prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवाद्वारा नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतरुपमा पारित   
डुडुवाद्वारा नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतरुपमा पारित   
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस ५, २०७९ बागेश्वरी पोस्ट
डुडुवाद्वारा नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतरुपमा पारित   

डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाउँपालिकाको आज बसेको १२औं गाउँसभाले एउटा विधियेक, नीति तथा कार्यक्रम र रु. ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सर्वसम्मतरुपमा पारित गरेको हो ।  हिजो प्रस्तुत भएको नीति कार्यक्रम र बजेटमाथि आज बसेको पुनः बैठकमा छलफल गरी सर्बसम्मत रुपमा पारित भएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, वन तथा बातावरण, विकास निर्माण लगायतका १८ बुँदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

paribartan 1

कन्या मुद्दती शिक्षा योजना, संस्कृत भाषा, अवधि भाषा र उर्दु भाषाको संरक्षण र सम्बद्र्धन, एसइई उत्तीर्ण डुडुवा गाउँपालिकाका सबै छात्राहरुलाई प्रति छात्रा एउटा साइकल प्रदान गरी थप अध्ययनको लागि प्रोत्साहित, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ्ग संचालन तथा प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च ,मस्जिद एवं गुरुद्वाराहरुको संरक्षण, मर्मत संभार तथा पुनःनिर्माण गरी पर्यटकीय क्षेत्रहरुका विकास, राप्ती नदी किनारमा स्नान घर र आर्यघाट व्यवस्थितरूपमा संचालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण, आवधिक योजना, क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयनमार्फत गाउँपालिकाको समग्र विकास, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघर पशुसेवा कार्यक्रम, वडा वडामा प्रयोगाशाला सुविधा, टोलटोलमा घटनादर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । 

यसैगरी ’ग’ र ’घ’ वर्गका अशक्त अपांगहरुलाई त्रैमासिकरुपमा सामाजिक सुरक्षा भत्ता, गाउँपालिकाको वनकट्टीमा नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रावाहलाई नियमित सहज, सूचना प्रविधिमैत्री, अशक्तमैत्री र सेवाग्राहीमैत्री, भूमिहिन सुकुम्बासी तथा अब्यवस्थित बस्तीलाई प्रचालित भूमि ऐन बमोजिम कार्य प्रक्रिया अगाडि बढाउने, बाढी र डुवानको उच्च जोखिममा रहेको वस्तीहरुमा तटबन्धनको व्यवस्था, डुडुवा गाउँपालिका वडा नं–६ महाउत टोलमा सात सय मेटिक टन क्षमताको कोल्ड स्टोर निर्माण चालू आर्थिक बर्षमै सम्पन्न गरी किसानहरुको आलु विउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण आत्मनिर्भरमा बनाइनेछ । कृषि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्करुपमा वितरण, उन्नत पशु स्रोत केन्द्रको विकास गर्न कृत्रिम गर्भाधारण, नश्ल सुधार गरी कृषकको आम्दानीमा वृद्धि गर्ने लगायत रहेको छ । 

सभामा विधियेक समितिका संयोजक सम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०७९ प्रस्तुत गरेका थिए । हिजो प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि आज थप छलफल गरी सर्बसम्मतरुपमा पारित गरिएको गाउँपालिका अध्यक्ष चौधरीले बताए । 
    
 


प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP