prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रेडक्रस बाँकेको ४२औं जिल्ला सभा सम्पन्न
रेडक्रस बाँकेको ४२औं जिल्ला सभा सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २६, २०८० बागेश्वरी पोस्ट
रेडक्रस बाँकेको ४२औं जिल्ला सभा सम्पन्न

नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४२औं जिल्ला बार्षिक साधारण सभा नेरेसो सोनारी उपशाखाको अतिथ्यतामा ने.रा.मा.वि. गुलरीमा आज सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथि प्रा. सुदर्शन प्रसाद नेपालले देशभरीका रेडक्रस स्वयंसेवकहरु हरक्षण मानवीय सेवा प्रदान गर्दै आएको बताउँदै रेडक्रसको बिधान संशोधन हुने क्रममा रहेको र प्रदेश स्तरीय सुझाव संकलन कार्यशाला भइरहेको स्पष्ट पारे  ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले विगतमा रेडक्रसको बैधानिकतामा आएका कठिनाई हाल समाधन भएको उल्लेख गरे । नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सुपर कार्यक्रमद्वारा नेपालगंजमा भइरहेको सहयोगको खुलेर प्रंशसा गरे ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले राप्तीसोनारी विपद्को उच्च जोखिम रहेको बताउँदै रेडक्रसको समन्वयमा विपद् व्यवस्थापन, विपद् प्रतिकार्य योजना निर्माण र राहत व्यवस्थापन जस्ता महत्पूर्ण कार्य भएको र उपशाखाहरुको संस्थागत विकासमा पालिकाको सहयोग निरन्तर हुने प्रतिबद्धता व्यक्त गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जब मानवता संकटमा हुन्छ त्यहाँ रेडक्रस पुगेको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा प्रशासनको सहकार्य सधैं हुने गरेको उल्लेख गरे । उनले रुकुम र जाजरकोटा जिल्लाका भूकम्प प्रभावितलाई स्वास्थ्य उपचार र राहत सहयोग बाँकेबाट भएको जानकारी गराए ।

कार्यक्रममा ८ वटै स्थानीय तहलाई संस्थागत सम्मान गरिएको छ । बार्षिक कार्यसम्पादक मूल्यांकनको आधारमा १७ वटा उपशाखा मध्ये नेरेसो कोहलपुर उपशाखालाई उत्कृष्ट सेवा पुरस्कारबाट सम्मानित गरिएको छ । यसैगरी जुनियर तथा युवा विकासतर्फ युवा रेडक्रस सर्कल सिद्धेश्वर मा.वि. प्रथम, ज्ञानोदय मा.वि. द्वितीय र शिवशक्ति मा.वि. कोहलपुरले तृतीय स्थान प्राप्त गरेका छन् । उक्त सर्कललाई स्व. खेमराज श्रेष्ठ स्मृति पुरस्कार प्रदान गरिएको छ । यसैगरी युवा रेडक्रस सर्कल शिवशक्ति माविकी शिक्षक दोर्णा वलीलाई उत्कृष्ट शिक्षक नायक पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले समिक्षात्मक सम्बोधन गर्दै बर्षभरीमा १५ लाख ७३ हजार ३४ जना रेडक्रसको सेवाबाट लाभाविन्त भएको बताए । नेरेसो बाँकेका मन्त्री अजीज अहमद सिद्दिकीले आ.ब. २०७९/२०८० को प्रगति र आगमी आ.ब. २०८१/२०८२ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आ.ब. २०७९/२०८० को आय व्यय, लेखा परीक्षण प्रतिवेदन र आगमी आ.ब. २०८१/२०८२ कोे लागि ३ करोड ७३ लाख ५२ हजार ६ सय ४६ रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।

नेरेसो सोनारी उपशाखाका सभापति यज्ञनारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसोका केन्द्रीय उपाध्यक्ष राधा नेपाली, बाँके शाखाकी उपसभापति शान्ति श्रेष्ठ र बागेश्वरी उपशाखाका सभापति जीवनाथ सापकोटा लगायतले विचार व्यक्त गरेका थिए भने कार्यक्रम संचालन नेरेसो बाँके शाखाकी बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले गरेकी थिइन् । सभा स्थल आतिथ्य ने.रा.मा.वि. गुलरी र सिद्धेश्वर माविका बालबालिकाहरुले नृत्य र योग अभ्यासको प्रदर्शन गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP