नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'गैरपत्रकार'को सदस्यता र स्थानान्तरण रोक्न प्रेस युनियनको दवाव
'गैरपत्रकार'को सदस्यता र स्थानान्तरण रोक्न प्रेस युनियनको दवाव
बागेश्वरी पोस्ट
बिहीबार, पुस ७, २०७९ बागेश्वरी पोस्ट
'गैरपत्रकार'को सदस्यता र स्थानान्तरण रोक्न प्रेस युनियनको दवाव

नेपालगञ्ज । 'गैरपत्रकार'को सदस्यता र स्थानान्तरण रोक्न नेपाल प्रेस युनियन बाँकेले दवाव दिएको छ । नेपाल पत्रकार महासंघ बाँकेलाई आज ध्यानाकर्षण पत्र बुझाउँदै युनियनले यस्तो दवाव दिएको हो । सदस्यता शुद्धिकरणका बारेमा गहन बहस चलिरहेका बेलामा महासंघ बाँकेमा अन्यत्रबाट सदस्यता स्थानान्तरण तथा प्रक्रिया नपु¥याइएर गरिएको सदस्यता सिफारिसलाई कायम भएको दावी गर्दै नवीकरण गर्नुपर्ने माग केही पक्षबाट उठाइएकोमा युनियनले आपत्ति प्रकट गरेको छ।

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले महासंघका अध्यक्ष दामोदर भण्डारीलाई बुझाएको उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘पत्रकारिता क्षेत्रमा क्रियाशील भएका प्रत्येकले विधिसम्मत तरिकाबाट महासंघको सदस्यता पाउनुपर्ने र महासंघले पनि यथार्थ पत्रकारलाई बिना पूर्वाग्रह सदस्यता प्रदान गर्नुपर्ने मान्यताको यस संगठन सदैव पक्षपाती छ । तर,  ‘गैरपत्रकार’ लाई सदस्यता प्रदान गरेर महासंघको गरिमामाथि प्रश्न उठाउने र छताछुल्ल बनाउने मौका कसैलाई पनि दिने कुरा प्रति हाम्रो विमति नै रहन्छ ।’

महासंघमा सदस्यता विवादले केही वर्षदेखि बरोबर निरन्तरता पाउँदै आएको परिप्रेक्ष्यमा ‘गैरपत्रकार’ लाई महासंघको सदस्य बनाउन विभिन्न उपाय अवलम्बन गरिनु नितान्त भोटको राजनीति गर्ने गणितीय खेलका अतिरिक्त केही नभएको भनेर विगतमा सुनिने गरिएका प्रतिक्रियातर्फ पनि पुनर्विचार गरिनुपर्ने युनियन बाँकेको आग्रह छ ।

‘बाँकेमा सञ्चार क्षेत्रमा कतै नदेखिएका व्यक्तिको महासंघ सदस्यका लागि स्थानीय वा अन्य जिल्लाबाट आवेदन वा नाम सिफारिस हुनु, एउटै सञ्चार गृहबाट एकै जिल्लामा आधा दर्जन हाराहारीमा कार्यरत रहेको भनी सिफारिस गर्नु र एकमुष्ट स्थानान्तरणको प्रक्रिया अपनाउन खोजिनु, सदस्यता प्रदान गर्ने विधि÷प्रावधान मिचेर एकल व्यक्तिद्वारा आफुखुशी सदस्यता नाम सिफारिस गरिनु जस्ता जानकारीमा आएका क्रियाकलापले पत्रकार महासंघमा सदस्यता प्राप्ति गर्नलाई एकदमै हलुको रुपमा लिएको महसुस गराएको छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

युनियनले नयाँ सदस्यता, सदस्यता स्थानान्तरण र नवीकरण जस्ता विषयमा प्रक्रिया सम्मत तरिकाबाट मात्र निर्णय गरी पत्रकार महासंघलाई गरिमायुक्त बनाउन जोडदार माग गरेको छ । ध्यानाकर्षण पत्रमा पत्रकार महासंघ, केन्द्रीय समिति र लुम्बिनी प्रदेश समिति तथा प्रेस युनियन केन्द्रीय समिति तथा युनियन लुम्बिनी प्रदेश समितिलाई बोधार्थ दिइएको छ ।


प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP