prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जका सरसफाईकर्मीलाई पिपिई सेट वितरण
नेपालगन्जका सरसफाईकर्मीलाई पिपिई सेट वितरण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २०, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्जका सरसफाईकर्मीलाई पिपिई सेट वितरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत सरसफाईकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री सेट (पिपिई सेट) वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकासंगको समन्वयमा भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) ले पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना-बाँके अन्तर्गत आज नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत ६५ जना सरसफाईकर्मीहरुलाई पिपिई सेट वितरण गरेको हो ।

paribartan 1

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, बी-ग्रुपका अध्यक्ष टेकबहादुर पुन, नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी, एमडिएम फ्रान्स नेपालगन्जका फिल्ड को-अर्डिनेटर बसन्त थापा, पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना-बाँकेका व्यवसाय विकास अधिकृत समद सिद्धिकी लगायतले सरसफाईकर्मीलाई पिपिई वितरण गरेका हुन् । जर्मन सहयोग जिआइजेड र एमडिएम फ्रान्सको सहयोगमा बी-ग्रुपले पिपिई सेट वितरण गरेको हो ।

त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले वितरित पिपिई सेटको सही सदुपयोगले जोखिमबाट बच्न सहयोग पुग्ने बताए । कार्यक्रममा उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत रिजाल, बी-ग्रुपका अध्यक्ष पुन, वातावरण इन्जिनियर डिसी, एमडिएम फ्रान्सका नेपालगन्ज संयोजक थापाले वितरित पिपिईले सरसफाईकर्मीलाई सुरक्षा प्रदान गर्दै जीवन रक्षाका लागि सहयोगी हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको संचालन पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना-बाँकेका कार्यक्रम संयोजक इन्द्रजित सुनारले गरेका थिए ।

पिपिई सेटमा गमबुट १ जोडी, एप्रोन १ पिस, ज्याकेट १ पिस, ट्राउजर १ पिस, तौलिया १ पिस, प्याकिंग झोला १ पिस, क्याप १ पिस, मास्क ३ डिब्बा, स्यानीटाइजर ६ बोतल, भिजिविलिटी ज्याकेट १ पिस, रबर पञ्जा २ जोडी, नाइट्राल पञ्जा २ जोडी, लुगा धुने साबुन ६ पिस र नुहाउने साबुन ६ पिस रहेको बी-ग्रुपकी कृषि प्राविधिक धना रावलले जानकारी दिइन् ।

यसअघि पनि नेपालगञ्ज-२३ हिरमिनियास्थित ल्याण्डफिल साइटमा कार्यरत ४० जना सरसफाइकर्मीहरुलाई पिपिई सेट वितरण गरेको थियो । बी-ग्रुपले पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना-बाँके अन्तर्गत कृषक र सरसफाईकर्मीहरुलाई पिपिई सेट वितरण गर्दै आइरहेको छ । पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना-बाँके नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकामा सञ्चालनमा रहेको परियोजनाका कार्यक्रम संयोजक सुनारले बताए ।

अप्रिल २०२२ बाट सुरु भएको यस परियोजनाले फोहर व्यवस्थापन तथा विषादी प्रयोग गर्दा हुने हानी रोक्न सरसफाईकर्मी र कृषकहरुको क्षमता विकास तथा सचेतना अभिबृद्धि गर्ने उद्देश्य लिएको छ ।

फोटोफिचर

No description available.

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP