prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि तीन दिने तालिम सम्पन्न
खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि तीन दिने तालिम सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १४, २०७९ बागेश्वरी पोस्ट
खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि तीन दिने तालिम सम्पन्न

नेपालगञ्ज । नेपालगञ्जमा सञ्चालित खानेपानी, सरसफाई तथा स्वच्छता (वास) सम्बन्धि तीन दिने तालिम आज सम्पन्न भएको छ । 

युनिसेफको सहयोग, रुकुमेली समाज विकास केन्द्रको प्राविधिक सहयोग एवम् नेपालगञ्ज उपमहानगरपालिकाको स्थानीय विपत व्यवस्थापन समितिको आयोजनामा भएको तीन दिने तालिममा विपतको समयमा सुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छताको महत्वका विषयमा छलफल तथा विमर्श गरेर सहभागीकै बीचमा मन्थन गराई कार्ययोजना समेत ड्राफ्ट गरिएको छ ।   

विपतको समयमा खानेपानी, सरसफाई र स्वच्छतामा क्षमता विकास गर्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो । विपतका समयमा गुणस्तरीय खानेपानी कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा रुकुमेली समाज विकास केन्द्रकी वास परामर्शदाता शोभा राना मगरले तालिममा सहजीकरण गरेकी थिइन् ।

तालिम समापन कार्यक्रममा नेपालगञ्ज उपमहागनरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिमका क्रममा बनाइएको कार्ययोजना ठूलो उपलब्धि भएको बताए । उनले विपतका बेला सबैभन्दा ठूलो चुनौती सरसफाईकै हुने बताउँदै विपतमा गुणस्तरीय खानेपानी तथा सरसफाईमा ध्यान नदिँदा महामारी नै निम्तिन सक्ने जोखिम बढ्ने बताए ।

No description available.

तालिममा सहभागीका तर्फबाट बोल्दै कार्यपालिका सदस्य बसन्त कनौजियाले तालिम निकै उपलब्धिमूलक भएको भन्दै विपतको समयमा मात्र नभई व्यक्तिगत जीवनमा समेत गुणस्तरीय खानेपानी र सरसफाईको महत्वबारे सैद्धान्तिकसंगै प्रयोगात्मक बोध भएको बताए । युनिसेफका प्रतिनिधि शंकर पौडेलले तालिम फलदायी भएको विश्वास व्यक्त गर्दै सिकेका कुराहरु व्यवहारमा उतार्न आग्रह गरे । 

No description available.

तालिममा वातावरण इन्जिनियर प्रकाश डिसी, रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र केसी, आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पनि सहजीकरण गरेका थिए । तालिममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न महाशाखा, शाखाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।

समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल, विपत समिति संयोजक समिरप्रताप सिंह लगायत उपस्थित थिए ।  

वासका क्षेत्रमा लामो समयदेखि काम गरिरहेको रुकुमेली समाज विकास केन्द्र पहिलोपटक नेपालगञ्जमा आएर तालिममा प्राविधिक सहयोग गरेको हो । 


प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP