prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना मस्यौदा छलफल कार्यक्रम
नेपालगञ्जमा आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना मस्यौदा छलफल कार्यक्रम
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २१, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना मस्यौदा छलफल कार्यक्रम

नेपालगञ्ज । आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना मस्यौदा छलफल कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ । विपत जोखिम न्यूनीकरणका लागि स्थानीय स्तरमा योजना बनाउने उद्देश्यका साथ सरोकारवालाबीच छलफल गरिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना 'सुपर प्राजेक्ट' अन्तर्गत आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना मस्यौदा छलफल कार्यक्रम गरिएको हो । 

नेपालगञ्ज उपमहामनगरपालिकाका विभिन्न विषयतग समितिका प्रतिनिधि, महाशाखा एवम् शाखाका प्रतिनिधिको उपस्थितिमा आयोजित छलफल कार्यक्रममा अग्नी नियन्त्रणमा नेपालगञ्ज उपमहानगरपालिकाका कठिनाई र चुनौतीका विषयमा सुझाब समेत संकलन गरिएको छ । 

'सुपर प्रोजेक्ट'का गेहेन्द्र बमले नेपालगञ्ज उपमहानगरपालिकाभित्र विपतको जोखिम, कारण, पूर्व तयारी र प्रतिकार्यका विषयमा प्रस्तुतिकरण गरेका थिए । उनले नेपालगञ्ज भूकम्प, महामारी, आगलागी र डुबानको उच्च जोखिममा रहेको बताए । ६.५ रेक्टर स्केलको भूकम्प आएमा नेपालगञ्जका ७० देखि ८० प्रतिशत घर बस्न नमिल्ने गरी भत्किने अवस्था देखिएको उनले बताए । विभिन्न ८ वटा क्लष्टरमा केन्द्रित रहेर योजना निर्माणको काम भइरहेको बमले जानकारी दिए । 

छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले विपत व्यवस्थापन स्थानीय सरकारको मुख्य काम भएको बताउँदै विपत कुरेर बस्ने भन्दा विपतको जोखिम न्यूनीकरण गर्ने उपायहरुबारे व्यापक अध्ययन अनुसन्धान गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । रिजालले विपत जोखिम न्यूनीकरण र व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्राथमिकताको विषय भएको स्पष्ट पारे । नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोबद्र्धनसिंह सम्झनाले दीर्घकालीनरुपमा समस्या समाधान गर्ने गरी योजना तर्जुमा गरेर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औल्याए । 

इलेक्ट्रिसियन एसोसियसन बाँकेका अध्यक्ष दीपक खनालले नेपालगञ्ज आगलागीको उच्च जोखिममा रहेको बताउँदै यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी रहेको बताए । उनले सामग्रीको गुणस्तरमा ध्यान नदिँदा र अनुगमन संयन्त्र प्रभावकारी नहुँदा जोखिम बढेको बताए । 

आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गरेको छलफल कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, कार्यपालिका सदस्य बसन्त कनौजिया लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, कानुन अधिकृत माया शर्मा लगायत उपस्थित थिए । 


प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP