Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज १६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • ‘बादल’ पराजित भएपछि एमालेको विवाद उत्कर्षमा
‘बादल’ पराजित भएपछि एमालेको विवाद उत्कर्षमा
छापाबाट
शुक्रबार, जेठ ७, २०७८ छापाबाट
‘बादल’ पराजित भएपछि एमालेको विवाद उत्कर्षमा

नेपालगन्ज । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ। उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए। थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ।

Prabhat+2

एमाले विवाद समाधान कार्यदलको मंगलबार बसेको पहिलो बैठकले पार्टीभित्र असहयोग, अविश्वास र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई आग्रह गरेको थियो। तर बिहीबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा कार्यदलको आग्रहविपरीत काम भएको भन्दै ओली पक्षका नेताले यसमा नेपाल समूह दोषी भएको बताएका छन्। यसबाट आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। कार्यदलको अर्को बैठक शुक्रबार बस्ने भनिएको छ। कार्यदलले बुधबार र बिहीबार पनि बैठक बस्ने भने पनि त्यस्तो हुन सकेन।

नेपाल पक्षले २०७५ जेठ २ को विन्दुबाट पार्टी संगठन अघि बढाउने सहमति भएको र त्यतिबेलाको कार्यसमितिले नचिनेका थापालाई उम्मेदवार बनाउने विषय नै गलत भएको बताएको छ। ‘हामीले सुरुदेखि नै पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट अघि बढाउने र त्यही सेरोफेरोमा रहेर विवाद समाधान गर्ने भनेका छौं। त्यसकारण एमालेको कार्य समितिले रामबहादुर थापालाई चिन्दैन’, नेपाल निकट एक नेताले भने।

कार्यदलका केही सदस्य राष्ट्रिय सभा सदस्य उपनिर्वाचन र नतिजाले पार्टी एकतामा कुनै फरक नपर्ने बताउछन्। तर ओली पक्षका केही नेताले कार्यदलको औचित्य सकिएको, नेपाल समूहले पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी हराएको र यो क्षम्य हुने विषय नभएको बताएका छन्।

पार्टी महासचिव ईश्वर पोखरेलले अन्तर्घात क्षम्य नहुने बताएका छन्। ‘एकातिर कार्यदल बनाएर कुनै अन्तरविरोध नबढाउने र आचारसंहितामा ध्यान दिने भनिएको छ। अर्कोतिर खुलेआम विपक्षीहरूसँग मिलेर पार्टीको एउटा पक्षले आधिकारिक उम्मेदवारको विपक्षमा गतिविधि गरेको छ, पार्टीभित्र यस्तो अराजक गतिविधि सह्य हुँदैन। यो अत्यन्तै गम्भीर र भत्र्सनायोग्य छ’, उनले भनेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८, ०७:२६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP