prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरको संकल्पः सबै विद्यालयलाई भौतिक पूर्वाधार र शिक्षकका हिसावले अभावमुक्त
कोहलपुरको संकल्पः सबै विद्यालयलाई भौतिक पूर्वाधार र शिक्षकका हिसावले अभावमुक्त
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २१, २०७९ बागेश्वरी पोस्ट
कोहलपुरको संकल्पः सबै विद्यालयलाई भौतिक पूर्वाधार र शिक्षकका हिसावले अभावमुक्त

कोहलपुर । कोहलपुर नगरपालिकाले अबको पाँच वर्षभित्र नगरभित्रका सबै विद्यालयहरुलाई भौतिक पूर्वाधार र शिक्षक एवम् कर्मचारीका हिसावले अभावमुक्त बनाउने संकल्प लिएको छ ।  ‘गुणस्तरीय शिक्षाका लागि पर्याप्त लगानी, पूर्वाधार र संरचना, पश्चिम नेपालकै शैक्षिक हवको रुपमा हाम्रो नगरको स्थापना’ भन्ने मुख्य थिमसहित अबको पाँच वर्षमा नगरपालिकालाई शिक्षामा नमूना कोहलपुर बनाउने संकल्प लिएको हो ।

दुई दिनसम्म कोहलपुरका सामुदायिक विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँगको क्षमता विकास तालिममा नगरपालिकाले पाँच वर्षभित्र गर्नुपर्ने २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । उक्त योजनामा नगरपालिका स्तरीय आवधिक शिक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने, नगरपालिका स्तरीय शिक्षा ऐन र नियमावली आवश्यकता अनुसार संशोधन एवम् प्रभावकारीरुपमा कार्यान्वयन गर्ने कुरालाई पनि समेटिएको छ । ‘विद्यालयलाई ध्रुमपान, मध्यमान, लागु औषध र जङ्कफुट निषेधित क्षेत्रको रुपमा विकास गरिने छ,' प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नगरप्रमुख पुर्णप्रसाद आचार्यले भने–‘विद्यालयलाई राजनीतिक हस्तक्षेप एवम् आग्रह पूर्वाग्रहको हिसावले मुक्त क्षेत्रको रुपमा विकास गरिनेछ ।’

विद्यालय व्यवस्थापन समितिको सिफारिसको आधारमा योग्य तथा सक्षम शिक्षकलाई प्रधानाध्यापक बनाउने र प्रधानाध्यापकसँग करार सम्झौता गरी सोही आधारमा स्वतन्त्र रुपमा काम गर्नका लागि सहयोग गरिने पनि नगर प्रमुख आचार्यले स्पष्ट पारेका छन् । ‘प्रधानाध्यापकका निम्ति उनीहरुले खाईपाई आएको तलवको निश्चित प्रतिशतको आधारमा प्रोत्साहन भत्ता थप गरिने छ,' उनले भने–‘उत्कृष्ट गर्ने प्रधानाध्यापकलाई पुरष्कृत गरिन्छ ।’

अब विद्यालयको अनुगमन विज्ञहरु सम्मिलित तेस्रो पक्षले गर्नेछ । ‘विज्ञहरु सम्मिलित तेस्रो पक्षबाट विद्यालयको अनुगमन गर्नका लागि संयन्त्रको विकास गरी अनुगमन कार्यलाई प्रभावकारी गराइने छ,' प्रतिबद्धतापत्रमा समेटिएको बिषयबारे जानकारी दिँदै नगर प्रमुख आचार्यले भने–‘अनुगमन प्रतिवेदनका आधारमा विद्यालयमा गर्नुपर्ने आवश्यक कारवाहीका लागि शूण्य सहनशीलताको साथ अघि बढिनेछ ।’

नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, नगरपालिकाका शिक्षा विज्ञ जितबहादुर शाह, नगरपालिकाका शिक्षा शाखा अधिकृत रबिलाल मिजार सहितको टिमले तयार पारेको नगरपालिकाको पञ्चवर्षीय शिक्षाका प्रतिबद्धतामा विद्यालयलाई प्रविधिको हिसावले साधन र स्रोत सम्पन्न बनाउनेदेखि स्मार्ट कक्षा संचालनका लागि योग्य कक्षा कोठाहरु निर्माण गर्नेसम्मको योजनालाई समेटिएको छ ।

त्यस्तै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र अभिभावकहरुको प्रतिबद्धतालाई समेत समेटिएको शाखा अधिकृत मिजारले बताए । उनीहरुका तर्फबाट पनि २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ । पहिलो चरणमा सामुदायिक विद्यालयसँग बसेर शैक्षिक गुणस्तरको उपाय खोजिएको बताउँदै नगरप्रमुख आचार्यले संस्थागत विद्यालयसँग पनि यस्तै छलफल गरेर कोहलपुरलाई शैक्षिक हवको रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने बारे योजना बनाइने उल्लेख गरे ।


प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP