नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जका घर विमा गर्ने विषयमा निर्जीवन विमा कम्पनीहरुसंग छलफल
नेपालगञ्जका घर विमा गर्ने विषयमा निर्जीवन विमा कम्पनीहरुसंग छलफल
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर २५, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जका घर विमा गर्ने विषयमा निर्जीवन विमा कम्पनीहरुसंग छलफल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका भित्रका घर तथा संरचनाहरुको विमा गर्ने विषयमा आज निर्जीवन विमा कम्पनीका प्रतिनिधिहरुसंग छलफल गरिएको छ । नेपालगञ्जमा आज आयोजित 'निर्जीवन विमा कम्पनी तथा स्थानीय सरकारका बीचमा विमा निर्देशिका सम्बन्धि समन्वयात्मक बैठक' मा नेपालगञ्ज भित्रका घर तथा संरचनाहरुको विमा गर्ने विषयमा छलफल गरिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत आयोजित उक्त समन्वयात्मक बैठकमा विपतपछि सिर्जना हुने अवस्थालाई मध्यनजर गर्दै पीडितलाई विश्वसनीय र सामयिक आर्थिक राहत प्रदान गर्न निर्जीवन विमा कम्पनीहरुसंग सहकार्य गर्ने विषयमा छलफल गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । 

No description available.

छलफलमा निर्जीवन विमा कम्पनीका प्रमुख एवम् प्रतिनिधिहरुले निश्चित मापदण्ड, कार्यविधि र संयन्त्र बनाएर अगाडि बढ्न सकिने बताए । उनीहरुले भत्किन लागेका घर वा संरचनाहरु विमाको दायरामा नआउने स्पष्ट पार्दै कुनै बाह्य शक्ति (External Force) वा विपतले निम्त्याएको क्षतीमा भने राहत पाउने गरी विमा हुने बताए । उनीहरुले अधिकांश ठूला घर र संरचनाहरुको विमा भइसकेको जानकारी गराउँदै गरिब विपन्न तथा कम लगानीमा बनेका घरहरुलाई समेट्ने गरी कार्यविधि र कार्ययोजना बनाउनुपर्ने सुझाब दिए । विमा कम्पनी र नेपालगञ्ज उपमहानगरपालिकाका बीचमा 'पब्लिक-प्राइभेट मोडल' मा सहकार्य गर्न सकिने बताए । 

नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य एवम् पूर्वाधार विकास समितिका संयोजक बसन्तकुमार कनौजियाले वडा नम्बर ३ र ७ विपत (भूकम्प) को उच्च जोखिममा रहेकाले तत्काल ती ठाउँहरुबाट विमाको थालनी गर्ने गरी सहकार्य गर्न सकिने बताए । उनले जोखिमयुक्त ठाउँहरुमा स्थलगत अध्ययन गरेर अवस्था विश्लेषण गर्नुपर्ने बताए । कनौजियाले नागरिकलाई विपतपछि हुने क्षतीको मारबाट जोगाउन विमा जरुरी रहेको बताए । 

No description available.

त्यसक्रममा युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले नेपालगञ्जमा सम्भावित विपत, आवश्यक पूर्व तयारी, जोखिम न्यूनीकरणका उपाय र निर्जीवन निर्जीवन कम्पनीहरुसंगको सहकार्यका विषयमा प्रस्तुतिकरण गरेका थिए । आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले सहजीकरण गरेको बैठकमा वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द रेग्मी, नेपालगञ्ज उपमहानगरपालिकाका उप-सचिव गोर्खबहादुर थापा, इन्जिनियरहरु सुरज शर्मा, भुपेन्द्र बोहरा, निमेश शर्मा, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, कार्यपालिका सदस्यरुहरु, करिब एक दर्जन निर्जीवन विमा कम्पनीका प्रमुख एवम् प्रतिनिधि लगायत उपस्थित थिए । 

पुष ७ गते विहिबार अब फेरि अर्को बैठक बसेर निष्कर्षमा पुग्ने गरी छलफललाई निरन्तरता दिइने बताइएको छ । 


प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
कमिटको वार्षिक सामाजिक लेखा परीक्षण
कमिटको वार्षिक सामाजिक लेखा परीक्षण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP