नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारी वडा नं ९ लाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा
राप्तीसोनारी वडा नं ९ लाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस १६, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारी वडा नं ९ लाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ मा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । ढकेरी उद्द्यान खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सेवा क्षेत्रभित्र रहेका ७ सय ८० घरमा सुरक्षित खानपानी पुगेको क्षेत्रलाई शुकवार  सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले एक कार्यक्रमका बीच खानेपानीयुक्त समुदाय घोषणा गरेका थिए । सो अवसरमा पौडेलले ढकेरी उद्द्यान खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लक्षीराम केसीलाई खानेपानीयुक्त समुदाय घोषणा प्रमाणपत्र प्रदान गरेका थिए ।

पौडेलले राप्तीसोनारी गाउँपालिका भित्रका केही वडाहरुमा सुरक्षित खानेपानीको समस्या रहेको बताउँदै गाउँपालिकाले खानेपानी तथा सरसफाई सम्बन्धि निमावली तयार पारेका बताए । खानेपानी विकासको पहिलो पूर्वाधार भएको बताउँदै उनले खानीपानीको समिति र ट्याङ्की निमार्ण गर्नु मात्रै ठुलो कुरा नभएर जनतालाई सुरक्षित खानेपानी पु¥याउनु काम महत्वपुर्ण भएको बताए ।

ढकेरी उद्द्यान खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजना युनिसेफ नेपाल र खानेपानी महासंघको सहकार्य र राप्तीसोनारी गाउँपालिकाको समन्वयमा भएको घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगज बाँकेले समितिलाई स्वामित्व हस्तान्तरण गरेको थियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्यौपानैले संस्थाका अध्यक्ष केसीलाई स्वामित्व प्रमाण हस्तान्तरण गरेका थिए ।

उपाध्यक्ष मनिषासिंह थारुले राप्तीसोनारीको वडा नं ९ ले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरेकोमा खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । वडा नं ८ का वडाध्यक्ष शालिकराम डाँगीले यस अघि वडा नं ८ मा पनि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिसकेको बताउँदै समुदाय स्तरमा सरसफाई र खानेपानीका विषयमा निरन्तरता दिनुपर्नेमा जोड दिए ।

त्यस्तै  वडा नं ९ का वडाध्यक्ष सोहनलाल थारुले वडा र पालिकालाई सुरक्षित खानेपानीयुक्त घोषणा गर्ने कार्यतालिका अनुसार समितिले आवश्यक मापदण्ड पूरा गरिसकेकोले समुदायलाइ सुरक्षित खानेपानीयुक्त घोषणा गरिएको गरिएको बताए ।

खानेपानी महासंघ बाँकेका अध्यक्ष भद्र प्रसाद देवकोटाले खानेपानी महासंघ र युनिसेफको सहकार्यमा वडा, पालिका र जिल्ला खानेपानीयुक्त घोषणा गर्ने कार्यक्रमलाई अगाडि बढाइएको बताए । कार्यक्रमा पन्चैबाजा, थारु नृत्य लगायतका विविध सांस्कृतिक प्रस्तुति रहेका थिए । समितिका अध्यक्ष केसीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सामुसदायिक वनका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी,सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP