नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • फोहोरबाट सिलिन्डरमै बायोग्यास
फोहोरबाट सिलिन्डरमै बायोग्यास
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक ४, २०७६ बागेश्वरी पोस्ट
फोहोरबाट सिलिन्डरमै बायोग्यास

पोखरा । कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन थालिएको छ । पोखरा महानगरपालिकाको मझुवामा साढे दुई वर्ष लगाएर बायोग्यास प्लान्ट निर्माण गरिएको हो ।

उत्पादित ग्यासलाई सिलिन्डरमै भरेर पोखराका उद्योग रेस्टुराँमा आपूर्ति गर्न थालेको गण्डकी ऊर्जा प्रालिले जानकारी दिएको छ । दैनिक ४५ टन फोहोर खपत क्षमताको उक्त प्लान्टबाट दैनिक दुई सय सिलिन्डर ग्यास उत्पादन गर्न सकिन्छ तर अहिले १८ टन फोहोर खपत गरेर दैनिक ४० सिलिन्डर ग्यास मात्र उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।

गण्डकी ऊर्जा प्रालिका सञ्चालक कुशल गुरुङका अनुसार ४० हजार घनमिटर क्षमताको प्लान्टबाट निस्कने लेदोलाई प्रशोधन गरेर प्राङ्गारिक मलसमेत उत्पादन थालिएको छ । प्लान्टमा अहिले गाईवस्तुको गोबर, कुखुराको सुली, बँगुरको लिदी, उखुको छोक्रा, बियर कारखानाबाट निस्कने फोहोर प्रयोग गरिएको छ ।

“हामीले सहरमा उत्पादन हुने सड्ने फोहोरलाई पनि उपयोग गर्ने योजना छ,” गुरुङले थप्नुभयो, “फेवाको जलकुम्भीदेखि तरकारी बजार र घरायसी फोहोरसमेत यहाँ प्रयोग गरेर वातावरणीय स्वच्छतासमेत कायम गर्न लागेका छौँ ।” प्लान्टबाट अहिले दैनिक पाँच टन प्राङ्गारिक मलसमेत उत्पादन हुन थालेको छ ।

“अहिले मलको गुणस्तर परीक्षणको काम भइरहेको छ,” उहाँले थप्नुभयो, “परीक्षणपछि व्यावसायिक बिक्रीवितरणमा लग्दैछौँ ।” दैनिक १५ टनसम्म मल उत्पादन गर्ने प्लान्टबाट अहिले दैनिक पाँच टन मल उत्पादन भइरहेको छ । पोखरा महानगरमै उत्पादित फोहोर प्रयोगका लागि पनि महानगर र प्रालिबीच छलफल चलिरहेको गुरुङले जानकारी दिनुभयो ।

फोहोर सङ्कलनका क्रममै कुहिने फोहोर छुट्टै सङ्कलन गर्नुपर्ने हुन्छ भने त्यस्तो फोहोरलाई काटेर मिहिन बनाउन प्रविधि जडान गरिएको छ । यसका लागि प्रदेश कृषि मन्त्रालयले प्रविधि जडानमा आर्थिक सहयोग उपलब्ध गराएको छ । पोखराको मणिपाल शिक्षण अस्पताल, फिस्टेल अस्पतालको चमेना गृह, एसआरकेसी क्याटरिङ, चाउमिन उद्योगमा उक्त ग्यास प्रयोग हुन थालेको छ ।

तापशक्ति बढी हुने उक्त ग्यास एलपी ग्यासभन्दा आगलागीका दृष्टिले केही कम जोखिम हुने गुरुङको दाबी छ । सिलिन्डरहरू भने केही ठूला छन् । कुल ७५ किलो तौलको खाली सिलिन्डरमा ११.६ केजी ग्यास भरिन्छ । प्लान्टबाट उत्पादित ग्यासमा ९० प्रतिशत मिथेन ग्यास हुन्छ । दस सिलिन्डर एलपी ग्यासले दिने क्षमता बराबर छ सिलिन्डर बायोग्यासको हुने दाबी गुरुङको छ ।

कम्पनीले पाइपमार्पmत नै घरघरमै बायोग्यास पु¥याउनेबारे अध्ययन पनि गरिरहेको उद्यमी गुरुङको भनाइ छ । प्राविधिक रूपमा यो सम्भाव्य देखिन्छ । जमिनमा पाइप बिछ्याउने अनुमतिलगायत अन्य कानुनी जटिलता छन् । त्यसबारेमा हामी स्थानीय सरकारसँग छलफल गर्दैछौँ, उहाँले भन्नुभयो ।

कुल ४० रोपनी क्षेत्रफलमा फैलिएको उक्त प्लान्ट निर्माणका लागि करिब २५ करोड रुपियाँ लगानी गरिएको गुरुङले जानकारी दिनुभयो । यसमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अनुदानसमेत उपलब्ध गराएका छन् । उद्योगले प्रतिकेजी ग्यासको मूल्य सय रुपियाँ निर्धारण गरेको जानकारी दिएको छ ।


प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  ०८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP