर्दिया–२ बाट टिकट पाउने सम्भावना कम रहेपछि सहमहामन्त्री किशोरसिंह राठोर बाँके–३ बाट उठ्ने तयारीमा छन् । बाँकेका जिल्ला तहका नेता अनुसार बाँके ३ मा राठोरले प्रतिस्पर्धा गर्ने निश्चित जस्तै हो ।       

बर्दियाका २ क्षेत्र मध्ये १ मा गत निर्वाचनमा कांग्रेस विजयी भएको थियो । बर्दिया–२ मा अघिल्लोपटक माओवादी केन्द्रले जितेकाले कांग्रेसको भागमा यो क्षेत्र पर्ने सम्भावना पनि कम छ । साथै, गत निर्वाचनमा पराजित गोपाल दहित कांग्रेसबाट यस क्षेत्रमा आकांक्षी हुन् ।

सहमहामन्त्री जीवन परियारले उम्मेदवारी सुरक्षित गर्न कास्की १ मा कसरत बढाउनुपर्ने भएको छ । गत निर्वाचनमा पराजित यज्ञबहादुर थापा र पूर्व सभामुख तारानाथ रानाभाट यस क्षेत्रमा कांग्रेसबाट आकांक्षी छन् । उम्मेदवारको आकांक्षी थापाले आफू र जीवन परियार बीचमा समस्या नआउने बताए ।               

नुवाकोटमा महत दाजुभाइमा को ?

नुवाकोटमा पनि केन्द्रीय नेताहरुबीच हानथाप हुने देखिएको छ । काठमाडौं ५ बाट गत निर्वाचनमा प्रतिस्पर्धा गरेका डा. प्रकाशशरण महत नुवाकोट १ मा उठ्ने इच्छा देखाएपछि उम्मेदवारका लागि पारिवारिक समस्या थपिने भएको छ ।        

गत निर्वाचनमा यस निर्वाचनमा डा. रामशरण महत पराजित भएका थिए । नुवाकोट १ मा उम्मेदवार हुनका लागि प्रकाशशरणले दाजु रामशरणलाई विश्वासमा लिनुपर्ने भएको छ । महत दाजुभाइलाई यस क्षेत्रमा अर्को समस्या माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा जित्नु पनि छ ।

अघिल्लो निर्वाचनमा माओवादीबाट हितबहादुर तामाङले जितेका थिए । अघिल्लोपटक जितेको आधारमा निर्वाचन क्षेत्र पाउने मोडालिटी तय भयो भने महत दाजुभाइले नै टिकट नपाउने अवस्था रहन्छ ।   

नुवाकोट २ मा उम्मेदवार हुन कांग्रेस नेता अर्जुनरसिंह केसीले कसरत बढाउनुपर्ने व्यक्ति भएका छन् बहादुर सिंह लामा । लामा सभापति शेरबहादुर देउवा निकट हुन् । देउवाले उनी पक्षीय लामालाई अघि सारे भने केसीलाई अप्ठ्यारो पर्नेछ ।

मोरङमा आकांक्षी नेताको लर्को

गत निर्वाचनमा डा। मिनेन्द्र रिजालले मोरङ २ जितेका थिए । उनी यस क्षेत्रको स्वाभाविक हकदार भएपनि यहाँ केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि दाबी गरेकी छन् । समानुपातिक सांसद कोइरालाले मोरङ २ बाट आफू उठ्ने चाहना यसअघि नै विराटनगर पुगेर व्यक्त गरिसकेकी छन् ।

मोरङको राजनीतिमा क्षेत्र नम्बर ४ यसपटक सर्वाधिक चर्चामा छ । तीन केन्द्रीय नेताले यस क्षेत्रमा दाबी गरेकाले मोरङ ४ को चर्चा चुलिएको हो । अघिल्लोपटक पराजित महेश आचार्य, प्रदेश १ को कांग्रेस सभापतिमा पराजित गुरुराज घिमिरे र केन्द्रीय सदस्य भीम पराजुलीको यस क्षेत्रमा दाबी छ । यस क्षेत्रमा उम्मेदवार बन्नका एकले अरु दुई जनालाई सहमतिमा ल्याउनुपर्ने हुन्छ ।     

मोरङ ६ नेता शेखर कोइराला गत निर्वाचनमा पराजित भएको क्षेत्र हो । यस क्षेत्रमा उनी उम्मेदवार हुने निश्चित जस्तै भएपनि आकांक्षा राख्नेमा केन्द्रीय तहका दुई नेता छन् । केन्द्रीय सदस्य डिला संग्रौला र रमेशजंग रायमाझी यस क्षेत्रमा आकांक्षी छन् ।

पौडेललाई तनहुँ १ मा कष्ट

कांग्रेसका करिब आधा दर्जन नेता भएको तनहुँ–१ मा उम्मेदवार बन्न कडा परिश्रम गनुपर्ने छ । तनहुँमा रामचन्द्र पौडेल, प्रदीप पौडेल, गोविन्द भट्टराई, शंकर भण्डारी, ध्रुव वाग्ले लगायतका केन्द्रीय नेता छन् ।

पौडेलको लागि पार्टीबाट टिकट पाउन सहज छ। तर, तनहुँ–१ अघिल्लोपटक गठबन्धनका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ (किसान)ले जितेको क्षेत्र हो । श्रेष्ठ हाल एकीकृत समाजवादीमा छन्। २०७४ सालमा जितेको आधार देखाएर क्षेत्र बाँडफाँट भए यहाँ एकीकृत समाजवादीले उम्मेदवार बनाउने छ ।             

तनहुँ १ मा पौडेल र गोविन्दराज जोशीबीच द्वन्द्व छ । त्यसैले यहाँ तेस्रो पात्रलाई अघि सार्नु पर्ने मत पनि छ । तेस्रो पात्रको रुपमा गोविन्द भट्टराईको चर्चा छ । जोशी पक्षको मतसमेत तान्न सक्ने पात्र गोविन्द भट्टराई नै हुनसक्ने तनहुँका एक जना नेताले बताए । ती नेता भन्छन्, ‘राजनीतिमा विवादमा नपरेको र जोशी तिरको मत पनि तान्न सक्ने भएकाले गोविन्द भट्टराई उपयुक्त हुन सक्छन् ।’

तनहुँ २ मा प्रदीप पौडेल र शंकर भण्डारीले उम्मेदवार हुन कसरत गर्नुपर्ने भएको छ । मुख्यमन्त्री हुने आधार पार्टीले देखाएको अवस्थामा भण्डारी प्रदेश सभामा उठ्नसक्ने जिल्ला तहका नेताको बुझाइ छ । उनी गत निर्वाचनमा यहाँ पराजित भएका थिए ।    २०७४ मा प्रदेश सभा सदस्य उम्मेदवार बनेका प्रदीप पौडेलले पनि पराजय भोगेका थिए । ‘आफ्नो समूहबाट महामन्त्रीको उम्मेदवार स्विकारेपछि शंकरले प्रदीपलाई नेता मान्नुपर्ने हो। उम्मेदवारको बढी हकदार प्रदीप हुनुपर्छ,’ तनहुँका एक नेता भन्छन् ।    

चितवनमा स्वर्णिम र उमेशको चर्चा

कांग्रेसको राजनीतिमा चितवन सधैं चर्चाको केन्द्रमा रहन्छ । चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उठ्ने घोषणा गरिसकेकाले कांग्रेसका नेताहरुको दाबी फितलो बनेको छ । चितवन २ मा जिल्ला केन्द्रीयदेखि जिल्ला तहका नेताले दाबी गरेका छन् । 

यस क्षेत्रमा राज्यमन्त्री उमेश श्रेष्ठको नाम अहिले चर्चामा आएको छ । उनीसँगै जिल्ला सभापति राजेश्वर खनाल र पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ यहाँ आकांक्षी छन् । ‘उमेश जीले जिल्ला आएर आफू निकटकालाई भेला गरेर म उठ्ने हो भन्दै छलफल गरिरहेका छन्,’ कांग्रेसका चितवनका नेता भन्छन्, ‘उनी नजिक हुनेहरुलाई तयारी गर है भनिरहेको पनि देखिन्छ। देउवाका मान्छे उठ्छु भने अरुले उम्मेदवार हुन नपाउने हुन् कि ।’          

चितवन १ मा प्रतिस्पर्धा गर्ने गरि मुख खोलेका नेता भने हालसम्म छैनन् । जिल्ला तहका नेताहरुका अनुसार अर्थविद् डा। स्वर्णिम वाग्लेको नाम बढी चर्चामा छ । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा। तीर्थ खनियाँले पनि यस क्षेत्रमा रुचि देखाएका छन् । उनले प्राज्ञिक क्षेत्रका व्यक्तिहरुलाई फोन गरेर आफ्नो इच्छा देखाएका छन् । ‘चितवन १ मा चर्चामा नाम स्वर्णिम वाग्लेको छ । उम्मेदवार हुने इच्छा तीर्थ खनियाको पनि छ,’ चितवन कांग्रेसका एक नेता भन्छन्, ‘उठिरहने र हार्दै आउनुभएका राजेन्द्र बुर्लाकोटीको अलि–अलि नाम आएको छ ।’         

जीतजंग नछोड्ने पक्षमा

ललितपुर–३ मा कांग्रेसका दुई केन्द्रीय सदस्य मदन अमात्य र जीतजंग बस्नेतबीच नै प्रतिस्पर्धा छ । उनीहरु एकअर्कालाई नस्वीकार्ने पक्षमा छन् । यस क्षेत्रबाट अघिल्लो चुनावमा माओवादी केन्द्रकी पम्फा भुसालले जितेकी थिइन् । ‘ललितपुर–३ मा यसपटक उठ्ने म नै हो, अरुलाई छोड्दिनँ,’ बस्नेतले अनलाइनखबरसँग भने, ‘मैले निर्वाचन तयारी सुरु गरिसकेको छु ।’          

अमात्य गत निर्वाचनमा पराजित भएका थिए । अमात्य र बस्नेत दुबै जना संस्थापन समूहका केन्द्रीय सदस्य हुन् । कांग्रेस स्रोतका अनुसार बस्नेतलाई ललितपुर–३ मा उम्मेदवारको तयारी गर्न सभापति देउवाले निर्देशन दिइसकेका छन् ।अनलाइनखबरबाट।                      


प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १०:१४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP