नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कानुन बमोजिम काम गर्ने व्यक्ति अख्तियारसँग डराउनु पर्दैन :अध्यक्ष पौडेल
कानुन बमोजिम काम गर्ने व्यक्ति अख्तियारसँग डराउनु पर्दैन :अध्यक्ष पौडेल
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १९, २०७९ बागेश्वरी पोस्ट
कानुन बमोजिम काम गर्ने व्यक्ति अख्तियारसँग डराउनु पर्दैन :अध्यक्ष पौडेल

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्विनी प्रदेश, सम्पर्क कार्यालय नेपालगन्जका शाखा अधिकृत श्रीधर टण्डनको अध्यक्षता एवम राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलको प्रमुख आतिथ्यतामा  सोमबार एक कार्यक्रम गरिएकोे हो ।

पालिका स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष पौडेलले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताए । सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको एक महत्वपूर्ण आधारस्तम्भ रहेको बताउँदै अध्यक्ष पौडेलले सार्वजनिक पदमा रहने जोकोहीलाई पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, जवाफदेही तुल्याउने तथा शासन प्रणालीलाई जनमुखी, परिणाममुखी, सुदृढ, सक्षम, पारदर्शी, भ्रष्टाचार शून्य सहनशीलता, नागरिकका गुनासा सम्बोधन, निर्णय प्रक्रियामा जनसहभागिता र प्रतिस्पर्धी बनाउने पद्धति नै सुशासन भएको धारणा ब्यक्त गरे ।

नियम विपरीत आर्थिक क्रियाकलाप गर्ने, जनतालाई अनावश्यक दुःख दिने, आर्थिक प्रलोभनमा काम गर्नेलाई कारवाही गर्न जरुरी रहेको बताउँदै अध्यक्ष पौडेलले राप्तीसोनारीलाई लक्षित गरी परेका सबै उजुरीलाई आफूले सकारात्मक रुपमा लिएको बताए । उनले उजुरी पर्दैमा डराई हाल्नुपर्ने अवस्था नरहेकोले कानुन बमोजिम काम गरिरहन निर्देशन समेत दिए ।

कार्यक्रममा विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले अख्तियारको एक्लो प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण नहुने हुँदा भ्रष्टचार रोक्न सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताइन् । उनले पालिकाबाट आफूहरुले भ्रष्टाचार नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर खत्रीले भ्रष्टाचारलाई कम गर्न र सुशासन प्रवद्र्धन गर्न सरोकारवालाले सक्रियता देखाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तै कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका वडा अध्यक्षहरुले राज्यको विकासका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन अपरिहार्य भएको बताउँदै भ्रष्टाचारको समूल अन्त्य गर्दै सुशासन कायम गराउने कुरालाई आत्मसात गर्नुपर्ने बताएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्ज शाखा अधिकृत टण्डनले गलत नियतले कार्य गरी सार्वजनिक सम्पति हानी नोक्सानी गर्नेलाई कारवाई गर्ने बताए । असल नियतले काम गरेको खण्डमा सामान्य गल्तीहरुलाई क्षमा हुने उनको भनाई थियो । संविधान र ऐनले तोकिएको जिम्मेवारी पुरा गर्न अख्तियार लागिपरेको उनले बताए । ट्रान्सपरेन्सी इन्टरनेसनलले निकाल्ने प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको तथ्यांकका बारेमा जानकारीसँगै भ्रष्टाचारभित्र पर्ने विभिन्न सूचकहरूका बारेमा समेत टण्डनले जानकारी गराएका थिए ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन गर्ने कार्यक्रममा पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभाव समेत दिएका थिए ।

कार्यक्रममा गाउँपालिका अन्तरगतका सबै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु विभिन्न विषयगत शाखाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजका झलक केसीले सहजी करण गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP