नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अगैयामा खुल्यो हिमालयन बैंकको काउण्टर
अगैयामा खुल्यो हिमालयन बैंकको काउण्टर
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १, २०७९ बागेश्वरी पोस्ट
अगैयामा खुल्यो हिमालयन बैंकको काउण्टर

राप्तीसोनारी (बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा हिमालयन बैंक लिमिटेडको विस्तारित काउण्टर खुलेको छ । राप्तीसोनारी वडा नम्बर ८ शमशेरगञ्जमा रहेको हिमालयन बैंकको शाखाको काउण्टर आज खुलेको हो । 

हिमालयन बैंकका लुम्बिनी प्रदेश प्रमुख अनुसुया बस्नेतको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले उक्त काउण्टरको उद्घाटन गरेका हुन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेलले वडा नम्बर ६ र ७ का स्थानीयका लागि पनि हिमालयन बैंकले केही विकल्प खोज्नुपर्ने बताउँदै सो क्षेत्रमा पनि काउण्टर विस्तारका लागि अनुरोध गरे । 

‘हिमालयन बैंकले गाउँपालिकाको वडा नम्बर ६ र ७ का जनतालाई पनि सेवा प्रदान गर्नका लागि सो क्षेत्रमा काउण्टर विस्तार गर्न पनि अनुरोध गर्दछु,’ उनले भने,  ‘यसमा पालिकाले गर्नुपर्ने जे सहयोग हुन्छ, त्यो सहयोग गर्न हामी पूर्णरुपले तत्पर छौं ।’

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख बस्नेतले राप्तीसोनारी गाउँपालिकामा सहजरुपले सामाजिक सुरक्षा भत्ता वितरण गर्न र राजस्व संकलन गर्ने उद्देश्यले अगैयामा हिमालयन बैंकको काउण्टर खोलिएको बताइन् । हिमालयन बैंकको शमशेरगञ्जमा रहेको शाखाबाट गाउँपालिकाको वडा नम्बर २, ८ र ९ का स्थानीयले मात्र सहजरुपमा सेवा लिन सकेका थिए भने अन्य वडाका स्थानीयका लागि अगैयामा नयाँ काउण्टर खोलिएको उनले बताइन् । वडा नम्बर ६ र ७ का स्थानीयका लागि पनि काउण्टर विस्तार गर्नका लागि पालिकाले सहयोग गरे आफूहरुले त्यसको पहल थाल्ने बस्नेतको भनाई थियो । 

अब अगैंया काउण्टरले सामाजिक सुरक्षा भत्ता र राजश्व मात्र नभएर सो क्षेत्रका जनताको लागि बचत र अन्य सुविधा पनि प्रदान गर्ने हिमालयन बैंक अगैया काउण्टरका कर्मचारी केशवराज खत्रीले जानकारी दिए । त्यसैगरी अगैया काउण्टर उद्घाटन समारोहमा हिमालयन बैंकले विद्यार्थीलाई विभिन्न किसिमका शैक्षिक सामग्री वितरण गरेको छ । अगैयामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ६५ जना विद्यार्थीलाई ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री बैंकले वितरण गरेको हो । 

बैंकका कर्मचारी खत्रीका अनुसार बैंकले १ सय टि–सट, ३ सय ५० थान कपी र ५०० पिस कलम वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत सो शैक्षिक सामग्री वितरण गरेको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्री, राप्तीसोनारी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष सालिकराम डाँगी, वडा नं ९ का वडाध्यक्ष सोहनलाल थारु, राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP