prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनीमा मन्त्रीपरिषद् विस्तार हुँदै
लुम्बिनीमा मन्त्रीपरिषद् विस्तार हुँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज २४, २०७८ बागेश्वरी पोस्ट
लुम्बिनीमा मन्त्रीपरिषद् विस्तार हुँदै

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद् आज विस्तार हुँदैछ। सत्ता साझेदार नेपाली कांग्रेसले मन्त्रीपरिषद्मा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

नेपाली कांग्रेसले आज मन्त्री हुनेको नाम टुंग्याएपछि मन्त्रीपरिषद् विस्तार हुन लागेको हो । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यसअघि नै मन्त्रीको नाम टुंग्याइसकेका छन्। प्रदेश प्रमुखको कार्यालयले दिउँसो ३ बजे सपथको तयारी गरेको छ ।

नेपाली कांग्रेसले यसअघि नै वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय गरिसकेको थियो ।

त्यसबाहेक आज ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीका लागि पाल्पाका वीरबहादुर रानालाई पठाउने निर्णय गरिएको छ । त्यसबाहेक राज्यमन्त्रीमा पनि निर्णय भइसकेको बताइएको छ । राज्यमन्त्रीमा कपिलबस्तुकी रीना नेपाल र दाङका अर्जुन श्रेष्ठले सपथ लिने तयारी छ ।

नेकपा माओवादी केन्द्रले भने यसअघि नै सरकारमा सहभागी हुने दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको थियो । दाङका इन्द्रजीत थारु र बर्दियाका तिलकराम शर्मालाई मन्त्रीपरिषद्मा पठाउने निर्णय माओवादीले गरेको थियो । माओवादीबाटै दाङकी विमला वली राज्यमन्त्री बन्नेछिन् ।

माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ । उसले पाएका चार मन्त्रालय मध्ये एक मन्त्रालय समाजवादीलाई दिएर मन्त्रीपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ । नेकपा समाजवादीबाट एक मात्र सांसद् पाल्पाकी रमा घर्ती पनि सरकारमा सहभागी हुनेछिन् ।

१३ मन्त्रालय रहेको लुम्बिनीमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका एक, जसपाका ३ र स्वतन्त्र एक गरी ७ सदस्यीय मन्त्रीपरिषद् गठन भएको थियो ।

जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था पाएको छ । स्वतन्त्र सांसद् अजय शाही उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् ।

एमाले नेता शंकर पोखरेलको सरकार अल्पमतमा पर्दै ढलेपछि साउन २८ गते माओवादी केन्द्रका कुलप्रसाद केसी 'सोनाम' पाँच दलीय गठबन्धनको सहारामा मुख्यमन्त्री बनेका थिए ।


प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १४:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP