नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रेशम चौधरीलाई छुटाइन्छ हेर्नुहोला: प्रचण्ड
रेशम चौधरीलाई छुटाइन्छ हेर्नुहोला: प्रचण्ड
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ १, २०७६ बागेश्वरी पोस्ट
रेशम चौधरीलाई छुटाइन्छ हेर्नुहोला: प्रचण्ड
फाइल फोटो

काठमाडौं ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू १७ हजार मान्छे मारेर आएको कुरा सत्य नभएको बताएका छन्।

माघे संक्रान्तिको अवसरमा बुधबार थारू समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले त्यसो भन्नु न्यायपूर्ण नहुने तर्क गरे। ‘धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ। म तथ्यांक मात्रै सच्याउन चाहन्छु। साथीहरू यो सत्य होइन। यो सत्य होइन ......सत्य के हो मलाई भन्न दिनुहोस्। सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन्। हिजोका राज्यले मारेको १२ हजारको कुरा नहुने, अनि राज्यले मारेकाको पनि मेरै टाउकोमा हाल्ने यो न्याय हुँदैन,’ प्रचण्डले भने।

उनले सशस्त्र युद्धताका भएका बेला राम्रा-नराम्रा कुराको जिम्मा भने आफूले लिने बताए। तर म नगरेका कामको जिम्मा लिन्नँ,’ उनले भने। हिजो माओवादी आन्दोलनमा लागेका नेताहरू अहिले पनि जेलमा रहेकोले आफू छुटाउन लागिरहेको उनले बताए। मोरङ र गोरखामा नेताहरू जेलमा रहेको उनको भनाइ थियो।

‘रेशम चौधरीलाई छुटाइन्छ हेर्नुहोला’

प्रचण्डले थुनामा रहेका रेशम चौधरीलाई थुनामुक्त गरिने बताएका छन्। आफू प्रधानमन्त्री हुँदा पनि भारतमा चौधरीलाई भेटेको बताएका प्रचण्डले भने, ‘रेशमलाई छुटाइन्छ हेर्नुहोला।’ टिकापुर घटनाका मुख्य योजनाकारका रूपमा दोषी देखिएपछि चौधरी डिल्लीबजारस्थित कारागारमा थुनामा छन्। २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो।

प्रचण्डले चौधरीलाई प्रतिनिधिसभा सांसदको रूपमा सपथ खुवाउन पनि आफूले भूमिका खेलेको बताए। ‘सभामुख र पार्टीलाई भनेर रेशमलाई सपथ खुवाउनुपर्छ भनेर मुख्य भूमिका खेल्ने मै हुँ,’ प्रचण्डले भने। उनले आफूले पहिचान आन्दोलन नभुलेको पनि दाबी गरे।

आन्दोलन जारी छ,

चौतारीमा सुस्केरा मारेको मात्रै हो अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्न सकिने बताए। ‘संविधान बनाउने बेला पार्टीको तर्फबाट अध्यक्षको हैसियतले यति संविधानले पुग्दैन।

आदिवासी जनजाति, मुस्लिम, थारू, दलित र महिलाका निम्ती थप अधिकार छ भनेर संविधानमा रिजरभेसन राख्ने नेतृत्व मैले गरेको हेक्का राखिदिनुपर्छ,’ उनले भने, ‘तपाईंहरूले हेक्का राखिदिनुभएन भने त्यो असत्य हुन्छ।’ उनले अधिकार प्राप्ति आन्दोलन जारी रहेको पनि बताए। ‘हामी चौतारीमा सुस्केरा मारिरहेका छौं तर हाम्रो आन्दोलन जारी राखेका छौं,’ उनले भने, ‘तपाईंहरू पूर्ण मुक्ति नहुँदासम्म म ऋणी छु।’

थारू समुदायले उठाएका मागबारे नेतृत्व तहमा बस्नेमध्ये आफूले धेरै बुझेको प्रचण्डको दाबी छ। ‘तपाईंहरूका कुरा सायद नेतृत्व तहमा बुझ्ने भित्र म पर्छु,’ उनले भने, ‘झुठा मुद्दा खारेजको आन्दोलन जारी छ भन्ने म भन्न चाहन्छु।’ उनले थारू समुदायलाई आवाज बुलंद गर्दै जान पनि आग्रह गरे। ‘तपाईंहरूले आवाज बुलंद गर्दै जानुस्। समस्या समाधान गर्न शान्तिपूर्ण आन्दोलन र संवाद गर्न जरूरी छ,’ प्रचण्डले भने।सेतोपाटीबाट साभार।


प्रकाशित मिति: बुधबार, माघ १, २०७६  १८:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP