नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मन्त्री हुँदा राईले शिलान्यास गरेका दुई सडक योजनाको काम सुरू
मन्त्री हुँदा राईले शिलान्यास गरेका दुई सडक योजनाको काम सुरू
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २०, २०७९ बागेश्वरी पोस्ट
मन्त्री हुँदा राईले शिलान्यास गरेका दुई सडक योजनाको काम सुरू

नेपालगन्ज । भौतिक योजना तथा यातायात मन्त्री हुँदा मोहम्मद इश्तियाक राईले शिलान्यास गरेका दुई सडक आयोजनाहरूको काम आजदेखि सुरू भएको छ । 

उनले शिलान्यास गरेका जमुनाहा नाकादेखि राँझासम्मको सडक र अस्फाल्ट ओभर योजना अन्तर्गत पुष्पलाल चोकदेखि सिधनिया हुलाकी सडक स्तरोन्नति योजनाको काम सुरू भएको हो ।सडक डिभिजन कार्यालयका अनुसार अस्फाल्ट ओभरले योजना करिब २४ करोड लागतमा सम्पन्न हुनेछ । रौताहा खड्का जेभी निर्माण कम्पनीले ठेक्का पाएको यो योजना अन्तर्गत उक्त सडकलाई थप बलियो र आधुनिक प्रविधिबाट बलियो पिच हुनेछ । 

भौतिक योजना तथा यातायात मन्त्री हुँदा राईले ती सडक योजनाहरूको शिलान्यास गरेका थिए । त्यो बेला चुनावलाई ‘टार्गेट’ गर्दै शिलान्यास भएको भन्दै विपक्षीहरूले उनको विरोध गरेका थिए । कतिपयले उनलाई ‘शिलान्यास मन्त्री’ भन्दै खिसीट्युरी पनि गरेका थिए । 

तर, तत्कालीन मन्त्री राईले शिलान्यास भएका सबै विकासका आयोजनाहरूको बजेट सुनिश्चित भइसकेको र ठेक्का सम्झौताका सबै प्रक्रियाहरू सुरू भएको भन्दै ढुक्क हुन आग्रह गरेका थिए । त्यो बेला शिलान्यास गरिएका सबै पुलहरू तथा अरू आयोजनाका कामहरू पनि चाँडै सुरू हुने राईले बताएका छन् । चुनावकै मुखमा सरकारबाट बाहिरिएर चुनावी अभियानमा व्यस्त रहेका राई जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार हुन् । 

‘मैले कुनै पनि योजनाहरूको अध्ययन गरेर, बजेटको सुनिश्चितता गरेरमात्रै शिलान्यास गरेको थिएँ । ठूला आयोजनाहरू भएका कारण त्यसको सुरूवाती प्रक्रियाहरू लामो हुन्छ । तर, जे भए पनि सबै योजनाहरूको काम सुरू हुन्छन्’ उनले भने ‘अब हामीले के कति गरेका छौं र अझै गर्न सक्छौं भन्ने प्रस्ट भएको छ । यी आयोजनाहरू बाँकेकै विकासका सूचकहरू हुन् । कसैले यसबारे भ्रम फैलाउन जरुरी छैन ।’

उनले विकास गर्ने इच्छाशक्ति नभएका र कुनै पनि एजेन्डा बिना उम्मेदवार भएकाहरूले आम मतदातामा अफवाह फैलाउनका लागि यस्ता मुद्दाहरू उचालेको भन्दै कसैलाई पनि भ्रममा नपर्न अपिल समेत गरे । ‘हामीले अझै धेरै काम गर्नुछ । यो क्षेत्रका लागि र समग्र बाँकेको विकासका लागि अझै धेरै नयाँ विकासका योजनाहरू ल्याउनुछ’ उनले भनेका छन् ‘काम गरिरहेको र अझै गर्न सक्ने उम्मेदवारहरू नै मतदाताका रोजाइमा पर्छन् । गर्न नसक्नेहरूले अरूलाई गाली र गलौज बाहेक विकासका एजेन्डाहरूमा बहस नै गर्न सक्दैनन् ।’


प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP