नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीमा कालीमाटी गंगामाला देउती बज्यै मेला सुरु
राप्तीसोनारीमा कालीमाटी गंगामाला देउती बज्यै मेला सुरु
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर २२, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा कालीमाटी गंगामाला देउती बज्यै मेला सुरु

नेपालगन्ज । राप्तीसोनारी गाउँपालिकामा कालीमाटी गंगामाला देउती बज्यैको मेला सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ८ ओभरीमा हिजोदेखि ३ दिने कालीमाटी गंगामाला देउती बज्यैको मेला सुरु भएको हो ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले दिप प्रज्वलन गरी मेलाको उदघाट्न गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले कालीमाटी मेलाको ऐतिहासिक महत्त्व रहेको बताउँदै त्यस क्षेत्रको विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताएका छन् । साथै उनले स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको महत्त्व बोकेका संरचनाहरुको संरक्षण र सम्वर्धन गर्न सकेमा मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिने वताएका छन् । 

उदघाट्न सत्रमा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष शालिकराम डाँगीले कालीमाटी मेलाले सल्यान रुकुम लगायतका जिल्लाहरुबाट बसाइँसराई गरी आएका मानिसहरूलाई धार्मिक आस्थाका रुपले सबैलाई एकसुत्रमा बाँध्ने काम गरेको बताउँदै कालीमाटी मन्दिर, भुवरभवानी, लगायतका धार्मिक स्थलहरु राप्तीसोनारीको पहिचान भएको बताए । मेलाको उदघाट्न सत्रमा बाँके राष्ट्रिय निकुञ्जका हात्ती सहितको र्‍याली, पन्चैबाजा, सोरठी नाच, विद्यार्थीहरुको मार्चपास झाँकी प्रस्तुत गरिएको थियो । 

हरेक वर्ष मंसिर पुर्णिमामा लाग्दै आएको सो मेला यस वर्ष मंसिर २१ देखि २३ गतेसम्म संचालन हुने भएको छ ।  मेलाको उदघाटनसत्रमा स्वागत मन्तव्य राख्दै मेला मुल आयोजक समितिका संयोजक हर्क बहादुर विष्टले कालीमाटी मन्दिर धार्मिक आस्थाका रुपमा एक महत्त्वपूर्ण स्थल रहेको बताउँदै यसलाई बाँके राष्ट्रिय निकुञ्जको पर्यटकीय क्षेत्रको रूपमा लैजानुपर्ने बताए । 

मेलामा लोक तथा दोहोरी गायक गोपाल नेपाल जिएम, कृष्ण रेउले लगायतका कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । नाच, प्रदर्शनीदेखि खेलकुद प्रतियोगिता समेत रहनेछ । मेलामा लोक नृत्य र राप्तीसोनारी गाउँपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता, व्याडमिन्टन, कुर्सी दौड, भाले समात्ने लगायतका आधा दर्जन खेलको समेत आयोजना गरिएको छ ।

खेल संयोजक कृष्ण सुनारले नृत्यको दर्ता शुल्क ५ सय ५, भलिबलको २ हजार ५, ब्याडमिन्टनको १ हजार १ सय ५ रुपैयाँ राखिएको जानकारी दिए । भलिबलमा प्रथम हुनेलाई १५ हजार रकम र प्रमाण-पत्र, द्वितीयको ८ हजार र प्रमाण-पत्र, नृत्यमा प्रथम हुनेलाई ५ हजार र प्रमाण-पत्र, तृतीयलाई ३ हजार र प्रमाण-पत्र, व्याडमिन्टनमा प्रथम हुनेलाई १० हजार र प्रमाण-पत्र, द्वितीय हुनेलाई ५ हजार र प्रमाण-पत्र प्रदान गरिने आयोजकले जनाएको छ । मेलाको उदघाटन सत्रमा विभिन्न संघसंस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, सर्वसाधारण लगायतको सहभागिता रहेको थियोे ।


प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP