Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जका १३ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
नेपालगञ्जका १३ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १९, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जका १३ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । १९औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आज आयोजित एक कार्यक्रमका बीच १३ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो ।

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले  महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेका हुन् । ११ जनालाई उनीहरुको कामको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको छ भने ६० बर्ष उमेर पुगेर अवकाश पाएका २ जनालाई सम्मानसहित विदाई गरिएको हो ।

No description available.

वडा नम्बर ९ की शिला घर्ती मगर जिसी, वडा नम्बर १३ का शारदा सिंह ठाकुर, वडा नम्बर १४ की विनिता गोडिया, वडा नम्बर १५ की सकुन्तला नेपाली, वडा नम्बर १७ की सरस्वती बाहुन, वडा नम्बर १८ की रामजानकी काँदु, वडा नम्बर १९ की विन्देश्वरी जैसवाल, वडा नम्बर २० की सुशिला यादव, वडा नम्बर २१ की किस्मतुल भुजवा, वडा नम्बर २२ की सुनिता राढ र वडा नम्बर १६ की साल्मा बेगम राईलाई सम्मान गरिएको हो ।

यस्तै ६० बर्ष पुगेर अवकाश पाएका वडा नम्बर २० की रामप्यारी थापा र वडा नम्बर १७ की सावित्री कहारलाई विदाईसहित सम्मान गरिएको छ । अवकाश पाएका थापा र कहारलाई जनही ७० हजार रुपैयाँसहित विदाई गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले जनताको घर आँगनमै पुगेर सेवा गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुको जति नै प्रंशसा गरेपनि कम हुने बताए । उनले स्वास्थ्य स्वयंसेविकाहरुलाई दिने सेवा सुविधा र सम्मानका लागि नेपालगञ्ज उपमहानगरपालिका गम्भीर रहेको उल्लेख गरे । उनले उपमहानगरपालिकाले कार्यदल नै बनाएर स्वास्थ्य स्वयंसेविकाहरुलाई दिन सकिने सेवा सुविधा तथा समस्या समाधानका लागि काम गरिरहेको जानकारी गराउँदै मासिक २५ सय रुपैयाँका दरले पारिश्रमिक दिने गरी बजेट विनियोजन भइसकेको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका कोषकी अध्यक्ष नारायणी रुपाखेतीले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन् । 

सम्मान कार्यक्रम अघि विहान नेपालगञ्जमा र्याली समेत निकालिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकामा १६८ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । 

No description available.No description available.


प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP