prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा 'नमुना' स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालन
नेपालगञ्जमा 'नमुना' स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालन
banijya office RSG-2
फोहरमैला व्यवस्थापनमा एक कदम अगाडि बढेका छौंः विष्ट
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १२, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा 'नमुना' स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालन

नेपालगञ्ज । नेपालगञ्जमा एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । जिआइजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको आज एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका छन् । 

No description available.

एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख विष्टले अन्य फोहरको तुलनामा स्वास्थ्यजन्य फोहर सबैभन्दा बढी दुषित र संक्रामक हुने भएकाले आफूहरु निर्वाचित भइसकेपछि यसको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्दै तदारुकताका साथ काम गरेर सञ्चालनमा ल्याइएको बताए ।

नगर प्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिकाको सिंगो टिम नेपालकै नमुनाको रुपमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालन गर्न सफल भएको बताए । उनले फोहरमैला व्यवस्थापनको काममा नेपालगञ्ज उपमहानगरपालिका एक कदम अगाडि बढेको बताए । फोहरमैला व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको उल्लेख गर्दै नगर प्रमुख विष्टले सबै सरोकारवालासंग समन्वय गरेर फोहरमैला व्यवस्थापनमा अब ठोस निर्णय गरेर अगाडि बढ्ने बताए । 

No description available.

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ हिरमिनियास्थित  ल्याण्डफिल साइट परिसरमा अस्पतालबाट निस्कने फोहरमैला  व्यवस्थापन गर्ने उद्देश्यका साथ एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको वातावरण इन्जिनियर प्रकाश डिसीले बताए । 

फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जिआइजेडले २ वटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले संरचना निर्माण गरेको हो । संरचना निर्माणमा ४६ लाख लागत लागेको डिसीले जानकारी दिनुभयो । स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनको जिम्मा १० बर्षका लागि स्वच्छ नेपाल हाम्रो अभियान नामक संस्थालाई दिइएको छ । 

स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापनको टाउको दुःखाई अन्त्य भएको छ । नेपालगञ्जका अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहर अब यहीँ व्यवस्थापन हुनेछ । नेपालगञ्जलाई स्वास्थ्य हबको रुपमा विकास गर्ने लक्ष्य लिइएकोमा यसको सञ्चालनले थप टेवा पुग्ने विश्वास लिइएको छ । 

एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता  प्रमोद रिजाल, विभिन्न वडाका वडा अध्यक्षहरु, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायत उपस्थित थिए । 


प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १९:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP