Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • बिदेश
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबृति
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, माघ १२, २०७७ ०३:४२:३६ युनिकोड पुरानो वेबसाइट
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • बिदेश
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबृति
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • Home
  • अर्थ
  • नेपालगन्जमा बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी निर्माण शुरु
नेपालगन्जमा बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी निर्माण शुरु
64x64
शुक्रवार, पुष २४, २०७७ रासस

नेपालगन्ज । बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी (आइसीपी) को निर्माण कार्य शुरु भएको छ । झण्डै १० वर्षको प्रतीक्षापछि बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको हो ।

भारतीय सिमानासँग जोडिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १६ जयसपुरमा उक्त चौकीको निर्माण हुन लागेको छ । भारततर्फ भवन निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको छ भने नेपालतर्फ जग खन्ने र बाटो बनाउने काम भइरहेको छ । निर्माण अन्तर्गत अहिले पूर्वाधार निर्माणका लागि कामदार र डोजर, टिपर २४ सैँ घण्टा सञ्चालन भइरहेका छन् ।

भारत र नेपालबीच भएको सम्झौताबमोजिम बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १६ जयसपुरमा एकीकृत भन्सार जाँचचौकी बन्न लागेको हो । जाँचचौकी निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमीन अधिग्रहण गरिसकेको छ । अधिग्रहण गरिएको कूल जग्गामध्ये ६७ बिघामा भारत सरकारले कार्यालय, गोदामलगायतका संरचना निर्माण गर्ने र बाँकी २४ विगाहा जग्गा बाटोका लागि छुट्याइएको छ । सो जाँचचौकी निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ । जाँचचौकीमा मालसामान आयात-निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले बताए ।

नेपालका लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढदै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयात-निर्यातलाई सहज व्यवस्थापन गर्न निर्माण हुन लागेको एकीकृत भन्सार जाँचचौकी कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ । आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालका अनुसार, नेपालले सुरक्षाकर्मीका लागि केही संरचना निर्माण गर्ने दुई मुलुकबीचको सम्झौतामा उल्लेख गरिएको छ ।

जाँचचौकी निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारको तर्फबाट हुने सम्झौता भएको जनाइएको छ । इञ्जिनीयर भुसालले जाँचचौकी निर्माणका लागि झण्डै रु. एक अर्ब ३६ करोड (भारतीय रुपैयाँ)छुट्याइएको छ । आवश्यकताअनुसार रकममा थपघट हुनसक्ने उनले बताए ।


प्रकाशित मिति: शुक्रवार, पुष २४, २०७७, ०५:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब किस्ताबन्दीमा भायानेटको इन्टरनेट जडान
शुभकामनाको नयाँ कार्यसमिति चयन, तिवारी अध्यक्ष
टेस्ला मोर्टर्सका विभिन्न मोडलका कारहरु नेपाल भित्रिए
८ करोड कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डद्वारा अनुमति
ताजा समाचार
प्रधानमन्त्री ओलीद्वारा दाङमा पुल उद्घाटन सोमवार, माघ १२, २०७७
कृष्ण पहाडीसहित २६ जना प्रहरी नियन्त्रणमा
दाङमा प्रथम लक्ष्मण डाँगी स्मृति फुटसल हुँदै
प्रेस स्वतन्त्रता सेनानी गुप्तको पुन्य तिथीमा विभिन्न कार्यक्रम गरिदै
खजुरामा अब किसान कल सेन्टर
योगिनी कप भलिबलमा न्यु एभरेष्ट डिस्लरीको सहप्रायोजन
जीप दुर्घटनामा पाँच जना घाइते
११ बर्षीया बालिका बलात्कृत, आफ्नै बाबुका साथी पक्राउ
दलित समुदायको सशक्तीकरण तथा क्षमता विकासका लागि नरैनापुरमा अभिमुखीकरण
सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9862791607
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9851148119
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago