नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • दोलखामा आज मतदान : बाजुरामा मतगणनाको तयारी, स्याङ्जामा जारी
दोलखामा आज मतदान : बाजुरामा मतगणनाको तयारी, स्याङ्जामा जारी
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १५, २०७९ बागेश्वरी पोस्ट
दोलखामा आज मतदान : बाजुरामा मतगणनाको तयारी, स्याङ्जामा जारी

नेपालगञ्ज । दोलखामा आज पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले आज पुनः मतदान गराउने निर्णय गरेको थियो । दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो । विवादका कारण रोकिएको १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ ।

वैतेश्वर गाउँपालिका वडा नं. ६ को वैतेश्वर माध्यमिक विद्यालय, वैतेश्वर गाउँपालिका वडा नं. २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्र र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र गरी ७ वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वच्छ, निष्पक्ष हुन नसकेको आयोगले ठहर गरेको छ ।

ती केन्द्रमा मंसिर ४ मा भएको मतदान रद्द गरिएको छ । आजको मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान केन्द्रमा कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृह मन्त्रालयमार्फत् जिल्ला प्रहरी कार्यालय दोलखालाई निर्देशन दिइएको छ । 

यसैबीच, बाजुरामा आज बिहानदेखि मतगणना सुरु गर्ने तयारी छ । हिजो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि आज बिहान ७ बजे पुन बैठक बस्ने र गणना थाल्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी  दिए ।

बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एक–अर्कालाई आरोप लगाएका कारण मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगले हिजो मतगणना सुरु गर्न निर्देशन दिएको थियो । मतगणना रोकिएको स्याङ्जामा गएरातिदेखि गणना सुरु भएको छ । मंसिर ४ गते भएको चुनावमा विवादपछि स्याङ्जा–२, बाजुरा र दोलखामा गणना रोकिएको थियो । 


प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०८:१६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP