Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'सुशासनका लागि नागरिक खबरदारी आवश्यक'
'सुशासनका लागि नागरिक खबरदारी आवश्यक'
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २२, २०७९ बागेश्वरी पोस्ट
'सुशासनका लागि नागरिक खबरदारी आवश्यक'

नेपालगञ्ज । नागरिक समाजको अगुवाईको रुपमा रहेको र सूचनाको हकका क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको दशौं वार्षिक साधारणसभा आज बसेको छ । 

सभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीले सेवा प्रदायक निकायहरुले प्रवाह गर्ने सेवा गुणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै सरकारी कार्यालयका सेवा चुस्त दुरस्त बनाउन विशेष पहल गर्ने बताइन् । उनले मुलुकका हरेक निकायहरुमा भ्रष्टाचार मौलाएकाले त्यसको नियन्त्रणका लागि प्रभावकारी प्रणालीको व्यवस्था गर्नुपर्ने भन्दै यस्ता समस्यालाई नीतिगत व्यवस्थामा सुधार गर्न पहल गर्ने बताइन् । सांसद तिवारीले हरेक निकायमा सुशासन कायम गर्न नागरिकहरु आफैं सचेत भई त्यसको खबरदारी गर्नुपर्ने बताइन् । 

सभामा वरिष्ठ अधिबक्ताद्वय इन्द्रजित तिवारी र विजयकुमार गुप्तले मुलुकमा रहेका विभिन्न समस्याको समाधानका लागि अहिलेको सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिँदै नागरिकका आधारभूत सवालका बारेमा सरकार गम्भीर बन्नुपर्ने बताए  । सभामा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख द्वारिका अधिकारीले संस्थाले मानव अधिकारको क्षेत्रमा उल्लेख्य काम गरेको प्रशंसा गर्दै मानव अधिकारसंग सम्वन्धित थुप्रै समस्या तथा सवालहरुका बारेमा आवाज उठाउनुपर्ने बताइन् । 

सभामा गैरसरकारी संस्था महासंघ बाँके सदस्य सूर्यलाल यादव, उच्च अदालत बार नेपालगञ्जका पूर्व अध्यक्ष बलबहादुर चन्द, सामाजिक अभियन्ता डा. विनोद कर्ण, नागरिक समाजका अभियन्ताहरु कृष्णमुरारी प्रसाद भट्ट, शैलेन्द्र बैश्य, कोहिनुर मल्ल ठकुरी, रविन्द्र ज्ञवाली, मधईसिंह सरदार, केवलसिंह थारु, रविन्द्र ज्ञवाली लगायतले शुभकामना दिएका थिए ।  सभामा संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रे संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सञ्चालन गर्ने कार्यक्रम लगायतका विषयमा जानकारी गराएका थिए । 

संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न सभामा सहभागी साधारण सदस्य तथा नागरिक अभियन्ताले जिल्लामा सार्वजनिक चासोका सवाल, सुशासन, भष्टाचार, मानव अधिकार सम्वन्धि विभिन्न कुराहरु उठाएका थिए ।

त्यस अवसरमा संस्थाले सांसद तिवारीलाई सम्मान समेत गरेको थियो । संस्थाका कार्यसमिति सदस्य तथा सूचना अभियन्ताका रुपमा कार्य गर्दै आएकाले यस्तो गरिमामय पदमा निर्वाचित भएको भन्दै संस्थाले सम्मान गरेको हो । संस्थाले सूचनाको हक, सशासन, मानव अधिकार र कानुन क्षेत्रमा गरेको विभिन्न कार्यहरुको बारेमा छलफल गरिएको थियो । 
 


प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  २०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP