नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारी र नरैनापुरका लागि योजना माग्दै 'नमुना'
राप्तीसोनारी र नरैनापुरका लागि योजना माग्दै 'नमुना'
बागेश्वरी पोस्ट
मंगलबार, पुस ५, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारी र नरैनापुरका लागि योजना माग्दै 'नमुना'

नेपालगञ्ज । राप्तीसोनारी र नरैनापुरमा विकासका योजना माग्दै प्रदेश सांसद कृष्णा केसी (नमुना) ले संघीय सरकारका विभिन्न मन्त्रालयमा योजनाहरु पेश गरेकी छिन् । काठमाण्डौ पुगेकी उनले अर्थमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर दुई पालिकाका विकासे योजनाहरु पेश गरेकी हुन् ।

उनले मन्त्रीसमक्ष आफ्नो निर्वाचन क्षेत्रमा चार स्थानमा पक्की पुल, दुई स्थानमा झोलुंगे पुल, चार स्थानमा एकीकृत बस्ती विकास, दुई वटा विद्यालयको भवन निर्माण, तीन हजार पाँच सय घरधुरीका फुसका छाना हटाउन बजेट, १६ किलोमिटर पक्की नाली निर्माण लगायतका योजनाहरु पेश गरेकी छन् । ‘मैले राप्तीसोनारी र नरैनापुरका लागि १७ बुँदामा योजनाहरु राखेर दुवै मन्त्रालय तथा अन्य केही विभागहरुमा पेश गरेकी छु । मन्त्रीज्यूहरुसँग समेत यहाँको विकास निर्माणको बारेमा छलफल भयो,’ काठमाण्डौमा रहेकी सांसद नमुनाले टेलिफोनमा भनिन् । 

आफूले पेश गरेका योजनाहरुको बारेमा दुवै मन्त्रीहरु सकारात्मक रहेको भन्दै केही योजनाहरुमा बजेट केही दिनमै अर्थ मन्त्रालयबाट सुनिश्चित हुने उनले दाबी गरिन् । अहिलेसम्म योजनामा समावेश नभएका यहाँका विभिन्न योजनालाई योजनामा समावेश गरेर बजेट विनियोजन गरिदिन आफूले मन्त्रीहरुलाई आग्रह गरेको सांसद नमुनाले बताइन् । उनले बाँसखुली हुँदै दाङको भौवा नाका जोड्ने सडकको लागि राप्ती नदीमा, नरैनापुरको दोन्द्रा नालामा, कचनापुरको साइरन टावर नालामा र बेलबासदेखि राजपुर जोड्नको लागि परुवा खोलामा पक्की पुल निर्माणको लागि योजना र बजेटको लागि माग पेश गरेकी छिन् ।
फुसको छानो हटाउने कार्यक्रम अनुसार सुरक्षित आवास कार्यक्रम अन्तर्गत नरैनापुरमा दुई हजार, राप्तीसोनारीमा एक हजार र कोहलपुरमा पाँच सय घर निर्माणका लागि बजेट सुनिश्चित गरिदिन अर्थमन्त्री शर्मालाई आग्रह गरिएको उनले बताइन् । ‘फुसका छाना विस्थापित गर्नको लागि सोमबार नै मैले पेश गरेका योजना अनुसार बजेटको लागि अर्थमा फाइल गइसकेको छ,’ सांसद नमुनाले जानकारी दिँदै भनिन्, ‘एक दुई दिनमै अर्थ मन्त्रालयले बजेट सुनिश्चित गर्छ होला  ।’

राप्तीसोनारीको वडा नम्बर ४, ५ र ७ तथा नरैनापुरको ५ नम्बर वडामा एकीकृत बस्ती विकास र निर्माण गर्नका लागि सहरी विकास मन्त्री चौधरीलाई उनले आग्रह गरेकी थिइन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कुम्भर र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धामपुरमा ६÷६ कोठे भवन तथा सहिद स्मृति सामुदायिक भवन निर्माणको लागि बजेट सुनिश्चित गरिदिनका लागि अर्थ मन्त्री शर्मासँग सांसद नमुनाले छलफल गरेकी हुन् । 

बाँके क्षेत्र नम्बर १ लुम्बिनी प्रदेशसभा १ का मा पर्ने वडाहरुमा १६ किलोमिटर पक्की नाली निर्माण, मोरङ्गा खोलामा तीन किलोमिटर तटबन्धका लागि समेत बजेट दिन अर्थमन्त्रीसँग उनले आग्रह गरेकी छन् । लुम्बिनी प्रदेश सरकारबाट समेत आफ्नो क्षेत्रमा विभिन्न योजनाहरु परेको भन्दै सांसद नमुनाले त्यतिले मात्र नपुगेर विकास माग्दै आफू काठमाण्डौ पुगेको बताइन् । ‘प्रदेश सरकारले दिने बजेटले मात्र राप्तीसोनारी र नरैनापुरको विकास हुन सक्दैन,’ उनले भनिन्, ‘मलाई त्यहाँका जनताले यसले केही गर्छे भनेर दोस्रोपटक जिताएर पठाएका छन् । जनताकै योजना बोकेर काठमाण्डौमा मन्त्रालयका ढोका ढोकामा पुगिरहेकी छु ।’ सांसद नमुनाले केही दिन अघि मात्र लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयमा पुगेर राप्तीसोनारी र नरैनापुरका लागि थप योजना र बजेट विनियोजन गर्न लगाएकी थिइन् ।


प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP