prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • भ्रष्टाचारका उजुरी फस्र्यौट दर बढ्यो
भ्रष्टाचारका उजुरी फस्र्यौट दर बढ्यो
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २४, २०७९ बागेश्वरी पोस्ट
भ्रष्टाचारका उजुरी फस्र्यौट दर बढ्यो

नेपालगञ्ज । भ्रष्टाचारका उजुरी फस्र्यौट दर बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले अन्तर्राष्ट्रिय अख्तियार दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा पछिल्ला बर्षहरुमा भ्रष्टाचारका उजुरी फस्र्यौट दर बढेको बताएको हो ।

उसले प्रस्तुत गरेको तथ्यांकमा गत आर्थिक बर्षमा फस्र्याैट दर ६९.५९ प्रतिशत देखिएको छ । जबकि अघिल्लो आर्थिक बर्ष ०७७/७८ मा ६४.५३ र ०७६/७७ मा ४४.३५ प्रतिशत उजुरी फस्र्यौट भएको तथ्यांक छ । बाँके, बर्दिया, दाङ र रोल्पा कार्य क्षेत्र रहेको कार्यालयले गत वर्ष ७५३ उजुरीमा ५२४ उजुरी फस्र्यौट गरेको जनाइएको छ ।

कार्यालय प्रमुख विजयराज पौडेलले उजुरी फस्र्यौटलाई प्राथमिकतामा राखेर तदारुकताका साथ काम गरिरहेकाले फस्र्यौट दर बढेको बताए। यद्यपि जनशक्ति अभावले सोचे अनुरुप प्रगति अझै हासिल हुन नसकेको पौडेलको भनाई छ । उनले उजुरी पर्दैमा डराउनु नपर्ने भन्दै गलत काम आजैदेखि नगर्ने प्रण गर्नुपर्नेमा जोड दिए । उनले प्रमाण पुष्टि नहुने खालका उजुरीमा मुद्दा नचलाइने पनि स्पष्ट पारे ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कर्तब्यपालनाका क्रममा नियत सफा राखे समस्या नपर्ने बताए । उनले कसैको सामाजिक प्रतिष्ठामा आँच आउने गरी नियतबस परेका उजुरीमाथि अनुसन्धान गर्दा ध्यान पुर्याउनुपर्ने बताए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले माइक्रो लेभलमा अनुसन्धानको खाँचो रहेको बताए । उनले गलत कामलाई नाइँ भन्न सक्ने आँट विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यालयका सूचना अधिकारी श्रीधर टण्डनले स्थानीय तहका उजुरी बढी आउने गरेको तथ्यांक प्रस्तुत गरेका थिए । स्थानीय तहका शिक्षा, उपभोक्ता समिति, विकास निर्माण लगायतका विषयमा बढी उजुरी पर्ने गरेको उनले बताए । विभिन्न सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी लगायत उपस्थित कार्यक्रममा सहभागीहरुले विभिन्न सल्लाह सुझाब दिनुका साथै जिज्ञासा पनि राखेका थिए ।  


प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP