prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'विपत' योजना बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका, निजी क्षेत्रसंग छलफल
'विपत' योजना बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका, निजी क्षेत्रसंग छलफल
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर २६, २०७९ बागेश्वरी पोस्ट
'विपत' योजना बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका, निजी क्षेत्रसंग छलफल

नेपालगञ्ज । 'विपतमा निजी क्षेत्र' को भूमिकाका विषयमा नेपालगञ्जमा छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बनाइरहेको आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण प्रक्रियामा निजी क्षेत्रको भूमिकाका विषयमा आज आयोजित छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले सहकार्य, समन्वय र सहयोगका लागि आफूहरु सधैं तत्पर रहेको बताएका छन् । 

paribartan 1

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत गरिएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । 

No description available.

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाको वातावरण तथा विपत समिति सदस्य एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंहले निजी क्षेत्रबाट आएका सल्लाह, सुझाब र पृष्ठपोषणलाई योजनामा समेटेर अघि बढ्न नेपालगञ्ज उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए । नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जिवी ओलीले विपत पूर्व तयारी र प्रतिकार्यका लागि निजी क्षेत्र हातेमालो गर्न सधैं प्रतिबद्ध रहेको बताउँदै बनेका नीति नियम र कानुन कार्यान्वयनमा भने गम्भीर बन्नुबर्नेमा जोड दिए । उनले विगतमा विपतका बेला निजी क्षेत्रले खेलेको भूमिकाको स्मरण गराउँदै आगामी दिनमा पनि तयार रहेको बताए । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धनसिंह सम्झनाले विपत जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्न सबैको हातेमालो आवश्यक रहेको उल्लेख गरे । 

No description available.No description available.

युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले नेपालगञ्जमा सम्भावित विपत, आवश्यक पूर्व तयारी, जोखिम न्यूनीकरणका उपाय र निजी क्षेत्रसंगको सहकार्य तथा सुपर प्रोजेक्टका गेहेन्द्र बमले आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण प्रक्रियामा निजी क्षेत्रको भूमिकाका विषयमा प्रस्तुतिकरण गरेका थिए । निदालले नेपालगञ्ज भूकम्पको उच्च जोखिममा रहेको तथ्य प्रस्तुत गर्दै पूर्व तयारी र प्रतिकार्यका लागि समयमै सबैको हातेमालो आवश्यक रहेको बताए । उनले ३० बर्ष पुराना घरहरु बढी रहेको र घना बस्ती भएका कारण नेपालगञ्जका ३ र ७ नम्बर वडा बढी जोखिममा रहेको बताए ।  बमले ७ रेक्टर स्केल भन्दा माथिको भूकम्प गएमा ७० देखि ८० प्रतिशत घर ध्वस्त हुने अवस्था रहेको चित्रण गरे ।  

छलफल कार्यक्रमको अध्यक्षता गरेका नेपालगञ्ज उद्योग बाणिज्य संघको विपत समितिका संयोजक श्यामसुन्दर अधिकारीले स्थानीय सरकारसंग सहकार्य गर्न आफूहरु तयारी रहेको बताए । उनले विपत योजना निर्माणमा निजी क्षेत्रको अर्थपूर्ण सहभागिताको आवश्यकता औंल्याए । व्यवसायी जिआर भुषाल लगायत सहभागीहले विपतका योजना बनाउँदा निजी क्षेत्रको सल्लाह, सुझाबलाई समेटेर अपनत्व महसुस हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । 

No description available.


प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP