prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बाँके २ (ख) मा दोहोरिन चाहन्छन् सुरेन्द्र, चुनौती दिँदैछिन् उमा
बाँके २ (ख) मा दोहोरिन चाहन्छन् सुरेन्द्र, चुनौती दिँदैछिन् उमा
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, भदौ १६, २०७९ बागेश्वरी पोस्ट
बाँके २ (ख) मा दोहोरिन चाहन्छन् सुरेन्द्र, चुनौती दिँदैछिन् उमा

नेपालगञ्ज । बाँके क्षेत्र नम्बर २ सुशील कोइरालाले चुनाव लड्ने गरेको क्षेत्र हो । नेपालगञ्जको बजार क्षेत्र समेत समेटिएको यो निर्वाचन क्षेत्रमा यहाँका मतदाताले प्रत्यक्षतर्फ रुखमा मतदान गर्न नपाएको २०७४ देखि हो । २०४८, २०५६ र २०७० गरी तीन पटक चुनाव जितेका कोइराला पार्टीको सभापति बने । २०७० को चुनाव जितेर प्रधानमन्त्री पनि भए ।

nepalgunj 081-082

२०७४ मा कोइरालाको विरासत जोडिएको यो क्षेत्रमा आम कार्यकर्ताको मनोभावना विपरीत पार्टीले राप्रपाका औसत उम्मेदवारलाई समर्थन गर्यो । मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा यसपटक पनि कांग्रेसले यो क्षेत्र गठबन्धनका नाममा जसपालाई सुम्पिनुपर्ने बाध्यता छ । जसपाका प्रभावशाली नेता एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो.इस्तियाक राईले २०७४ मा चुनाव जितेको यो क्षेत्रमा उनी फेरि निरन्तरता चाहन्छन् ।

यस्तोमा अब कांग्रेस नेताहरुको ध्यान प्रदेशतिर नै गएको देखिन्छ । सुशील कोइरालाको कोर राजनीतिक एरिया नेपालगञ्ज बजार क्षेत्र समेटिएको प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा धेरै नेताहरुको नजर छ । पार्टीको परिपत्र अनुसार क्षेत्र नम्बर २ (ख) कार्यसमितिले पनि १३ गते इच्छुक उम्मेदवारहरुसंग निवेदन माग्यो । प्रत्यक्षतर्फ ७ जना र समानुपातिकमा ४३ जनाले निवदेन पेश गरे । प्रदेश क्षेत्र कार्यसमितिले १५ गते इच्छुक व्यक्तिहरु मध्येबाट प्रत्यक्षतर्फ सातै जना र समानुपातिकमा भने २५ जनाको नाम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई बुझायो ।

प्रत्यक्षतर्फ चुनाव लड्न २०७४ मा यही क्षेत्रबाट चुनाव जितेर अहिले मन्त्री समेत रहेका सुरेन्द्र बहादुर हमालले फेरि दोहोरिने मनसायसहित इच्छा व्यक्त गरेका छन् । उनको नाम प्रदेश क्षेत्र कार्यसमितिले पहिलो नम्बरमै सिफारिस गरेको छ । पार्टीभित्र संस्थापन समूहका हमाल जिल्लाको आन्तरिक राजनीतिमा भने संस्थापन समूहकै प्रतिष्पर्धीकै रुपमा उभिँदै आएका छन् । पार्टी सभापतिमा संस्थापनकै बादशाह कुर्मीलाई बलियो चुनौती दिएका हमालले दोस्रो चरणको चुनावमा संस्थापन इतरका वर्तमान सभापति नारायणप्रसाद गौडेललाई समर्थन गरेर सबैलाई चकित बनाइदिएका थिए । उनी अहिले पनि संस्थापन समूहबाट टिकट पाउनेमा ढुक्क देखिन्छन् । तर, टिकट पाएपनि संस्थापन समूहकै असहयोग हुने भय उनमा छ । यद्यपी उनी चुनाव लड्न दृढ देखिन्छन् ।

तर, पार्टीभित्र उनलाई टिकटका लागि चुनौती दिन युवा नेतृ उमा थापा मगर सशक्त ढंगले लागेकी छिन् । डा.शेखर कोइराला समूहकी थापा मगर सुशील कोइरालाको क्षेत्रमा आफ्नो उम्मेदवारी जरुरी रहेको तर्क गर्छिन् । नेपालगञ्ज उपमहानगरपालिकाकी निवर्तमान उपमेयर उनी युवा पुस्तामा आशा र भरोसा जागृत गर्न प्रत्यक्षतर्फ लड्न अघि बढेको बताउँछिन् । संस्थापनबाट हमालको विकल्पमा यसअघि प्रदेश २ (क) बाट लडेका महासमिति सदस्य निरन्जनसिंह सिजापति, युवा नेता सुदिपनरसिंह राणा लगायतका नेता कम्मर कसेर लागेपनि संस्थापन इतरमा उमा एक्लो दाबेदार जस्तै छिन् । पार्टी भित्रको सन्तुलन मिलाउन संस्थापनलाई यो क्षेत्र भाग परे हमालको सम्भावना बलियो रहेको बताइन्छ भने संस्थापन इतरले यो क्षेत्र पाए उमा निर्विकल्प रहेको  विश्लेषण गरिएको छ । 

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नम्बर २ (ख) बाँकेले प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ २५ जनाको नाम सिफारिस गरेको छ । । मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश क्षेत्र कार्यसमितिले आज प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई प्रत्यक्षतर्फ र समानुपातिकतर्फको नाम सिफारिस गरेको हो ।

प्रदेश सभापति जितेन्द्र बहादुर हमालका अनुसार प्रत्यक्षतर्फ यही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद एवम् लुम्बिनी सरकारका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल, निरन्जन सिंह सिजापति, सुदिपनरसिंह राणा, उमा थापा मगर, सुदिप भट्ट, गोकर्णबहादुर शाही र सञ्जीव कुमार थानीको नाम सिफारिस गरिएको छ ।

यस्तै समानुपातिक खुलातर्फ प्रमोद बहादुर श्रेष्ठ, भारती जोशी, माया पुन र सुरेश कुमार श्रेष्ठ, महिलातर्फ नारायणी रुपाखेती, सुलोचना शर्मा, सीतादेवी काफ्ले र ऋचा द्विवेदी सिफारिसमा परेका छन् । मधेशीतर्फ कपिल पाठक, रामकुमार बैश्य र कुन्तलराज शर्मा, मुस्लिमतर्फ निजामुद्दिन अन्सारी, बदरुद्दिन अन्सारी, फैयाज अली अन्सारी र जलिल अहमद ढपाली, दलिततर्फ जंगबीर नेपालीलाई सिफारिस गरिएको छ ।

यस्तै आदिवासी जनजातीतर्फ प्रदिप कुमार श्रेष्ठ, राजु थापा, रोशनकुमार श्रेष्ठ र अनिलकुमार श्रेष्ठ तथा अपांग अल्पसंख्यकतर्फ अमृतकुमार आचार्य, देवेन्द्रपाल सिंह, अतुल कुमार हलवाई, सुशिला बादी नेपाली र बालकृष्णा सुवेदीलाई सिफारिस गरिएको हमालले जानकारी दिए ।

उम्मेदवार हुन चाहने व्यक्तिहरुबाट लिइएको निवेदनका आधारमा प्रदेश क्षेत्र कार्यसमितिले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नाम सिफारिस गरेको हो । अब क्षेत्रीय कार्यसमितिले रायसहित जिल्लामा र जिल्लाले प्रदेश तथा प्रदेशले केन्द्रलाई नाम सिफारिस गर्नेछन् ।  


प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ०९:०४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP