prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकालाई 'लु' प्रतिकार्य योजना हस्तान्तरण
नेपालगञ्ज उपमहानगरपालिकालाई 'लु' प्रतिकार्य योजना हस्तान्तरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २८, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकालाई 'लु' प्रतिकार्य योजना हस्तान्तरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकालाई 'लु' प्रतिकार्य योजना हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धनसिंह सम्झनाले नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख कमरुद्दिन राईलाई 'लु' प्रतिकार्य योजना २०२३ हस्तान्तरण गरेका हुन् ।

फिनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नेपालगञ्जका २३ वटै वडामा 'लु' परियोजना (Heat Wave Project) सञ्चालन गरेको छ । मुलुकमै पहिलोपटक 'गर्मी प्रभावित सहर नेपालगञ्ज' मा २०२१ देखि यो कार्यक्रम शुरु गरिएको हो । 'लु' चलेको समय, 'लु' पूर्व र 'लु' पछिको अवस्थामा गर्नुपर्ने कार्यहरु समेटेर तत्कालीन र दीर्घकालीन योजनाहरु तयार गरिएको छ । नेपालगञ्जको सन्दर्भमा ६ वा त्यो भन्दा बढी दिनसम्म लगातर ३८ डिग्री सेल्सियस भन्दा माथि तापक्रम रहिरहेमा 'लु' चलेको मानिन्छ । 

कार्यक्रममा बोल्दै कार्यबहाक नगर प्रमुख राईले 'लु' प्रतिकार्य योजना नेपालगञ्ज उपमहानगरपालिका र २३ वटै वडाहरुका लागि मार्गदर्शकका रुपमा रहने भन्दै त्यसै अनुरुप कार्यान्वयन पक्षलाई मजबुत बनाउन प्रतिबद्ध रहने बताए । उनले 'लु' नेपालगञ्जको प्रकोपका रुपमा रहेको बताउँदै दीर्घकालीन योजना स्वरुप हरियाली प्रबद्र्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । 

No description available.

कार्यक्रममा रेडक्रस बाँकेका सभापति गोबद्र्धनसिंह सम्झना, रेडक्रसका उपनिर्देशक दोलखबहादुर डाँगी, फिनिस रेडक्रसकी प्रतिनिधि कल्पना रिजाल, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जिवी ओली, भेरी अस्पतालका चिकित्सक डा.लक्ष्मण सिग्देल, बासका शिवकुमार बर्मा लगायतले 'लु' लाई प्रकोपका रुपमा बुझ्दै यसबाट जोगिन पूर्व तयारी र सचेतना जरुरी रहेको बताए । यससंग जुध्न तत्कालीन र दीर्घकालीन कार्ययोजनाका साथ अघि बढ्नुपर्ने सुझाए । 

No description available.

'लु' परियोजनाकी परामर्शकर्ता आश्मा सुवेदीले प्रतिकार्य योजनाका विषयमा प्रस्तुतिकरण गरेको कार्यक्रमको सहजीकरण रेडक्रसका झबिलाल शर्माले गरेका थिए । कार्यक्रममा रेडक्रस बाँके शाखाका मन्त्री अजिज अहमद सिद्दिकी, नेपालगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य लगायतको उपस्थिति थियो ।

No description available.


प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP