नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जका २३ वटै वडा इन्टरनेटको पहुँचमा
नेपालगन्जका २३ वटै वडा इन्टरनेटको पहुँचमा
RSG-2
२३ नम्बर वडामा पनि इन्टरनेट जोडियो
बागेश्वरी पोस्ट
बुधबार, पुस १३, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्जका २३ वटै वडा इन्टरनेटको पहुँचमा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा इन्टरनेटको पहुँच विस्तार भएको छ । अहिलेसम्म इन्टरनेट पहुँच भन्दा बाहिर रहेको नेपालगञ्जको वडा नम्बर २३ मा आजदेखि सेवा विस्तार गरिएसंगै सबै वडामा इन्टरनेटको पहुँच पुगेको हो ।

नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच वडा नम्बर २३ को वडा कार्यालयमा इन्टर सेवा सुभारम्भ गरेसंगै यहाँका २३ वटै वडा डिजिटलाइज भएका छन् । इन्टरनेटको पहुँचमा पुगेसंगै वडा नम्बर २३ ले पनि अब सबै सेवा इन्टरनेटमार्फत प्रवाह गर्नेछ ।

इन्टरनेट शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले उपमहानगरपालिकाभित्र रहेर पनि पछाडि परेको वडा नम्बर २३  लाई डिजिटलाइज गर्न अति आवश्यक महसुस गरेर इन्टरनेटको पहुँचमा पुर्याइएको बताए । उनले वडाको काम अब छिटो छरितो हुने भएपछि स्थानीय लाभान्वित हुने बताए । "तपाईंहरु पनि अब सूचना प्रविधिसंग जोडिनुभएको छ, सूचनाको अधिकार उपभोग गर्न पाउने अवस्था बनेको छ, अब अनलाइनबाट छिटो छरितो काम हुन्छ," नगर प्रमुख विष्टले भने ।

इन्टरनेट जडान भएपछि वडावासी हर्षित भएका छन् । स्थानीय रियाज अन्सारीले अब अनलाइनबाटै सेवा प्रवाह हुने अवस्था बनेको भन्दै खुसी ब्यक्त गरे । उनले यसअघि व्यक्तिगत घटना दर्ता गर्नै तीन दिन लाग्ने गरेकोमा अब सहजै काम हुने विश्वास ब्यक्त गरे । वडा नम्बर २३ मा वर्ल्डलिंकको इन्टरनेट जडान गरिएको सूचना प्रविधि शाखा प्रमुख घनश्याम बर्माले बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २३ का वडा अध्यक्ष जब्बर अलि बेहना, निवर्तमान वडा अध्यक्ष मो.हुसेन शेख लगायतले इन्टरनेट सेवा सुरु भएसंगै स्थानीय लाभान्वित हुने भन्दै खुसी ब्यक्त गरेका थिए ।

त्यसक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वातावरण इन्जिनियर प्रकाश डिसी, वडा नम्बर २३ का वडा सचिव गोरखबहादुर नेपाली, वर्ल्ड लिंकका नेपालगन्ज प्रमुख नवराज शर्मा लगायत उपस्थित थिए ।


प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP