prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरको जागरण पुनःस्थापना केन्द्रमा युवकको मृत्यु, हत्या गरिएको परिवारको दाबी
कोहलपुरको जागरण पुनःस्थापना केन्द्रमा युवकको मृत्यु, हत्या गरिएको परिवारको दाबी
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ २६, २०७८ बागेश्वरी पोस्ट
कोहलपुरको जागरण पुनःस्थापना केन्द्रमा युवकको मृत्यु, हत्या गरिएको परिवारको दाबी

कोहलपुर(बाँके) । कोहलपुरको जागरण पुनःस्थापना केन्द्रमा २१ बर्षका एक युवकको मृत्यु भएपछि मृतकका परिवारले मृत्युलाई 'हत्या' भएको दाबी गरेका छन् ।

paribartan 1

दाङको तुलसीपुर बेलुवा घर भई हाल कोहलपुरमा बस्दै आएका कुले ओलीका छोरा टोपबहादुर ओलीको ३ दिन अघि मृत्यु भयो । गत साउन ५ गते छोरालाई पुनःस्थापना केन्द्रमा राखिएको बताउँदै ओलीले भने-'म त सोलुखुम्बुतिर बस्छु, तीन दिन अघि विहान ८ बजेतिर उसकी आमालाई फोन आयो, तपाईंको छोरा विरामी छन्, हामीले नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याएका छौं भनेछन्, त्यसपछि फेरि ५ मिनेटमै अर्को फोन गरेर तपाईंको छोराको मृत्यु भयो भनियो, केही नभएको मान्छेको एक्कासी कसरी मृत्यु भयो', उनले भने-'मेरो एक मात्र छोरो थियो, कुलतमा लागेपछि उसकी आमाले त्यहाँ लगेर राखिदिइन्, अहिले छोराको मृत्यु भयो, हामीले छोरालाई त्यहाँ मार्न पठाएका त होइनौं नि ?'

उनले छोराको शरीरभरि निलडाम भएको बताएका छन् । 'घाँटीदेखि पैतलासम्म चोटै चोट र दाग छ, पैतलामा रगत जमेर निलो भएको छ, कोर्रा र चिर्पटले हानेका धब्बा छन्, अण्डकोष फुटेको छ', मृतकका बुवाले भने । छोराको हत्या गरेर अपराध लुकाउन पुनःस्थापना केन्द्रका सञ्चालकहरुले अनेक प्रपञ्च गरेको आरोप उनको छ । घटनाको सत्यतथ्य छानविन गरेर दोषीलाई कारवाही नहुँदासम्म छोराका लाश नबुझ्ने उनले बताए । घटना जेठ २४ गतेको हो । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले बयान र प्रमाण जुटाएर घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको बताए । खनालले उनी बसेको कोठा, उनका साथी, उनीसंग बस्ने पार्टनर, उनको दायाँ बायाँ कोठमा बस्नेहरु तथा पुनःस्थापना केन्द्रका सञ्चालक र कर्मचारीहरुसंग पनि घटनाबारे बुझिरहेको बताए । उनले भेरी अस्पतालमा डाक्टरहरुको एक समूहले लाशको पोष्टमार्टम गरिसकेको जानकारी आएपनि रिपोर्ट आफू कहाँ नआएकाले यसबारे थप भन्न नसकिने बताए । 

'रिपार्ट पाएपछि शंका गर्ने नगर्ने ठाउँ के कस्तो हुन्छ, त्यही अनुसार घटनालाई हेर्छौं', उनले भने । जागरण पुनःस्थापना केन्द्रले भने उनी एकाएक बेहोस भएपछि घरमा जानकारी गराएको, अभिभावकीय भूमिका निभाउँदै उपचारमा लगेर पनि बचाउन नसकेको बयान दिएको डिएसपी खनालले जानकारी दिए ।  उनीहरुले प्रहरी समक्ष टोपबहादुर बेहोस भएपछि शुरुमा कोहलपुर मेडिकल कलेज लगेको तर नन कोभिड विरामीलाई त्यहाँ भर्ना नगरेपछि भेरी अस्पताल ल्याएपनि बचाउन नसकेको बताएका छन् । 

'सानोमा इन्सेफ्लाइटिस भएकाले मेरो छोरोको हात र खुट्टाको एक साइड अपांग थियो, उ शारिरीक रुपमा केही कमजोर नै थियो तर कुलतमा लागेपछि सुध्रिएला भनेर त्यहाँ पठाएको उनीहरुले उल्टै मारे', उनले आक्रोश पोखे । चरम शारीरिक यातना दिएर आफ्नो छोराको हत्या गरिएको उनको जिकिर छ ।  मृतकका बुवाले छोरालाई छारे रोगको सामान्य समस्या भएको बताएका छन् । तर, छोरो बेहोस भएर मरेको नभई शरीरमा चोटको प्रकृति र उनीहरुको व्यवहार देख्दा हत्या नै गरिएको उनको दाबी छ ।


प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालश्रमिक राख्नेमाथि नेपालगञ्ज उपमहानगरको निगरानी, एकै दिन तीन बालश्रमिक भेटिए
बालश्रमिक राख्नेमाथि नेपालगञ्ज उपमहानगरको निगरानी, एकै दिन तीन बालश्रमिक भेटिए
बैजनाथमा कृषि आधुनिकीकरणमा ६ करोड लगानी, ११ किसानलाई ई–लोडिङ रिक्सा वितरण
बैजनाथमा कृषि आधुनिकीकरणमा ६ करोड लगानी, ११ किसानलाई ई–लोडिङ रिक्सा वितरण
प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम
प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP