prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि डुडुवामा बजेट सार्वजनिक
आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि डुडुवामा बजेट सार्वजनिक
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस ४, २०७९ बागेश्वरी पोस्ट
आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि डुडुवामा  बजेट सार्वजनिक

डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाको चालू आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज बसेको १२औं गाउँसभाले एउटा विधियेक, नीति तथा कार्यक्रम र रु. ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । 

No description available.

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, वन तथा बातावरण, विकास निर्माण लगायतका १८ बुँदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कन्या मुद्दती शिक्षा योजना, संस्कृत भाषा, अवधि भाषा र उर्दु भाषाको संरक्षण र संवर्द्धनको लागि मातृभाषाका गुरु/शिक्षक/सहजकर्तामार्फत मातृभाषाको संरक्षण र विकासमा जोड, एसइई उत्तीर्ण डुडुवा गाउँपालिकाका सबै छात्राहरुलाई प्रति छात्रा एउटा साइकल प्रदान गरी थप अध्ययनको लागि प्रोत्साहित, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ्ग संचालन तथा प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च ,मस्जिद एवं गुरुद्वाराहरुको संरक्षण, मर्मत सम्भार तथा पुनःनिर्माण गरी पर्यटकीय क्षेत्रहरुका विकास, राप्ती नदी किनारमा  स्नानघर र आर्यघाट व्यवस्थितरूपमा संचालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण, आवधिक योजना, क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयनमार्फत गाउँपालिकाको समग्र विकास, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घर घर पशुसेवा कार्यक्रम, वडा वडामा प्रयोगाशाला सुविधा, टोलटोलमा घटनादर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता लगायत समेटेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

यसैगरी ’ग’ र ’घ’ वर्गका अशक्त अपांगहरुलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता, गाउँपालिकाको वनकट्टीमा नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रवाहलाई नियमित सहज, सूचना प्रविधिमैत्री, अशक्तमैत्री र सेवाग्राहीमैत्री, भूमिहिन सुकुमबासी तथा अब्यवस्थित बस्तीलाई प्रचालित भूमि ऐन बमोजिम कार्य प्रक्रिया अगाडि बढाउने, बाढी र डुवानको उच्च जोखिममा रहेको वस्तीहरुमा तटबन्धनको व्यवस्था, डुडुवा गाउँपालिका वडा नं–६ महाउत टोलमा सात सय मेटिक टन क्षमताको कोल्ड स्टोर निर्माण चालू आर्थिक बर्षमै सम्पन्न गरी किसानहरुको आलु विउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण आत्मनिर्भरमा बनाइनेछ ।

साथै डुडुवा–२ मा स्थापना भएको बिउ भण्डारण तथा प्रशोधन केन्द्रलाई संचालन, पशुपति मा.वि. नौरीगौडीमा गाउँपालिका स्तरीय क्याम्पस स्थापनाको लागि जग्गा प्राप्तिको आवश्यक प्रवन्ध गरिनेछ । साथै डुडुवामा रहेका सबै सामुदायिक बिद्यालयहरु र बालविकास केन्द्रहरुमा अंग्रेजी माध्यमबाट पाठपाठन सिकाई कार्यमा जोड दिनेछ । प्रयोगशाला नभएका वडाहरु वडा नं १, ३ र ४ मा क्रमशः प्रयोगशाला स्थापना गरिनेछ र न्यूनतम दरमा सवै डुडुवावासीहरुलाई वडास्तरमा स्वास्थ्य परिक्षणको पहुँचमा वृद्धि गरिनेछ । 

कृषि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्क रुपमा वितरण कार्यलाई निरन्तरता, कृषिको उत्पादन क्षेत्र विस्तार गर्न अन्य निकाय समेतको सहकार्यमा सिञ्चित क्षेत्रमा विस्तार गरिनेछ । उन्नत पशु स्रोत केन्द्रको विकास गर्न कृत्रि गर्भाधान कार्यक्रमबाट नश्ल सुधार गरी कृषकको आम्दानीमा वृद्धि गर्ने लगायत रहेको छ । सभामा डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०७९ प्रस्तुत गरिएको थियो । आज प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि थप छलफल गर्न भोली मंगलबार दिउँसो पुनँ बैठक बस्ने गाउँपालिका अध्यक्ष चौधरीले बताए । 

गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा र मोहनराम मिश्र, सम्पूर्ण वडा सदस्य, कार्यपालिका सदस्य लगायत सबैको सहभागिता रहेको थियो । 

आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि डुडुवा गाउँपालिकाले आज आफ्नो १२औं गाउँसभा गरेको हो । यसअघि समयमा गाउँसभा नहुँदा सबै सेवा ठप्प भएका थिए । 

No description available.


प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  २०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP