prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • शैक्षिक सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिन्छः मेयर आचार्य
शैक्षिक सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिन्छः मेयर आचार्य
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १९, २०७९ बागेश्वरी पोस्ट
शैक्षिक सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिन्छः मेयर आचार्य

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकालाई शैक्षिक हवका रुपमा अगाडि बढाउने गरी योजना अघि बढाइएको छ । कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको उदाउँदो सहर कोहलपुरलाई शैक्षिक हवका रुपमा विकास गर्ने योजनासहित नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएको हो ।

सामुदायिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुको संयुक्त बैठक एवम् क्षमता विकास सम्बन्धि आजदेखि नगरपालिकामा सुरु भएको दुई दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुरको सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिने स्पष्ट पारेका छन् । ‘कोहलपुरलाई शिक्षामा नमुना बनाउन चाहान्छौं,' उनले भने–‘शैक्षिक गुुणस्तर सुधारका निमित्त कसैको राजनीतिक दवाव अव स्विकार्य हुन सक्दैन ।’ 

उनले शिक्षक संघसंगठनहरुलाई शिक्षामा राजनीति नगर्न चेतावनी समेत दिएका छन् । ‘राम्रो काम गर्दा गर्दै पनि कर्मचारीमाथि अनावश्यक दवाव दिने प्रवृत्ति देखिएको छ अव त्यसलाई निरुत्साहित गरिन्छ' उनले भने–‘कोहलपुरको शैक्षिक गुणस्तर सुधारका लागि सबैको भूमिका महत्वपूर्ण छ ।’ उनले कर्मचारीहरुलाई भयरहित तरिकाले काम गर्ने वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताउँदै कसैको दवाव र प्रभाव स्विकार्य नहुने बताए । उनले कोहलपुरको शैक्षिक गुणस्तर सुधारकै निमित्त शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका जितबहादुर शाहलाई विज्ञका रुपमा नियुक्त गरिएको पनि स्पष्ट पारे । 

विद्यालयको भौतिक पूर्वाधार निर्माणदेखि प्रविधिमैत्री बनाउने सवालमा पनि नगरपालिका पर्यत्नशील रहेको उल्लेख गरेका छन् । यस्तै कार्यक्रममा बोल्दै शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले कोहलपुरको शैक्षिक गुणस्तर सुधारका लागि प्राज्ञिक नेतृत्व जरुरी रहेको बताए । प्रशासनिक नेतृत्वले शैक्षिक गुणस्तर सुधार सम्भव नभएकाले विद्यालयको नेतृत्वले विद्यालयलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको बताए । भोलिसम्म चल्ने तालिममा कोहलपुरका सामुदायिक विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरी करिव ७० जनाको सहभागिता रहेको छ । उनीहरुलाई नगरपालिकाका शिक्षा विज्ञ जितबहादुर शाहले प्रशिक्षण दिनेछन् । 

कार्यक्रममा विद्यालयका प्रअहरुले विद्यालयको गतिविधि र योजनाबारे जानकारी गराएका थिए । कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको तालिमको उद्घाटन कार्यक्रममा शिक्षा शाखा प्रमुख हमालले स्वागत मन्तव्य राखेका थिए भने संचालन रवि मिजारले गरेका थिए । तालिममा उपप्रमुख संगिता सुवेदी, प्रशासकीय अधिकृत टीकाराम ढकाल, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।  

नगर उपप्रमुख छात्रावृत्ति वितरण

कोहलपुर नगरपालिकाले नगर उपप्रमुख छात्रावृत्ति वितरण गरेको छ । विएलई र एसइईमा उत्कृष्ट १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । सामुदायिक र संस्थागत विद्यालयका उत्कृष्ट विद्यार्थीलाई जनही साढे सात हजार नगद र प्रमाणपत्र प्रदान गरिएको शिक्षा शाखा अधिकृत रवि मिजारले जानकारी दिए । एसइईतर्फ त्रिभुवन उच्च मावि विद्यानगरकी आयुशा वली र प्रशान्त बुढाथोकी संस्थागततर्फ गोर्खा युनाइटेडका अनुज पौडेल, लक्ष्मी गुप्ता र अनुराग शाही यस्तै विएलई तर्फ कृष्ण मावि कौशिलानगरकी सदिक्षा अधिकारी, त्रिभुवन माविका अंकित पौडेल, ब्रिज इन्टरनेशनल स्कुलका सिम्रन थापा, पञ्चमुखी इंग्लिस मिडियम स्कुलका सुमित यादव र बागेश्वरी एकेडेमीका गोपालजंग खत्रीलाई छात्रावृत्ति वितरण गरिएको हो । उत्कृष्ट विद्यार्थीलाई नगर प्रमुख पुर्ण प्रसाद आचार्य र नगर उपप्रमुख संगिता सुवेदी लगायतले नगद र प्रमाणपत्रले सम्मानित समेत गरेका थिए ।


प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  २१:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP