prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • चिसोको जोखिममा रहेका समुदायको पहिचान गरी सूची तयार पारिने
चिसोको जोखिममा रहेका समुदायको पहिचान गरी सूची तयार पारिने
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १३, २०७९ बागेश्वरी पोस्ट
चिसोको जोखिममा रहेका समुदायको पहिचान गरी सूची तयार पारिने

नेपालगञ्ज । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले चिसो तथा शितलहरबाट जोखिममा पर्न सक्ने समुदायको पहिचान गरी सूची तयार पार्ने निर्णय गरेको छ ।

समितिको आज जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको बैठकले चिसो तथा शितलहरका कारण जोखिममा पर्न सक्ने विपन्न परिवार, जेष्ठ नागरिक, वालवालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरी सूची तयार पार्ने र राहत वितरण प्राथमिकतामा राख्ने निर्णय गरेको हो । बैठकले चिसो तथा शितलहर चलेको बेला चोक तथा चहलपहल हुने स्थानमा आगो बाल्न स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सब डिभिजन वन कार्यालय र बन उपभोक्ता समितिसंग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलव्ध गराउने निर्णय पनि गरेको छ । दाउरा उपलव्ध गराउँदा सहुलियत दर रेटमा समेत उपलव्ध गराउन अनुरोध गर्ने बैठकको निर्णय छ ।

चिसो तथा शितलहरको प्रभावबाट बच्न र बचाउनको लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले स्थानीय भाषा समेतमा जनचेतनामूलक सामग्री तयार गरी जिल्लास्थित सबै एफएम रेडियो, पत्रपत्रिकामा सन्देशहरु प्रसारण र प्रकाशन गर्ने निर्णय पनि गरेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । यस्तै कुहिरो तथा हुस्सु लागेको समयमा सम्भावित सवारी दुर्घटनाको जोखिम न्युनीकरण गर्न जिल्ला ट्राफिक कार्यालयले सचेतना अभियान सञ्चालन गर्ने, स्थानीय तहबाट राहत वितरणमा एकरुपता तथा प्रभावकारी वनाउन निश्चित मापदण्ड तय गरी आवश्यक पर्ने राहत सामग्री खरिद तथा वितरणको लागि Standby Agreement वा खरिद गरी राख्न सवै नगरपालिका र गाउँपालिकाहरुले तयारी गर्ने निर्णय पनि आजको बैठकले गरेको ज्ञवालीले बताए । साथै आवश्यक न्यानो कपडा लगायतका राहत सामग्री उपलव्ध गराउन संयुक्त राष्ट्रसंघीय निकाय, रेडक्रस, राष्ट्रिय/अन्तराष्ट्रिय संघसंस्थाहरु र निजी क्षेत्रहरुलाई समेत अनुरोध गर्ने निर्णय गरिएको छ ।

यस्तै बाँके जिल्लामा विगतदेखि नै आपतकालीन सेवाहरु दमकल, एम्वुलेन्स, छाडा पशुचौपायाको व्यवस्थापन हुँदै आइरहेकोमा यस सेवालाई थप प्रभावकारी बनाउन जिल्लास्तर तथा पालिकास्तरमा कार्यविधि तयार गरी सेवालाई प्रभावकारी बनाउने सम्वन्धमा समेत बैठकमा छलफल गरिएको छ । साथै नेपालगञ्ज उपमहानगरपालिकामा युरोपियन यूनियनको सहयोग तथा UNDP/UNICEF/UNWOMEN/NRCS को साझेदारमा सञ्चालनमा रहेको शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी कार्यक्रमको प्राविधिक सहयोगमा कार्यविधि निर्माण कार्य गर्ने निर्णय समेत गरिएको छ ।

बैठकले २०७८ फागुन २३ गतेको समितिको बैठकको निर्णय अनुसार जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रबाट जिल्लाको समग्र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन योजना निर्माण, विपद् पूर्व तयारी तथा समन्वयका लागि बाँकेका सवै स्थानीय तहको लागत साझेदारी रहने गरी सूचना व्यवस्थापन अधिकृतमार्फत कार्य हुँदै आएकोले यस बर्ष पनि सो कार्यलाई निरन्तरता दिने गरी लागत साझेदारीका लागि पूर्ववत बैठकले गरेको निर्णय अनुसार नेपालगञ्ज उपमहानगरपालिकाबाट २ लाख, कोहलपुर नगरपालिकाबाट १ लाख ५० हजार र ६ वटै गाउँपालिकाबाट १ लाखका दरले जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम उपलव्ध गराउने निर्णय भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकमा बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौर, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोबद्र्धनसिंह सम्झना, पालिका प्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधि लगायत उपस्थित थिए । 


प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP