prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवालाई बन्धक बनाउनेलाई चिनेर पालिकाबासीले विवेक प्रयोग गर्ने अध्यक्ष चौधरीको विश्वास
डुडुवालाई बन्धक बनाउनेलाई चिनेर पालिकाबासीले विवेक प्रयोग गर्ने अध्यक्ष चौधरीको विश्वास
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २९, २०७९ बागेश्वरी पोस्ट
डुडुवालाई बन्धक बनाउनेलाई चिनेर पालिकाबासीले विवेक प्रयोग गर्ने अध्यक्ष चौधरीको विश्वास

नेपालगञ्ज । डुडुवा गाउँपालिका बाँकेको गाउँसभा नहुँदा सम्पुर्ण सेवासुविधा प्रभावित बनेको छ । सेवा नै ठप्प भएपछि सेवाग्राहीहरु आक्रोशित बनेका छन् । स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९/०८०को गाउँसभा नबस्दा बजेट समेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ ।

paribartan 1

गाउँपालिकाले प्रदान गर्दै आएको पशु स्वास्थ्य सेवा उपचार, स्वास्थ्य सेवा, निःशुल्क प्रयोगशाला, औषधि उपचार लगायत अत्यावश्यक सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले भने “विपक्षीहरुले गाउँपालिकालाई बन्धक बनाएका छन्, निकास नदिँदा अहिले उपचार नपाएर पशुपन्छी मरिरहेका छन्, स्वास्थ्य चौकीमा सिटामोल औषधि समेत छैन, कर्मचारीले तलब भत्ता पाएका छैनन्, ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन्, यसको जिम्मेवारी कसले लिने ।” जनताका सेवा गर्ने प्रतिबद्धताका साथ निर्वाचित जनप्रतिनिधिहरुले नै अहिले आएर बहुमतको दम्भ देखाएर गाउँसभा नै गर्न नदिनु यो कहासम्मको नैतिकता हो ?, उनले प्रश्न गरे ।  

अवधि पत्रकार संघ नेपालले आज नेपालगञ्जमा गरेको डुडुवा गाउँपालिकाको अवरुद्ध सेवा सुविधाबारे पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले आफू अनुकूल र कानुन विपरीतको निर्णय गर्न लगाउने कार्य गलत भएको भन्दै जनताको विपक्षमा गएर कहिले पनि गलत निर्णय नलिने स्पष्ट पारे । 

समयमा गाउँसभा नभएर संघीय र प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष अनुदान र समपूरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि फ्रिज हने सम्भावना समेत बढेको छ । यस्तै विकास निमार्णसंगै गाउँपालिकाको नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको टेन्डर प्रक्रिया समेत अवरुद्ध हुँदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ । गाउँसभाको विषयमा पालिकाले ४ पटक कार्यपालिकाको बैठक र गाउँसभा डाके पनि केही बैठकमा अनुपस्थित र केहीमा उपस्थित भएर छलफल प्रक्रियामै सहभागी नभएकाले सभा अन्यौलमा परेको अध्यक्ष चौधरीले बताए । 
    
अहिले निर्वाचनको बेला विपक्षीहरुले पालिकामा निकास दिनु भन्दा झुठा र भ्रामक प्रचारबाजी गरिरहेको भन्दै अध्यक्ष चौधरीले संघीय सरकारका योजना कार्यान्वयन गर्न आफैं नदिएको र उक्त योजनालाई कानुन विपरीत बाँडफाँड गर्न भनेको तर पालिकाले नगरेको प्रमाणसहित प्रष्ट पारे । गाउँपालिकाको अबरुद्ध सेवाको निकासका लागि सार्वजनिक सरोकारको सवाल भन्दै सेवाग्राहीले उच्च अदालतमा रिट समेत दायर गरेका छन् । अब अदालतको निर्णय पर्खेको भन्दै अध्यक्ष चौधरीले कानुन बमोजिम जनताको हितका लागि अदालतको आदेश अनुसारको कार्य गर्ने बताए । 

सानो बजेटको आकारमा चल्ने गाउँपालिकालाई प्रदेश र संघीय सरकारको सहयोग र सहकार्य हुनुपर्नेमा आफू अनुकुल र नियम विपरीत कार्य गराउन खोज्ने र पालिकाका अध्यक्षलाई विभिन्न किसिमका लाञ्छना लगाउने नेतालाई जनताले बुझेको बताए । मंसिर ४ गतेको चुनावमा आफ्नो नेता चुन्दा डुडुवाबासी जनताले विवेकको उचित प्रयोग गर्ने विश्वास व्यक्त गरेका छन् । डुडुवा गाउँपालिकालाई बन्धक बनाउनेलाई चिनेर जनताले उचित निर्णय लिने उनको विश्वास छ । 


प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  २०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP