नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नक्कली शरणार्थी प्रकरणलाई कमजोर पार्ने खेल हुँदै
नक्कली शरणार्थी प्रकरणलाई कमजोर पार्ने खेल हुँदै
बागेश्वरी पोस्ट
शनिबार, जेठ ६, २०८० बागेश्वरी पोस्ट
नक्कली शरणार्थी प्रकरणलाई कमजोर पार्ने खेल हुँदै

नेपालगन्ज । अहिले देशमा नक्कली भुटानी शरणार्थी प्रकरणले माहोल नै तातिएको छ। यस प्रकरणमा उच्च पदस्थ व्यक्तिहरु पक्राउ परिसकेका छन् । तर,  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको विषयले ठूलै चर्चा पाएको भए पनि प्रहरीले प्रमाणित गर्ने प्रयाप्त आधार र प्रमाण भने पुर्याउन कठिन देखिएको छ । 

पक्राउ परेका विचौलियाको बयान, केही एसएमएस, केही नसाटिएका चेकको फोटोकपी र बैंक स्टेटमेण्ट बाहेक अन्य प्रमाणहरु फेला नपरेको प्रहरी अधिकारीहरुले बताएका छन् । 

प्रहरीले पीडितहरुको बयान, उजुरी र विचौलियाले दिएको बयान र विचौलियाहरुबाट बरामद भएका केही टिपोटलाई आधार मानेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई पठाउने तयारी गरेको छ । 

यो प्रकरणमा संलग्नता पाइएकाहरूमाथि झन्डै पाँच कसुर आकर्षित हुन सक्ने अनुसन्धान अधिकारीहरूले बताए पनि उनीहरुलाई ठोस प्रमाणसहित मुद्धा बुझाउन पीडितको बयान र विचौलियाको बयानलाई मूख्य आधार मानिएको छ । 

प्रहरीले ठगीसम्बन्धी कसुर, संगठित अपराधसम्बन्धी कसुर, राज्यविरुद्धको कसुर र लिखतसम्बन्धी (किर्ते) कसुर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट नै चलाउन सकिने देखिएको छ । यस्तै यो प्रकरणमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसुर पनि आकर्षित हुने देखिएको छ । 

जसको अनुसन्धान र तहकिकातका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा फाइल पठाउन सकिने प्रावधान रहेको जानकार बताउँछन् । अख्तियारले अनुसन्धान गरेर विशेष अदालतमार्फत मुद्दा चलाउन सक्छ । 

यसमा सबैभन्दा बलियो आधार भने बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन किर्ते गरेको विषय रहेको छ । त्यसमा प्रतिवेदन नै फरक परेकाले यसलाई ठूलो प्रमाण मान्न सकिने अनुसन्धान अधिकृतहरुले जनाएका छन् । 

‘यो प्रपञ्चमा हाइफ्रोफाइलकै व्यक्तिहरुको योजना र मिलेमतो भए पनि प्रमाणित गर्ने प्रयाप्त आधार भेटिएको छैन’, स्रोतले भन्यो ‘किर्ते लिखत सरकारी दस्ताखतमा भने मुद्धा चलाउँदा अन्य विषयमा पनि प्रमाण पुग्न सक्ने ठानेका छौँ ।’

नीतिगत निर्णयमा पहुँच राख्ने पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजालले कार्यदल बनाउने र सो कार्यदलको कार्यान्वयन तहसम्म पुर्याउन काम गरेको भए पनि कागजी प्रमाण कुनै पनि फेला परेको छैन ।

त्यसैगरी कार्यान्वयन गर्ने पूर्व गृहसचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्री बालकृष्ण खाँडको हकमा पनि झापा जिल्लालाई पत्रचार गरेको र २०७८ पुस ३० गते बालकृण्ण पन्थी संयोजक रहेको कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको र त्यसबाहेक ठगीका अन्य प्रमाणहरु अप्रयाप्त रहेको अनुसन्धान अधिकृतहरुले बताएका छन् । 

उनीहरुको सम्बन्धमा पर्याप्त प्रमाण नभेटिएपछि प्रहरी कार्यालयमा पुनः अनुसन्धान गर्ने बाटो राख्नलाई पुरक निवेदन परेको छ । सोही अनुसार प्रहरीले ६० दिनको हदम्यादभित्र मुद्धा बुझाए पनि हाइप्रोइफाइल नेताहरुकको मुद्धामा पुन अनुसन्धान गर्ने बाटो रहिरहनेछ । 

प्रहरीले आफ्नो प्रतिवदनमा ठगी, सरकारी कीर्ते, संगठित अपराध र ‘राष्ट्रहित प्रतिकुलको कार्य गर्न नहुने’, भ्रष्टचार लगायतका कसुरमा मुद्दा चलाउन सिफारिस उल्लेख गर्ने तयारी भएको गरेको छ । 

मुलुकी अपराध संहिता २०७४ को दफा ५१ मा राष्ट्रहित प्रतिकुलको कार्य गर्न नहुने उल्लेख छ । प्रहरीले सो को उपदफा २ (क) मा उल्लेख भएको ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुने, होच्याउने वा घृणा वा द्वेष फेलाउने’ कसुरमा मुद्दा चलाउन सिफारिस गर्ने तयारी भइरहेको बताइएको छ । उक्त कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ ले फौजदारी प्रकृतिका अपराधको अनुसन्धान तथा तहकिकात गर्ने अधिकार प्रहरीलाई दिएको छ । प्रहरीले अनुसन्धानका क्रममा पाइएका तथ्यहरूलाई समेटेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्नुपर्ने हुन्छ । 

फौजदारी कार्यविधि संहिताको दफा ३१ को उपदफा १ बमोजिम अनुसन्धान पूरा भएपछि अनुसन्धान अधिकृत  (प्रहरी) ले कसुर गरेको शंका गरिएका उपर मुद्दा चलाउन पर्याप्त प्रमाणअनुसार कुन कानूनअन्तर्गत सजाय हुनुपर्ने हो सो कुरा खुलाई दसी प्रमाणसहितको अनुसन्धान प्रतिवेदन सम्बन्धित सरकारी वकिल कार्यालयमा पठाउनुपर्ने व्यवस्था रहेको छ । 

प्रहरीको प्रतिवेदन र रायका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आकर्षित हुने कसुरहरूका आधारमा आरोपित व्यक्तिहरूलाई अभियोजन गरेर जिल्ला अदालतमा मुद्दा दायर गर्नेछन् । 

प्रहरीले सो प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् भने अन्य २ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । अहिले अनुसन्धान प्रतिवेदनमा यिनैलाई मात्र मुद्दा चलाउन सिफारिस गर्ने तयारी भइरहेको छ ।

‘अरु कोही संलग्न भएको प्रमाण उपलब्ध भएका बखत पुनः अनुसन्धान गरेर मुद्दा दर्ता गर्ने गरी प्रतिवेदन बुझाउँदै छौँ’, एक अधिकारीले भने । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले चैत ११ गते पहिलोपटक तीन जनालाई पक्राउ गरेको थियो । संगठित अपराधका मुद्दामा प्रहरीले हिरासतमा राखेर ६० दिनसम्म अनुसन्धान गर्न पाउँछ । 

सो अवधिमा प्रहरीले सरकारी वकिल कार्यालय हुँदै अदालतमा मुद्दा पुर्याउनुपर्छ । पक्राउ पर्नेमा शुरुमा ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशवप्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ थिए । त्यसको तीन दिनपछि मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई, दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते पक्राउ परेका थिए । 

बैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि भने सो घटनाले निकै चर्चा पाएको थियो । राई पक्राउ परेको भोलिपल्ट बैशाख २० गते नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए । एमाले सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भयो । बैशाख २० गते साँझ बुटवलबाट टोपबहादुरका छोरा सन्दीप पक्राउ परे । छोरा समातिएको खबर पाएका रायमाझी भने फरार रहे ।

बैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परे । बैशाख २७ गते बिहान काठमाडौंको मैजुबहालबाट पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परे । 

खाँणसँगै सोही दिन उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परे । ११ दिन फरार रहेका टोपबहादुर रायमाझी बैशाख ३१ गते काठमाडौंबाट पक्राउ परे । गत सोमबार कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले आत्मसमर्पण गरे । त्यसपछि बिहीबार बिहान र साँझ गरी हज कमिटीका अध्यक्ष शम्शेर मिया र भुटानी शरणार्थीका सक्कली नेता नेता टेकनाथ रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमै पक्राउ परे । 

अहिले यस प्रकरणमा १६ जना हिरासतमा छन् । इन्द्रजित राईका छोरा नीरज र रामबहादुर थापा बालदका छोरा प्रतीक भने फरार छन् । 

यो प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा, बालकृष्ण खाँडकी पत्नी एवं सांसद मञ्जु खाँण, पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय राजेश बज्राचार्य लगायतलाई पनि मुछ्नु पर्ने आवाजदेखि सडकदेखि सदनसम्म र सामाजिक सञ्जालहरुमा ब्यापक रुपले उठेको छ । 


प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १५:५६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारत-पाकिस्तान युद्धः बाँकेका सीमा नाकामा गस्ती र कडाई, परिचयपत्र अनिवार्य
भारत-पाकिस्तान युद्धः बाँकेका सीमा नाकामा गस्ती र कडाई, परिचयपत्र अनिवार्य
डिएसपी खनालको पत्रकारहरुसंग भेटः साथीत्वको भावनाबाट काम गर्ने प्रतिबद्धता
डिएसपी खनालको पत्रकारहरुसंग भेटः साथीत्वको भावनाबाट काम गर्ने प्रतिबद्धता
बैजनाथमा ब्राउन सुगरसहित युवक पक्राउ
बैजनाथमा ब्राउन सुगरसहित युवक पक्राउ
प्रहरीका डीआईजीहरूको सरुवा, कुन प्रदेशमा को ? (सूचीसहित)
प्रहरीका डीआईजीहरूको सरुवा, कुन प्रदेशमा को ? (सूचीसहित)
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP