prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विद्यालय भवन बनाउन भूमीपुजन, आधारभूत स्वास्थ्य केन्द्र पनि उद्घाटन
विद्यालय भवन बनाउन भूमीपुजन, आधारभूत स्वास्थ्य केन्द्र पनि उद्घाटन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २८, २०७९ बागेश्वरी पोस्ट
विद्यालय भवन बनाउन भूमीपुजन, आधारभूत स्वास्थ्य केन्द्र पनि उद्घाटन

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय चन्नहवाको चार कोठे पक्की भवन बन्ने भएको छ । राष्ट्रपति  शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा करिव ४५ लाखको लागतमा चार कोठे पक्की भवन बन्ने भएको हो । उक्त भवनका लागि भूमीपुजन गरिएको छ ।

paribartan 1

आज विहान ८ः ४५ बजेको उत्तम साइतमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, वडा अध्यक्ष दिपेन्द्रकुमार चौधरी लगायतले भूमिपुजन गरेको विद्यालयका प्रधानाध्यापक भोजेन्द्र वलीले जानकारी दिए । १ सय ९१ विद्यार्थी अध्ययनरत यो विद्यालयमा भवनको अभाव छ । एउटा जीर्ण र जस्तापाताले छाएको भवनमा विद्यार्थीहरु जोखिमपूर्ण तरिकाले अध्ययन गर्न बाध्य छन् । सुविधा सम्पन्न ४ कोठे पक्की भवन निर्माण हुने भएपछि विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने नगर विद्यालयका प्रअ वलीको भनाई छ ।

नगर प्रमुख आचार्यले कोहलपुर नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्ने गरी आफूहरु लागि परेको बताए । उनले कोहलपुरका सामुदायिक विद्यालयको भौतिक संरचना सुधारदेखि जनशक्ति व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको बताए ।

भूमीपुजन कार्यक्रममा नगर शिक्षा समितिका सदस्य वीरेन्द्रबहादुर शाह, नेपाल राष्ट्रिय शिक्षक महासंघका बाँके अध्यक्ष पवन यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीताराम थारु, पूर्व अध्यक्ष लौटन थारु लगायतको उपस्थिति रहेको थियो ।

आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन

बाँकेको कोहलपुर नगरपालिका १२ स्थित आधारभूत स्वास्थ्य केन्द्रको आज उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले केन्द्रको उद्घाटन गरेका हुन् । 

वडा नम्वर १२ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहको सभापतित्वमा भएको केन्द्र उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख आचार्यले स्वास्थ्य केन्द्रले आमसर्वसाधरणलाई सहज र सरल ढंगले उपचार प्रवाह गर्ने विश्वास व्यक्त गरे । उनले कोहलपुर नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुको पूर्वाधार निर्माण, उपकरणदेखि जनशक्ति व्यवस्थापनको पाटोलाई सुदृढ गर्ने गरी आफूहरु लागिरहेको बताए । 

भएका संरचना, उपकरण र सीपको अधिकतम् प्रयोग गरेर आम नागरिकहरुले पाउनुपर्ने आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न पनि उनले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए । यस्तै कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले केन्द्रले भोलिदेखि सरकारद्वारा तोकिएका ३५ प्रकारका औषधि विरामीले निःशुल्क प्राप्त गर्ने बताए । 

उनले विरामीको उपचार, चेकजाँच, काउन्सिलिङ लगायतका काम अब केन्द्रबाट हुने बताए । प्रयोगशाला, ल्यावसहितको केन्द्रले वडाबासीलाई धेरै राहत पुर्याउने उनको भनाई थियो । वडा सदस्य समरबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम ढकाल, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतको पनि उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP