नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जका टोलटोलमा घरेलु र विद्युतीय आगलागी नियन्त्रण गर्ने तरिका सिकाइँदै
नेपालगञ्जका टोलटोलमा घरेलु र विद्युतीय आगलागी नियन्त्रण गर्ने तरिका सिकाइँदै
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस ११, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जका टोलटोलमा घरेलु र विद्युतीय आगलागी नियन्त्रण गर्ने तरिका सिकाइँदै

नेपालगञ्ज । नेपालगञ्जका टोलटोलमा घरेलु र विद्युतीय आगलागी नियन्त्रण गर्ने तरिका सिकाइँदैछ । वडा नम्बर ३ र ७ का कम्तीमा १० स्थानमा घरेलु र विद्युतीय आगलागी हुँदा कसरी नियन्त्रणमा लिने भन्ने बारेमा स्थानीयलाई सिकाउन थालिएको हो । स्थानीयकोे सक्रिय सहभागिता र चासो देखिएको अभिमुखीकरण र कृत्रिम अभ्यास कार्यक्रम प्रभावकारी देखिएको छ । 

यसैक्रममा आज वडा नम्बर ३ को एक्लैनी नजिकै घरेलु आगलागीका घटना कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा अभिमुखीकरणसंगै कृत्रिम घटना अभ्यास पनि गराइएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोग र सिडिएमको सहभागितामा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । यो परियोजना वडा नम्बर ३ र ७ मा सञ्चालित छ । 

कृत्रिम घटना अभ्यासलाई चासोपूर्वक अवलोकन गरेका स्थानीयको कार्यक्रममा सक्रिय सहभागिता थियो । त्यसक्रममा ग्यास सिलिण्डर र चुलोमा हुने आगलागी, विद्युत सर्ट भएर लाग्ने आगो, तारहरुको व्यवस्थापन लगायतका विषयमा स्वयम् स्थानीयलाई अभ्यासमा सरिक गराएर कृत्रिम अभ्यास गराइएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । 

No description available.

कृत्रिम अभ्यासालाई अभिरुचीपूर्वक नियालिरहेकी स्थानीय सुवेदा फरहिनले आफूहरुले घरेलु आगलागी नियन्त्रण सम्बन्धि नयाँ कुरा सिकेर स्वयम् आफूहरुले कृत्रिम अभ्यास गर्न पाएको भन्दै खुसी ब्यक्त गरिन् । "आगलागी भएपछि हामीहरु आत्तिन्छौं, त्यसले पनि धेरै क्षती हुने गरेको अवस्था छ । तर, आजको सिकाईबाट नआत्तिएर सावधानीपूर्वक आगो नियन्त्रणमा लिन सकिन्छ भन्ने मनोबल बढेको छ," फरहिनले भनिन् । 

अर्का स्थानीय अनिता तिवारीले घरेलु आगलागी नियन्त्रणका बिषयमा धेरै नयाँ कुरा सिकिएको बताइन् । कृत्रिम घटना अभ्यास हेर्दाहेर्दै र आफैं त्यसमा सहभागी भएर घरेलु आगलागी नियन्त्रण गर्ने तरिका सिक्दासिक्दै डर त्यसै हराएको गएको तिवारीले बताइन् । उनले अभिमुखीकरण र कृत्रिम अभ्यास कार्यक्रम प्रभावकारी भएको उल्लेख गरिन् । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका विपत समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंहको पनि उपस्थिति थियो ।

No description available.


प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP