prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जका इलेक्ट्रिसियनलाई विद्युतीय आगलागी न्यूनीकरण सम्बन्धि तालिम
नेपालगञ्जका इलेक्ट्रिसियनलाई विद्युतीय आगलागी न्यूनीकरण सम्बन्धि तालिम
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस ५, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जका इलेक्ट्रिसियनलाई विद्युतीय आगलागी न्यूनीकरण सम्बन्धि तालिम

नेपालगञ्ज । नेपालगञ्जका इलेक्ट्रिसियनहरुलाई विद्युतीय आगलागी न्यूनीकरण र सुरक्षा सम्बन्धि तालिम दिइएको छ । तीन दिने तालिममा विद्युतीय आगलागीको बढ्दो जोखिमलाई कम गर्न अपनाउनुपर्ने पूर्व सावधानीका बिषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइएको छ । 

paribartan 1

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत 'स्थानीय विद्युतकर्मी तथा विक्रेताका लागि विद्युतजन्य विपद सुरक्षा तालिम' आयोजना गरिएको हो । नेपालगञ्ज क्षेत्रमा भएका अधिकांश आगलागीका घटना विद्युतकै कारण भएकाले त्यसको न्यूनीकरणका लागि इलेक्ट्रिसियन र विद्युतीय सामग्री विक्रेताहरुलाई तालिम दिइएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । 

भेरी प्राविधिक शिक्षालयमा कार्यरत इलेक्ट्रिकल इन्जिनियर सन्दिप डुम्रे मुख्य प्रशिक्षक रहेको तालिममा वाइरिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु, सामानको गुणस्तर पहिचान, वाइरिङ गर्दा थाहा पाउनै पर्ने सैद्धान्तिक र प्राविधिक ज्ञान, विद्युतीय सामग्रीहरु सुरक्षित राख्न जडान गर्नैपर्ने नयाँ नयाँ उपकरण, विद्युतीय सचेतना लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा भेरी प्राविधिक शिक्षालयका प्रेम शेर्पा र नेपाल विद्युत प्राधिकरणका हिरामणि घर्ती मगरले पनि सहजीकरण गरेका थिए ।  

तीन दिने तालिमको आज समापन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सदरलाइन शाखाका सभापति ओमप्रकाश आजादको सभापतित्वमा भएको समापन कार्यक्रममा तालिममा सहभागी २५ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले कम गुणस्तरका सामग्रीहरुको प्रयोगले दुर्घटना निम्तिन्छ भन्ने तथ्यलाई ध्यानमा राखेर सबै सचेत हुनुपर्नेमा जोड दिए । उनले जोखिम न्यूनीकरणका लागि प्रभावकारी अनुगमन संयन्त्र पनि आवश्यक देखिएको बताए । पूर्वाधार विकास समिति संयोजक बसन्तकुमार कनौजियाले गुणस्तरीय र व्यवस्थित वाइरिङ अनिवार्य शर्त भएको बताए ।

No description available.

नेपाल रेडक्रस सोसाइटी बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आगलागी सहरी क्षेत्रको प्रमुख विपतका रुपमा रहेकाले यसको न्यूनीकरणका लागि घरधनी स्वयम् र विद्युतकर्मीहरुले विशेष ध्यान दिनुपर्ने बताए । इलेक्ट्रिसियन एसोसियसन नेपालगञ्जका अध्यक्ष दिपक खनालले आफूहरुले लामो समयदेखि वाइरिङ गर्दै आइरहेको भएपनि धेरैजसो विषयहरुमा सैद्धान्तिक ज्ञान नभएको अवस्थामा तालिम निकै फलदायी भएको बताए । 

समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका विपत समिति संयोजक समिरप्रताप सिंह, रेडक्रसकी निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल लगायत उपस्थित थिए । 

No description available.

No description available.


प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP