नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपथ्य लाइभ कन्सर्टको तयारी तीब्र
नेपथ्य लाइभ कन्सर्टको तयारी तीब्र
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १०, २०७९ बागेश्वरी पोस्ट
नेपथ्य लाइभ कन्सर्टको तयारी तीब्र

नेपालगञ्ज । नेपालगञ्जमा हुने नेपथ्य लाइभ कन्सर्टको व्यापक तयारी गरिँदैछ । सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमले मंसिर २९ गते नेपालगञ्ज रंगशालामा मानवताका लागि सांगीतिक यात्रा कन्सर्ट गर्न लागेको हो ।
 
नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्ड सँगको सहकार्यमा मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालीन अक्षयकोष स्थापनार्थ नेपालगञ्जसहित १० शहरहरुमा कार्यक्रम गरिदैँछ ।  नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नेछन् । 

नेपथ्य लाईभ कन्सर्ट भव्य र सफल बनाउन विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु सम्मिलित तयारी बैठकहरु गरिएका छन् । कन्सर्टका लागि कृष्णप्रसाद श्रेष्ठको संयोजकत्वमा मूल समिति गठन गरिएको छ भने ११ वटा विषयगत उपसमितिहरु पनि निर्माण गरिएका छन् ।   

जयनारायण शाहको संयोजकत्वमा सुरक्षा तथा समारोह स्थल व्यवस्थापन समिति, शुक्रऋषि चोलागाईको संयोजकत्वमा मिडिया तथा प्रचार प्रसार व्यवस्थापन समिति, कृृष्ण श्रेष्ठको संयोजकत्वमा मिट एण्ड ग्रिट कार्यक्रम व्यवस्थापन समिति, विष्णु मैनालीको संयोजकत्वमा प्रायोजक समन्वय समिति, नन्दलाल वैश्यको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन समिति, उमा ग्राण्डनको संयोजकत्वमा आवास व्यवस्थापन समिति, गोविन्द प्रसाद पाण्डेको संयोजकत्वमा टिकट बिक्री व्यवस्थापन समिति निर्माण गरिएको छ ।

यस्तै सचिवालय व्यवस्थापन समितिको संयोजकमा जैकेश सिंह, संघसंस्था समन्वय समितिको संयोजकमा नमस्कार शाह, सहकारी संस्था व्यवस्थापन समितिमा नारायण सिग्देल संयोजक रहेका छन् भने स्वास्थ्य व्यवस्थापन समिति समेत निर्माण गरिएको छ । आवश्यकताका आधारमा चरणवद्ध छलफल र तयारीलाई तिव्रता दिइएको मूल समारोह समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । एक हजार रुपैँया रहेको कार्यक्रमको टिकट मानवसेवा आश्रमको शाखा वा अनलाइनबाट प्राप्त गर्न सकिनेछ । 

विगत एक दशकदेखि मानव सेवामा समर्पित आश्रम १९ औँ जिल्ला शाखाका रुपमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, आदर्शनगरमा रहेको छ । आश्रमको संरक्षणमा ४ बालक, १ बालिका, १ महिला र २१ जना पुरुष गरी २७ जना सहयोगापेक्षी व्यक्तिहरु छन् । 

मानव सेवा आश्रमको भवन निर्माणका लागि समाजसेवी जैकेश सिंह र उनको परिवारका तर्फबाट डुडुवा गाउँपालिका वडा नं. ६ मा जग्गा प्राप्त भएको छ ।


 


प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP