Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत १७, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • स्ववियु सभापति पदकी उम्मेदवार टिका शाही को हुन् ?
स्ववियु सभापति पदकी उम्मेदवार टिका शाही को हुन् ?
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ३०, २०७९ बागेश्वरी पोस्ट
स्ववियु सभापति पदकी उम्मेदवार टिका शाही को हुन् ?

नेपालगन्ज । विश्वमा भएका सम्पूर्ण परिवर्तनको अगुवाई कुनै न कुनै रुपमा महिलाहरुले गरेका छन् । नेपालमा भएका राजनैतिक, सामाजिक र आर्थिक परिवर्तनमा महिलाहरुको महत्वपूर्ण योगदान रहेको छ । लोककल्याणकारी राज्य व्यवस्थामा महिलाहरु शासकीयरुपमा प्रमुख पदमा आफूलाई स्थापित गरिरहेको अवस्था छ । राष्ट्रपतिदेखि, सभामुख, प्रधान न्यायाधीश, संवैधानिक निकायका प्रमुखका रुपमा महिलाहरु आफ्नो क्षमता प्रस्तुत गरिरहेकी छन् । इतिहास निर्माण गर्नेहरुलाई भावी पुस्ताले आफ्नो आदर्शका रुपमा लिने गर्दछन् ।  

बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा चैत्र ३ गते हुन गइरहेको निर्वाचनका लागि क्याम्पसको इतिहासमा पहिलोपटक महिलाले सभापति पदमा प्रतिस्पर्धा गर्दैछिन् टिका शाहीले  । नेपालको कर्णाली प्रदेशको जल, जमिन र जंगलले भरिपूर्ण दैलेख जिल्लाको चामुण्डा बिन्द्रसैनी नगरपालिका वडा नं. २ मा बुवा महारुप शाही र आमा नामदेवी शाहीको कोखबाट जन्मलिएकी हुन् टिका शाही । शाहीका तीन जना दाई र पाँच जना दिदीबिहिनी रहेकोमा उनी माइली हुन् । शाही एक समान्य परिवारमा जन्मेहुर्केकी छोरी हुन् । उनका बुवा कृषि पेशामा आवद्ध छन् । 
शाहीको शिक्षा
स्ववियु सभापति पदकी उम्मेदवार शाहीले आफ्नो अध्ययन कक्षा १ देखि ३ सम्म श्री भैरब निम्न माध्यामिक विद्यालय हाडाकोट तोल्पा दैलेख, कक्षा ४ देखि ८ सम्म अध्ययन श्री भैरब निम्न माध्यायिक विद्यालय  बास्ठाना दैलेख, कक्षा ९ देखि १२ सम्म श्री चामुण्डा उच्च माध्यामिक विद्यालय हाडाकोट दैलेखबाट अध्ययन पूरा गरेकी हुन् । शाही हाल बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा स्नातक सातौं सेमेष्टरमा शिक्षाशास्त्र संकायमा अध्ययन गरिरहेकी छिन् । 

राजनीतिक यात्रा
शाहीले आफ्नो राजनीतिक यात्रा विद्यालय तहबाटै सुरु गरेपनि सक्रिय विद्यार्थी राजनीति भने नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको कक्षा कमिटीको उपाध्यक्षबाट गरेकी हुन् । २०७५ सालमा नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई कार्यसमितिको  सम्मेलनबाट सदस्य पदमा निर्वाचित भएकी थिइन् । नेविसंघको सदस्य हुँदै उनले विद्यार्थीहरुका हक र अधिकारीका निम्ति निरन्तर रुपमा संघर्ष गरिरहेकी लोकप्रिय विद्यार्थी नेताका रुपमा स्थापित भएकी छिन् ।  यसका साथै उनी सामाजिक संस्थाहरुमा आवद्ध समेत रहेकी छिन् । शाही हाल कोहलपुर जेसिजको कार्यकारी उपाध्यक्षको भूमिकामा छिन् । कोहलपुर जेसिजका माध्यमबाट उनले सामाजिक रुपान्तरणका कार्यहरु गरिरहेकी छिन् । कोरोना महामारीको बेला उनले विद्यार्थीहरुले भोग्दै आएका समस्यालाई कोहलपुर जेसिजको माध्यमबाट सहयोग गरेकी थिइन् । 

अबको लक्ष्य 
चैत्र ३ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियानको निर्वाचनमा नेपाल विद्यार्थीको संघको तर्फबाट सभापति पदको उम्मेदवारका रुपमा टिका शाहीलाई अगाडि सारिएको छ । विगतदेखि विद्यार्थीहरुका बीचमा लोकप्रिय बन्दै आएकी शाही यसपटक बागेश्वरी क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित हुने निश्चित जस्तै देखिएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु अधिकांश महिलाहरु अध्ययन गरिरहेको र विद्यार्थीहरुको बीच चिरपरिचित भएकाले शाहीको बिजय निश्चित जस्तै भएको हो । शाहीले क्याम्पसमा छात्राले भोग्दै आएका समस्या, छात्रवृत्ति, ई–पुस्ताकायल, प्रविधिमैत्री शिक्षा, खेलमैदान निर्माण, विज्ञान विषयसँगै प्रयोगशाला निर्माण र गुणस्तरीय शिक्षा प्रमुख लक्ष्य रहेको बताएकी छिन् । साथै उनले क्याम्पसलाई शैक्षिक हबका रुपमा विकास गर्नका लागि स्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकार र क्याम्पस प्रशासनसँग सहकार्य गरी काम गर्ने प्रतिवद्धता जनाएकी छिन् ।


प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९, २२:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् कांग्रेसका आठ मन्त्री, लुम्बिनीले पाएन मन्त्री
यी हुन् कांग्रेसका आठ मन्त्री, लुम्बिनीले पाएन मन्त्री
कांग्रेस बाँकेले १८ गते जिल्ला सम्मेलन गर्दै, गगन थापा आउने
कांग्रेस बाँकेले १८ गते जिल्ला सम्मेलन गर्दै, गगन थापा आउने
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु नियुक्त
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु नियुक्त
कांग्रेसले पायो अर्थ, सामान्य प्रशासनसहित यी मन्त्रालय
कांग्रेसले पायो अर्थ, सामान्य प्रशासनसहित यी मन्त्रालय
rapti 1
narainapur 102
rapti-2
निर्वाचन-२०७९
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP