नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेमा कांग्रेसको 'विशेष आन्तरिक अभियान' समापन
बाँकेमा कांग्रेसको 'विशेष आन्तरिक अभियान' समापन
बागेश्वरी पोस्ट
मंगलबार, साउन ३०, २०८० बागेश्वरी पोस्ट
बाँकेमा कांग्रेसको 'विशेष आन्तरिक अभियान' समापन

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले अहिले गुट बनाउने बेला नभई संगठन बनाउने बेला भएको बताएका छन् । 

नेपाली कांग्रेस बाँकेले केन्द्रीय सर्कुलर अनुसार साउन २० गतेदेखि सुरु गरेको 'विशेष आन्तरिक अभियान' को आज नेपालगन्जमा समापन गर्दै गिरीले पार्टीको आन्तरिक प्रतिष्पर्धामा गुट बनाए पनि अहिले संगठन बनाउने बेला भएको बताए । २०८४ मा कांग्रेसलाई बलियो तागतका रुपमा स्थापित गर्न संगठन निर्माणमा जुट्नुपर्ने गिरीको भनाई छ । 

"अहिले गुट-उपगुट विर्सनुस्, यो संगठन गर्ने बेला हो, गुट बनाउने बेला होइन," गिरीले भने-"आवश्यक भयो भने गुट १५औं महाधिवेशनमा बनाउँला, यो त संगठन गर्ने समय हो ।" पार्टीमा अनुशासन जरुरी रहेको आवश्यकता औंल्याउँदै गिरीले अनुशासन भएन भने संगठन जति बलियो भएपनि अर्थ नरहने उल्लेख गरे । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेका राम्रा कामहरु समेत जनतामाझ भन्न नसकिरहेको भन्दै उनले जनसरोकारका मुद्दा सम्बोधनमा गम्भीर बन्न आग्रह गरे ।  गिरी केन्द्रबाट बाँकेका लागि केन्द्रीय प्रतिनिधि खटिएका थिए ।

अर्का केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीबाट टिकट लिएर निर्वाचित भएका जनप्रतिनिधिले समेत पार्टीका नेता कार्यकर्तालाई नटेर्ने गरेको भन्दै पार्टीप्रति उत्तरदायी बन्न आग्रह गरे । पार्टी सभापति नारायणप्रसाद गौडेलले नेता कार्यकर्तालाई आसन र भाषण भन्दा पनि कर्ममा ध्यान दिन आग्रह गरे । अब नेपाली कांग्रेस बाँके कांग्रेस बनाउन घर-घरमा पुग्ने उद्घोष गौडेलले गरे । २०८४ को निर्वाचनमा बाँकेमा काँग्रेसलाई एक्लै लड्ने शक्तिका रुपमा स्थापित गर्ने दृढता व्यक्त गर्दै उनले पार्टी हित विपरीत काम गर्नेहरुलाई तत्काल कार्वाही गरिने चेतावनी दिए । 

पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रममा पूर्व मन्त्री एवम् पूर्व जिल्ला उपसभापति गजेन्द्रबहादुर हमाल, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेश सांसद बादसाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ लगायतले बोलेका थिए । कार्यक्रमको संचालन पार्टी सचिव सुधांशु कोइरालाले गरेका थिए । त्यसक्रममा विभिन्न नेता कार्यकर्ताले पार्टीको सांगठनिक अवस्थाबारे ब्रीफिङ गर्दै सल्लाह-सुझाब समेत दिएका थिए ।


प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १८:००
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शौचालयमा लडेर प्रचण्ड घाइते
शौचालयमा लडेर प्रचण्ड घाइते
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP